परिच्छेद १ प्रारम्भिक
प्रकाशन र संशोधन
राजपत्रमा प्रकाशित मिति २०५३।१२।११
संशोधन
१. मूल्य अभिवृद्धि कर [(पहिलो संशोधन)] 1 नियमावली, २०५५ २०५५।०८।०७
२. मूल्य अभिवृद्धि कर (दोस्रो संशोधन) नियमावली, २०५९ २०५९।०३।२४
३. मूल्य अभिवृद्धि कर (तेस्रो संशोधन) नियमावली, २०५९ २०५९।०९।२२
४. मूल्य अभिवृद्धि कर (चौथो संशोधन) नियमावली, २०६० २०६०।०४।०१
५. मूल्य अभिवृद्धि कर (पाँचौं संशोधन) नियमावली, २०६१ २०६१।०४।०१
६. मूल्य अभिवृद्धि कर (छैठौं संशोधन) नियमावली, २०६१ २०६१।१२।०३
७. मूल्य अभिवृद्धि कर (सातौं संशोधन) नियमावली, २०६२ २०६०।०४।०१
८. मूल्य अभिवृद्धि कर (आठौं संशोधन) नियमावली, २०६२ २०६२।०६।१४
९. मूल्य अभिवृद्धि कर (नवौं संशोधन) नियमावली, २०६२ २०६२।०४।०१
१०. मूल्य अभिवृद्धि कर (दशौं संशोधन) नियमावली, २०६४ २०६२।१०।०१
११. मूल्य अभिवृद्धि कर (एघारौं संशोधन) नियमावली, २०६६ २०६४|०३|२८
१२. मूल्य अभिवृद्धि कर (बाह्रौं संशोधन) नियमावली, २०६७ २०६७।०८।०४
१३. मूल्य अभिवृद्धि कर (तेह्रौं संशोधन) नियमावली, २०६८ २०६८|०३|३१
१४. मूल्य अभिवृद्धि कर (चौधौं संशोधन) नियमावली, २०७० २०६६।०३।२९
१५. मूल्य अभिवृद्धि कर [(चौधौं संशोधन)] 2 नियमावली, २०७० २०७०|०१।३०
१६. मूल्य अभिवृद्धि कर (सोह्रौ संशोधन) नियमावली, २०७१ २०७०|०३|३०
१७. मूल्य अभिवृद्धि कर (सत्रौं संशोधन) नियमावली, २०७२ २०७२।०३|३१
१८. मूल्य अभिवृद्धि कर (अठारौ संशोधन) नियमावली, २०७३ २०७३।०२।१५
१९. मूल्य अभिवृद्धि कर (उन्नाइसौं संशोधन) नियमावली, २०७४ २०७४।०४।१०
२०. मूल्य अभिवृद्धि कर ( बीसौं संशोधन) नियमावली, २०७५ २०७५।०२।२२
२१. मूल्य अभिवृद्धि कर (एक्काइसौं संशोधन) नियमावली, २०७६ २०७६।०२।१५
२२. मूल्य अभिवृद्धि कर (बाइसौं संशोधन) नियमावली, २०७७ २०७७।०२।१५
२३. मूल्य अभिवृद्धि कर (तेइसौं संशोधन) नियमावली, २०७८ २०७८।०२।१५
२४. मूल्य अभिवृद्धि कर (चौबिसौं संशोधन) नियमावली, २०७९ २०७९।०२।१५
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम "मूल्य अभिवृद्धि कर नियमावली २०५३” रहेको छ ।
[(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।] 3
२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ सम्झनु पर्छ ।
(ख) "कर अवधि” भन्नाले करदाताले ऐनको दफा १८ बमोजिम कर विवरण पेश गर्नु पर्ने अवधि सम्झनु पर्छ ।
(ग) "कर विवरण" भन्नाले करदाताले कर अवधिमा कर लाग्ने कारोबार गरे बापत बुझाउनु पर्ने करको सम्बन्धमा पेश गरेको विवरण सम्झनु पर्छ ।