परिच्छेद १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यी नियमहरूको नाम “आयकर नियमावली २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले आयकर ऐन, २०५८ सम्झनु पर्छ ।
(ख) “स्थायी लेखा नम्बर” भन्नाले कर प्रयोजनको लागि कुनै व्यक्तिको पहिचान गर्न विभागले त्यस्तो व्यक्तिलाई प्रदान गरेको लेखा नम्बर सम्झनु पर्छ ।