परिच्छेद २ करको आधार
३. कर लगाउने
देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ:- (क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति, (ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैरवासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र (ग) कुनै आय वर्षमा अन्तिम रूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।
३क. ..........
[..........] 1
४. करको गणना र करको दर
[(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम सो दफाको खण्ड (क), (ख) र (ग) मा उल्लिखित कुनै एक वा एकभन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ । ] 2
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अबस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ:-
(क) सो आय बर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आय मात्र समावेश भएको,
(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटा मात्र रोजगारदाता भएको, र
[(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा दफा १२ बमोजिम चन्दा बापत खर्च घटाउन दाबी नगरेको ।] 4
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अबस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नु पर्ने कर अनुसूची-१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछ:-
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
[(क१) औषधि उपचार खर्च बापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी बापत दफा ९३ बमोजिम कर मिलान गर्न दाबी नगरेको,] 5
(ख) व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रुपैयाँभन्दा बढी नभएको,
(ग) [..........] 7
[(घ) [..........] 9] 8
[(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नु पर्ने कर अनुसूची १ को दफा १ को उपदफा (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछ:-
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
[(ख) व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रूपैयाँभन्दा बढी र एक करोड रूपैयाँभन्दा घटी भएको,] 11
(ग) [..........] 12
(घ) चिकित्सक, इञ्जिनियर, लेखापरीक्षक कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको ।] 10
(५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नु पर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची १ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ ।
(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिम रूपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा दफा [८७, ८८, ८८क र ८९] 13 मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम बराबर हुनेछ ।
५. करयोग्य आय र आयका शीर्षकहरूको वर्गीकरण
कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरूको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट [दफा १२, १२क, १२ख, ६३ वा यी सबै दफा] 14 बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछः-
(क) व्यवसाय,
(ख) रोजगारी, [..........] 15
[(ग) लगानी, र] 16
[(घ) आकस्मिक लाभ ।] 17
६. निर्धारणयोग्य आय
[यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयलाई निर्धारणयोग्य आय मानिनेछ:-
(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भए पनि त्यस्तो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय र
(ख) गैरबासिन्दा व्यक्तिको आयको स्रोत नेपालमा भएको रोजगारी. व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय ।
तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुवै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।
] 18
-
केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा “३क. श्री ५ लाई कर लाग्नेः श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी, श्री ५ युवराजधिराज तथा राजपरिवारका अन्य सदस्यहरुको आय तथा निजी सम्पत्तिको आयमा यस ऐन बमोजिम कर लाग्नेछ ।” भन्ने व्यवस्था थप भएकोमा आर्थिक ऐन, २०६५ द्वारा खारेज । ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । मूल ऐनको व्यवस्थाः “(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम त्यस्ता व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ । ” ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । (२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची- १ मा उल्लिखित सम्बन्धित दरहरू लगाई गणना गर्नु पर्नेछ । यसरी करको गणना गर्दा दफा ५१ वा ७१ [वा दवै दफा] 3 बमोजिम सो व्यक्तिले दावी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ । ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । मूल ऐनको व्यवस्थाः “(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च र अवकाश योगदान बाहेक करयोग्य आयमा दफा ५१ बमोजिम कर मिलान गर्न र दफा ६३ को उपदफा (२) र (३) बमोजिमको खर्च तथा दफा १२ बमोजिमको खर्च घटाउन दाबी नगरेको । ” ↩
-
आर्थिक अध्यादेश, २०६२ द्वारा थप भई निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम | ↩
-
आर्थिक ऐन, २०७८ द्वारा संशोधन ।
(१) मूल ऐनको व्यवस्थाः “(ख) व्यवसायबाट प्राप्त आय र व्यवसायको कारोबार अनुसूची- १ को दफा १ को उपदफा (६) मा उल्लिखित सीमाभन्दा बढी नभएको, र”
(२) आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित व्यवस्थाः “(ख) व्यवसायबाट प्राप्त आय एक लाख बीस हजार रुपैयाँ र व्यवसायको कारोबार बाह्र लाख रुपैयाँभन्दा बढी नभएको, र”
(३) अध्यादेश, २०६२ द्वारा संशोधित व्यवस्थाः “(ख) व्यवसायबाट प्राप्त आय एक लाख पचास हजार रुपैयाँ र व्यवसायको कारोबार पन्ध्र लाख रुपैयाँभन्दा बढी नभएको, र”
(४) अर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको व्यवस्थाः “ (ख) व्यवसायबाट प्राप्त आय दुई लाख रूपैयाँ र व्यवसायको कारोबार बीस लाख रूपैयाँभन्दा बढी नभएको,”
(५) आर्थिक अध्यादेश, २०७८ द्वारा संशोधित व्यवस्थाः “ (ख) व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रूपैयाँ र व्यवसायको कारोबार तीस लाख रूपैयाँभन्दा बढी नभएको,” ↩ -
आर्थिक अध्यादेश, २०७८ द्वारा (संशोधनद्वारा झिकिनु अघि “सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको,” भन्ने शब्दहरु रहेका) झिकिएकोमा आर्थिक ऐन, २०७८ द्वारा सो संशोधन कायम । ↩
-
आर्थिक ऐन, २०७२ द्वारा थप भई आर्थिक अध्यादेश, २०७८ द्वारा (“मूल्य अभिवृद्धि करमा दर्ता नभएको ।” भन्ने शब्दहरु) झिकिएकोमा आर्थिक ऐन, २०७८ द्वारा सो संशोधन कायम । ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा (“मूल्य अभिवृद्धि करमा दर्ता नभएको।” भन्ने शब्दहरु) झिकिएकोमा आर्थिक ऐन, २०७८ द्वारा सो संशोधन कायम। ↩
-
आर्थिक ऐन, २०७२ द्वारा थप भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन ।
(१) आर्थिक ऐन, २०७२ द्वारा थप भएको व्यवस्थाः “(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नु पर्ने कर अनुसूची-१ को दफा १ को उपदफा (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछः-
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
(ख) दफा ५१ बमोजिम औषधि उपचार खर्च बापत कर मिलान गर्न दाबी नगरेको,
(ग) दफा ९३ बमोजिम अग्रिम कर कट्टी दाबी नगरेको,
(घ) व्यवसायको कारोबार वार्षिक बीस लाख रूपैयाँभन्दा बढी र पचास लाख रूपैयाँभन्दा घटी भएको,
(ङ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको, र
(च) चिकित्सक, इञ्जिनियर, लेखापरीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको ।” ↩ -
आर्थिक ऐन, २०७८ द्वारा संशोधित। आर्थिक अध्यादेश, २०७८ द्वारा साविकमा कायम रहेको “(ख) व्यवसायको कारोबार वार्षिक बीस लाख रूपैयाँभन्दा बढी र पचास लाख रूपैयाँभन्दा घटी भएको,” भन्ने वाक्यांशको सट्टा “(ख) व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रूपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रूपैयाँभन्दा बढी एक करोड रुपैयाँभन्दा घटी भएको,” भन्ने वाक्यांश राखी संशोधन भएको । ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा (“(ग) मूल्य अभिवृद्धि करमा दर्ता नभएको।” भन्ने वाक्यांश) झिकिएकोमा आर्थिक ऐन, २०७८ द्वारा सो संशोधन कायम गरिएको । ↩
-
आर्थिक अध्यादेश, २०७२ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनद्वारा निरन्तरता कायम भएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । मूल ऐनको व्यवस्थाः दफा ८८, आर्थिक ऐन, २०६० द्वारा “दफा ८८” को सट्टा “८७, ८८ र ८९” कायम गरेको । ↩
-
आर्थिक ऐन, २०७८ द्वारा संशोधित ।
(१) मूल ऐनमा “दफा १२ वा दफा ६३” भन्ने शब्दहरु रहेका ।
(२) आर्थिक ऐन, २०६० द्वारा “दफा १२ वा दफा ६३ भन्ने शब्दहरु पछि “वा दुवै दफा” भन्ने शब्दहरु थपिएका ।
(३) आर्थिक ऐन, २०६८ द्वारा “दफा १२, १२क. वा ६३ वा तीनै दफा” भन्ने शब्दहरु कायम हुने गरी संशोधन गरिएको ।
(४) आर्थिक ऐन, २०७४ द्वारा “दफा १२, १२क.,१२ख., ६घ वा यी सबै दफा” कायम गरी संशोधन ।
(५) आर्थिक ऐन, २०७५ द्वारा “दफा १२, १२क., १२ख., ६३ वा” भन्ने शब्दहरु राखिएका । ↩ -
आर्थिक ऐन, २०७६ द्वारा 'र' भन्ने शब्द झिकिएको । ↩
-
आर्थिक ऐन, २०७५ द्वारा संशोधित । ↩
-
आर्थिक ऐन, २०६६ द्वारा थप । आर्थिक ऐन, २०७४ द्वारा खण्ड (ख) मा रहेको “र” झिकी खण्ड (ग) को सट्टा “(ग) “लगानी, र” थप भएको खण्ड (घ) कायम गरेकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम । ↩
-
आर्थिक ऐन, २०६८ द्वारा संशोधन भई त्यसपछिका अर्थिक ऐनले निरन्तरता दिएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम ।
(१) मूल ऐनको व्यवस्थाः “६. निर्धारणयोग्य आयः यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको देहायका आयहरुलाई निर्धारणयोग्य आय मानिनेछः-
(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भए पनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय, र
(ख) गैरबासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय ।
तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ बमोजिम कर छुट दिइएको पनि आय समावेश हुने छैन।” आर्थिक अध्यादेश, २०५९ कुनै पनि (२०५९।९।२२) द्वारा “दफा ११ वा ६४” भन्ने शब्दहरु पछि “वा दुवै” भन्ने शब्दहरु थपी संशोधन गरिएकोमा सो व्यवस्थालाई आर्थिक ऐन, २०६७ सम्म निरन्तरता(२) आर्थिक ऐन, २०६८ द्वारा कायम भएको व्यवस्थाः “६. निर्धारणयोग्य आयः यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयहरुलाई निर्धारणयोग्य आय मानिनेछः-
(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भए पनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय, र
(ख) गैरबासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय । तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुवै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।” ↩