अनुसूची १ दफा ४ सँग सम्बन्धित करका दरहरू
१. प्राकृतिक व्यक्तिको सम्बन्धमा
[(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२), (४) र (४क) को अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ:-
(क) पाँच लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) पाँच लाख रुपैयाँभन्दा बढी तर सात लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम पाँच लाख रुपैयाँसम्म पाँच हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) सात लाख रुपैयाँभन्दा बढी तर दश लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम सात लाख रुपैयाँसम्म पच्चीस हजार रुपैयाँ र सात लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) दश लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम दश लाख रुपैयाँसम्म पचासी हजार रुपैयाँ र दश लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत, र बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, [निवृत्तभरण बापतको आय, निवत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा] 2 योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।] 1
[(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) र (४क) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ:-
(क) छ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) छ लाख रुपैयाँभन्दा बढी तर आठ लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम छ लाख रुपैयाँसम्म छ हजार रुपैयाँ र छ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) आठ लाख रुपैयाँभन्दा बढी तर एघार लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम आठ लाख रुपैयाँसम्म छब्बीस हजार रुपैयाँ र आठ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) एघार लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम एघार लाख रुपैयाँसम्म छयासी हजार रुपैयाँ र एघार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत,
(ङ) बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, [निवृत्तभरण वापतको आय, निवृत्तरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा] 4 योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।] 3
[(३) उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ:-
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पाँच लाख रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट गरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा छ लाख रुपैयाँभन्दा बढी आय भएको,
(ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदनुरूप करयोग्य आयको गणनामा समावेश भएको ।] 5
[(४) उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछः-
(क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ:-
(१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पाँच लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा छ लाख रुपैयाँ ।
(ख) त्यस्तो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ ।
तर,
(१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्षभन्दा बढी भएको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(२) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष भन्दा कम रहेको छ भने सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ । ] 6
[(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।] 8
[(६) नेपाल राज्यका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ । ] 9
[(७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिम हुनेछः-
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा सात हजार पाँच सय रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा चार हजार रुपैयाँ,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रूपैयाँ ।] 10
(८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ ।
(९) [..........] 11
[(९क) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतीको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिमभन्दा बढी हुने छैन ।] 12
[(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्गता भएको रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतीको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।] 13
[(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नु पर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।] 14
[(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको बार्षिक प्रिमियम वा [चालीस हजार रुपैयाँमा] 16 जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।] 15
[(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट [यातायात व्यवस्था कार्यालय मार्फत सवारी साधन दर्ता वा नवीकरणका बखत देहाय बमोजिमको वार्षिक कर असल गरिनेछ] 18 ] 17
| सवारीको किसिम | प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर |
|---|---|
| (१) कार, जिप, भ्यान, माइक्रो बस | |
| (क) १३०० सी.सी. सम्म | रु.४,०००।- |
| (ख) १३०१ देखि २०००सी.सी. सम्म | रु.४,५००।- |
| (ग) २००१ सी.सी. देखि २९००सी.सी. सम्म | रु.५,०००।- |
| (घ) २९०१सी.सी. देखि ४०००सी.सी. सम्म | रु.६,०००।- |
| (ङ) ४००१ सी.सी. देखि माथि सबै | रु.७,०००।- |
| (२) मिनीट्रक, मिनीबस, पानी टेकर | रु.६,०००।- |
| (३) मिनी ट्रिपर | रु.७,०००।- |
| (४) ट्रक, बस | रु.८,०००।- |
| (५) डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण | रु.१२,०००।- |
| (६) तेल टैकर, ग्यास बुलेट, टिपर | रु.१२,०००।- |
| (७) ट्रेक्टर | रु.२,०००।- |
| (८) पावर टिलर | रु.१५००।- |
| (९) अटो रिक्सा, थ्री हीलर, टेम्पो | रु.२,०००।- |
(१४) [..........] 19
(१५) [..........] 20
[(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रूपैयाँमा घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।] 21
[(१६क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको बार्षिक प्रिमियम वा पाँच हजार रूपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।] 22
[(१७) ऐनको दफा ४क. को उपदफा (४) बमोजिम कारोबार रकमको कर गणना गर्दा तीस लाख रुपैयाँसम्मको कारोबारमा ऐनको दफा ४ को उपदफा (४) बमोजिमको कर र सोभन्दा बढीको कारोबार रकममा देहाय बमोजिमको दरले कर लाग्नेछ:
(क) ग्यास, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव दुई पाँच प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव तीन प्रतिशत,
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव आठ प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत ।] 23
२. निकायको सम्बन्धमा
(१) यस दफाको [उपदफा (२), (३), (५) र (७)] 24 को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ ।
(२) कुनै आय वर्षमा कुनै बैड, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय [वा दुरसञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैङ्किङ्ग व्यवसाय, कमोडिटी फ्यूचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसुर्ती, खैनी,] 25 [गुटखा, पानमसला, मदिरा, बियरको कारोबार] 26 गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ ।
स्पष्टीकरणः पेट्रोलियम कार्यको हकमा "करयोग्य आय" भन्नाले पेट्रोलियम सम्झौतामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारण भएको करयोग्य आय सम्झनु पर्छ ।
[(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछः
(क) नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा पाँच प्रतिशत,
(ख) उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सात प्रतिशत,
(ग) महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा दश प्रतिशत ।] 27
(३क) [..........] 28
[(३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको करयोग्य आयमा बीस प्रतिशतको दरले कर लाग्नेछ ।] 29
(४) [...........]
[(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा त्यस्तो ट्रष्टलाई बासिन्दा प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ ।] 31
(६) कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा [पाँच प्रतिशतका] 32 दरले कर लाग्नेछ ।
(७) कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
[तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्तिको हकमा दुई प्रतिशतका दरले कर लाग्नेछ ।] 33
(८) [..........] 34
-
आर्थिक ऐन, २०७९ द्वारा संशोधन ।
(१) मूल ऐनको व्यवस्थाः १. प्राकृतिक व्यक्तिको सम्बन्धमाः (१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२) र (४) का अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछः-
(क) पचपन्न हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,
(ख) पचपन्न हजार रुपैयाँभन्दा बढी तर एक लाख तीस हजार रुपैयाँसम्म करयोग्य आय भएमा पचपन्न हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) एक लाख तीस हजार रुपैयाँभन्दा बढीको करयोग्य आय भएमा एक लाख तीस हजार रुपैयाँसम्मको करयोग्य आयमा एघार हजार दुई सय पचास रुपैयाँ र एक लाख तीस हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत |(२) आर्थिक अध्यादेश, २०५९ (मिति २०५९।३।२४ गते जारी भएको) द्वारा संशोधनः “उपदफा (१), (२), (३), (४) र (५) को ठाउँठाउँमा रहेका “पचपन्न हजार रुपैयाँ”, “पचहत्तर हजार रुपैयाँ”, “एक लाख तीस हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा क्रमशः “पैसठ्ठी हजार रुपैयाँ”, “पचासी हजार रुपैयाँ”, “एक लाख चालीस हजार रुपैयाँ” र “एक लाख साठी हजार रुपैयाँ” भन्ने शब्दहरु राखिएका छन् ।”
(३) आर्थिक अध्यादेश, २०६० (श्रावण) द्वारा संशोधनः “उपदफा (१), (२), (३), र (४) को ठाउँठाउँमा रहेका “पचपन्न हजार रुपैयाँ”, “पचहत्तर हजार रुपैयाँ”, “एक लाख तीस हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा क्रमशः “असी हजार रुपैयाँ”, “एक लाख रुपैयाँ”, “एक लाख पचपन्न हजार रुपैयाँ” र “एक लाख पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरु राखिएका छन्।”
(४) आर्थिक अध्यादेश, २०६२ (श्रावण) द्वारा संशोधनः “ उपदफा (१), (२), (३), र (४) को ठाउँ ठाउँमा रहेका “पचपन्न हजार रुपैयाँ”, “पचहत्तर हजार रुपैयाँ”, “एक लाख तीस हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा क्रमशः “एक लाख रुपैयाँ”, “एक लाख पच्चीस हजार रुपैयाँ”, “एक लाख पचहत्तर हजार रुपैयाँ” र “दुई लाख रुपैयाँ” भन्ने शब्दहरु राखिएका छन् । ”
(५) आर्थिक ऐन, २०६४ द्वारा संशोधनः
(क) एक लाख पन्ध्र हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,
(ख) एक लाख पन्ध्र हजार रुपैयाँभन्दा बढी तर दुई लाख रुपैयाँसम्म करयोग्य आय भएमा एक लाख पन्ध्र हजार रूपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) दुई लाख रुपैयाँभन्दा बढीको करयोग्य आय भएमा दुई लाख रुपैयाँसम्मको करयोग्य आयमा बाह्र हजार सात सय पचास रुपैयाँ र दुई लाख रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।(६) आर्थिक ऐन, २०६६ द्वारा संशोधनः
(क) एक लाख साठी हजार रूपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने, तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा उपरोक्त बमोजिम एक प्रतिशत कर नलाग्ने,
(ख) एक लाख साठी हजार रुपैयाँभन्दा बढी तर दुई लाख साठी हजार रुपैयाँसम्म करयोग्य आय भएमा उपरोक्त (क) बमोजिम एक लाख साठी हजार रुपैयाँसम्म सोह्र हजार रुपैयाँ र एक लाख साठी हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) दुई लाख साठी हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा उपरोक्त (ख) बमोजिम दुई लाख साठी हजार रुपैयाँसम्म सोह्र हजार छ सय रुपैयाँ र दुई लाख साठी हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।(७) आर्थिक अध्यादेश, २०६७ द्वारा संशोधनः
(क) एक लाख साठी हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने,
(ख) एक लाख साठी हजार रुपैयाँभन्दा बढी तर दुई लाख साठी हजार रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम एक लाख साठी हजार रुपैयाँसम्म एक हजार छ सय रुपैयाँ र एक लाख साठी हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) दुई लाख साठी हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम दुई लाख साठी हजार रुपैयाँसम्म सोह्र हजार छ सय रुपैयाँ र दुई लाख साठी हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत, र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ग) बमोजिम लागेको करमा थप चालीस प्रतिशत अतिरिक्त कर लाग्नेछ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा उपरोक्त खण्ड (क) बमोजिम एक प्रतिशत कर लाग्ने छैन ।(८) आर्थिक ऐन, २०७० द्वारा संशोधनः
(क) दुई लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने,
(ख) दुई लाख रुपैयाँभन्दा बढी तर तीन लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम दुई लाख रुपैयाँसम्म दुई हजार रुपैयाँ र दुई लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) तीन लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँसम्म सत्र हजार रुपैयाँ र तीन लाख रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत, र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा उपरोक्त खण्ड (क) बमोजिम एक प्रतिशत कर लाग्ने छैन ।(९) आर्थिक ऐन, २०७१ द्वारा संशोधनः
(क) दुई लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने ।
(ख) दुई लाख पचास हजार रुपैयाँभन्दा बढी तर तीन लाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम दुई लाख पचास हजार रुपैयाँसम्म दुई हजार पाँच सय रुपैयाँ र दुई लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) तीन लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म सत्र हजार पाँच सय रुपैयाँ र तीन लाख पचास हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत, र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।(१०) आर्थिक ऐन, २०७३ द्वारा संशोधनः
(क) तीन लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने,
(ख) तीन लाख पचास हजार रुपैयाँभन्दा बढी तर चार लाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म तीन हजार पाँच सय रुपैयाँ र तीन लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) चार लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम चार लाख पचास हजार रुपैयाँसम्म अठार हजार पाँच सय रुपैयाँ र चार लाख पचास हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत, र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापतको आयमा उपरोक्त खण्ड (क) बमोजिम एक प्रतिशत कर लाग्ने छैन ।(११) आर्थिक ऐन, २०७६ द्वारा संशोधनः
(क) चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) चार लाख रुपैयाँभन्दा बढी तर पाँच लाख रुपैयाँसम्म करयोग्य आय भएमा,
खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) पाँच लाख रुपैयाँभन्दा बढी तर सात लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख रुपैयाँसम्म चौध हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) सात लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम सात लाख रुपैयाँसम्म चौवन्न हजार रुपैयाँ र सात लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत, र
(ङ) बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन । ↩ -
आर्थिक ऐन, २०७७ द्वारा संशोधित । साविकमा "निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा" भन्ने शब्दहरु रहेका । ↩
-
आर्थिक ऐन, २०७६ द्वारा संशोधितः संशोधन हुनुअघि देहाय बमोजिम संशोधन भएकोः
(१) मूल ऐनको व्यवस्थाः “(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ:-
(क) पचहत्तर हजार रुपैयाँसम्म करयोग्य आय भएमा एक प्रतिशत,
(ख) पचहत्तर हजार रुपैयाँभन्दा बढी तर एक लाख पचास हजार रुपैयाँसम्मको करयोग्य आय भएमा पचहत्तर हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) एक लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एक लाख पचास हजार रुपैयाँसम्म करयोग्य आयमा रु. ११२५०।- र एक लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत ।(२) आर्थिक अध्यादेश २०५९ द्वारा यस उपदफामा रहेका “पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “पचासी हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख साठी हजार” भन्ने शब्दहरु राखी संशोधन ।
(३) आर्थिक अध्यादेश २०६० द्वारा यस उपदफामा रहेका “पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख पचपन्न हजार रुपैयाँ” भन्ने शब्दहरु राखी संशोधन ।
(४) आर्थिक अध्यादेश २०६१ द्वारा यस उपदफामा रहेका “पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख रुपैयाँ ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरु राखी संशोधन ।
(५) आर्थिक अध्यादेश २०६२ द्वारा यस उपदफामा रहेका “पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख पच्चीस हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ ” भन्ने शब्दहरुको सट्टा “दुई लाख रुपैयाँ” भन्ने शब्दहरु राखी संशोधन।
(६) आर्थिक अध्यादेश २०६४ द्वारा यस उपदफामा रहेका “रु. ११,२५०।- भन्ने अक्षर र अङ्कको सट्टा “रु.१२,७५०।-, “पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख चालीस हजार रुपैयाँ” र “एक लाख पचास हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “दुई लाख पच्चीस हजार रुपैयाँ” भन्ने शब्दहरु राखी संशोधन।
(७) आर्थिक अध्यादेश २०६६ द्वारा उपदफाको सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः-
(क) दुई लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने,
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा उपरोक्त बमोजिम एक प्रतिशत कर नलाग्ने ।
(ख) दुई लाख रुपैयाँभन्दा बढी तर तीन लाख रुपैयाँसम्मको करयोग्य आय भएमा उपरोक्त (क) बमोजिम दुई लाख रुपैयाँसम्म रु. २,०००।- र दुई लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत र
तीन लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा उपरोक्त ( ख ) बमोजिम तीन लाख रुपैयाँसम्म रु.१७,०००।- र तीन लाख रुपैयाँभन्दा वढी करयोग्य आयमा पच्चीस प्रतिशत ।”(८) आर्थिक अध्यादेश २०६७ द्वारा उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधिनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः-
(क) लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने,
(ख) दुई लाख रुपैयाँभन्दा बढी तर तीन लाख रुपैयाँसम्मको करयोग्य आय भएमा उपरोक्त (क) बमोजिम दुई लाख रुपैयाँसम्म दुई हजार रुपैयाँ र दुई लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) तीन लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा उपरोक्त (ख) बमोजिम तीन लाख रुपैयाँसम्म सत्रहजार रुपैयाँसम्म र तीन लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ग) बमोजिम लागेको करमा थप चालीस प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा खण्ड (क) बमोजिम एक प्रतिशत कर नलाग्ने । "(९) आर्थिक ऐन २०७० द्वारा उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ:-
(क) दुई लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने,
(ख) दुई लाख पचास हजार रुपैयाँभन्दा बढी तर तीन लाख पचास हजार रुपैयाँसम्मको करयोग्य आय भएमा उपरोक्त (क) बमोजिम दुई लाख पचास हजार रुपैयाँसम्म दुई हजार पाँच सय रुपैयाँ र दुई लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस पन्ध्र प्रतिशत,
(ग) तीन लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म सत्र हजार पाँच सय रुपैयाँसम्म र तीन लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा खण्ड (क) बमोजिम एक प्रतिशत कर लाग्ने छैन ।”(१०) आर्थिक ऐन २०७१ द्वारा उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः-
(क) तीन लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) तीन लाख रुपैयाँभन्दा बढी तर चार लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम तीन लाख रुपैयाँसम्म तीन हजार रुपैयाँ र तीन लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) चार लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम चार लाख रुपैयाँसम्म अठार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत, र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा वढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा उपरोक्त खण्ड (क) बमोजिमको कर लाग्ने छैन । ”(११) आर्थिक ऐन २०७३ द्वारा उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः- (क) चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) चार लाख रुपैयाँभन्दा बढी तर पाँच लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख रुपैयाँसम्म उन्नाइस हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत, र
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापतको आयमा उपरोक्त खण्ड (क) बमोजिमको कर लाग्ने छैन।”(१२) आर्थिक ऐन २०७५ द्वारा उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः- (क) चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) चार लाख रुपैयाँभन्दा बढी तर पाँच लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
(ग) पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख रुपैयाँसम्म चौध हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) सात लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम सात लाख रुपैयाँसम्म चौवन्न हजार रुपैयाँ र सात लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत, र
(ङ) बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापत र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन।”(१३) आर्थिक ऐन २०७६ द्वारा उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखी संशोधनः
“(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः- (क) चार लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) चार लाख पचास हजार रुपैयाँभन्दा बढी तर पाँच लाख पचास हजार रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख पचास हजार रुपैयाँसम्म चार हजार पाँच सय रुपैयाँ र चार लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) पाँच लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख पचास हजार रुपैयाँसम्म चौध हजार पाँच सय रुपैयाँ र पाँच लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) सात लाख पचास हजार रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम सात लाख पचास हजार रुपैयाँसम्म चौवन्न हजार पाँच सय रुपैयाँ र सात लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत, र
(ङ) बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।” ↩ -
आर्थिक ऐन, २०७७ द्वारा संशोधित । साविकमा "निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा " भन्ने शब्दहरु रहेका । ↩
-
आर्थिक ऐन, २०७९ द्वारा संशोधित ।
(१) मूल ऐनको व्यवस्थाः “(३) यस अनुसूचीको उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछः-
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पचपन्न हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा पचहत्तर हजार रुपैयाँभन्दा बढी आय भएको,
(ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदनुरूप करयोग्य आयको गणनामा समावेश भएको । ”(२) आर्थिक अध्यादेश, २०५९ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पैसठ्ठी हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा पचासी हजार रुपैयाँभन्दा बढी आय भएको,(३) आर्थिक अध्यादेश, २०६० द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा असी हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा एक लाख रुपैयाँभन्दा बढी आय भएको, "(४) आर्थिक अध्यादेश, २०६२ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा एक लाख रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा एक लाख पच्चीस हजार रुपैयाँभन्दा बढी आय भएको,(५) आर्थिक ऐन, २०६४ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा एक लाख पन्ध्र हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा एक लाख चालीस हजार रुपैयाँभन्दा बढी आय भएको,”(६) आर्थिक ऐन, २०६६ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेको:
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा एक लाख साठी हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा दुई लाख रुपैयाँभन्दा बढी आय भएको, ”(७) आर्थिक ऐन, २०७० द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा दुई लाख रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा दुई लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको,”(८) आर्थिक ऐन, २०७१ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा दुई लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा तीन लाख रुपैयाँभन्दा बढी आय भएको,"(९) आर्थिक ऐन, २०७३ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा तीन लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा चार लाख रुपैयाँभन्दा बढी आय भएको,"(१०) आर्थिक ऐन, २०७५ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेको:
“(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा तीन लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा चार लाख रुपैयाँभन्दा बढी आय भएको,”(११) आर्थिक ऐन, २०७६ द्वारा उपदफा (३) को खण्ड (क) मा देहाय बमोजिम संशोधन गरेकोः
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा चार लाख रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट गरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा चार लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको,
(ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदनुरूप करयोग्य आयको गणनामा समावेश भएको । ↩ -
आर्थिक ऐन, २०७९ द्वारा संशोधित ।
(१) मूल ऐनको व्यवस्थाः “(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछः-
(क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको सो मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ ।
(१) सो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पचपन्न हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा पचहत्तर हजार रुपैयाँ ।
(ख) त्यस्तो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ ।
तर स्वीकृत अवकाश कोषबाट भुक्तानी भएको सञ्चयकोष तथा उपदानमा छ प्रतिशतका दरले मात्र कर कट्टी गर्नु पर्नेछ।”(२) आर्थिक अध्यादेश, २०५९ द्वारा खण्ड (क) को उपखण्ड (२) मा रहेका “पचपन्न हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “पैसठ्ठी हजार रुपैयाँ भन्ने शब्दहरु र “पचहत्तर हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टामा “पचासी हजार रुपैयाँ” भन्ने शब्दहरु राखी र खण्ड (ख) मा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको ।
(३) आर्थिक अध्यादेश, २०६० द्वारा खण्ड (क) को उपखण्ड (२) मा रहेका “पचपन्न हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “ असी हजार रुपैयाँ भन्ने शब्दहरु र “पचहत्तर रुपैयाँ” भन्ने शब्दहरुको सट्टामा “एक लाख रुपैयाँ” भन्ने शब्दहरु राखी र खण्ड (ख) मा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको ।
(४) आर्थिक अध्यादेश, २०६२ द्वारा खण्ड (क) को उपखण्ड (२) मा रहेका “पचपन्न हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख रुपैयाँ भन्ने शब्दहरु र “पचहत्तर रुपैयाँ” भन्ने शब्दहरुको सट्टामा “एक लाख पच्चीस हजार रुपैयाँ” भन्ने शब्दहरु राखी र खण्ड (ख) मा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको ।
(५) आर्थिक ऐन, २०६४ द्वारा खण्ड (क) को उपखण्ड (२) मा रहेका “पचपन्न हजार रुपैयाँ” भन्ने शब्दहरुको सट्टा “एक लाख पन्ध्र हजार रुपैयाँ "भन्ने शब्दहरु र “पचहत्तर रुपैयाँ” भन्ने शब्दहरुको सट्टामा “एक लाख चालीस हजार रुपैयाँ” भन्ने शब्दहरु राखी र खण्ड (ख) मा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको ।
(६) आर्थिक ऐन, २०६६ द्वारा उपदफा (४) मा देहाय बमोजिम संशोधन भएकोः " (४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछः-
(क) देहायका रकममध्ये जुन बढी छ सो रकममा सो प्राकृतिक व्यक्ति वा दम्पतीको सो मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछः
(१) सो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट सो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा एक लाख साठी हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा दुई लाख रुपैयाँ।
(ख) सो करयोग्य आयको बाँकी रकमबाट दश प्रतिशतका दरले कर लाग्नेछ।
तर
(१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्षभन्दा बढी भएको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(२) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्षभन्दा कम रहेको छ भने दश प्रतिशतका दरले कर लाग्नेछ ।(७) आर्थिक ऐन, २०६८ द्वारा यस उपदफाको (ख) को प्रतिबन्धात्मक वाक्यांशको (२) पछि देहायको उपदफा (३) थप ः
“(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गवाट प्राप्त लाभको हकमा पाँच प्रतिशतको दरले कर लाग्नेछ ।”(८) आर्थिक ऐन, २०७० द्वारा यस उपदफाको (१) खण्ड (क) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखी संशोधनः
“(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा दुई लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा दुई लाख पचास हजार रुपैयाँ । ” "(९) आर्थिक ऐन, २०७१ द्वारा यस उपदफा को खण्ड (क) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखी संशोधनः
“(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा दुई लाख पचास हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा तीन लाख रुपैयाँ । "(१०) आर्थिक ऐन, २०७३ द्वारा यस उपदफाको खण्ड (क) को उपखण्ड (२) को सट्टा देहायको उपखण्ड (२) राखी संशोधनः
“(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा तीन लाख पचास हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा चार लाख रुपैयाँ । ”(११) आर्थिक ऐन, २०७५ द्वारा यस उपदफा (४) को सट्टा देहायको उपदफा (४) राखी संशोधन गरेकोः
“(४) उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछः-
(क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछः-
(१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा तीन लाख पचास हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा चार लाख रुपैयाँ ।
(ख) त्यस्तो करयोग्य आयको बाँकी रकमबाट दश प्रतिशतका दरले कर लाग्नेछ।
तर,
(१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्षभन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(२) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्षभन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गवाट प्राप्त लाभको हकमा पाँच प्रतिशतको दरले कर लाग्नेछ । ”(१२) आर्थिक ऐन, २०७८ मा उपदफा (४) मा देहायको व्यवस्था राखी संशोधन गरेकोः ( ४ ) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ:-
(क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ ।
(१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा चार लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा चार लाख पचास हजार रुपैयाँ ।
(ख) त्यस्तो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ।
तर,
(१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्ष भन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(२) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्षभन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ । ↩ -
आर्थिक ऐन, २०७९ द्वारा थप भएको । [(४क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिको दफा ९५क. को उपदफा (६ख), (६ग), (६घ) बमोजिमको आयमा एक प्रतिशतले कर लाग्नेछ ।] 7 ↩
-
आर्थिक ऐन, २०६७ द्वारा संशोधन भई त्यसपछिका आर्थिक ऐनहरुले निरन्तरता दिएकोमा आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएको ।
(१) मूल ऐनको व्यवस्थाः “ ( ५ ) श्री ५ को सरकारले तोकेको दुर्गम क्षेत्रमा बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूको लागि यस अनुसूचीको उपदफा (१), (२), (३) र (४) मा उल्लिखित कर नलाग्ने सीमाको रकम पचपन्न हजार रुपैयाँ र पचहत्तर हजार रुपैयाँमा दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा तीस हजार रुपैयाँसम्म वृद्धि गर्न सकिनेछ ।”
(२) आर्थिक अध्यादेश, २०६० द्वारा संशोधन भएको व्यवस्थाः “ ( ५ ) श्री ५ को सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा तीस हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । ” ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा झिकिएकोमा आर्थिक अध्यादेश, २०६१ द्वारा मूल ऐनको व्यवस्थामा संशोधन भएकोमा आर्थिक ऐन, २०६३ द्वारा नेपाल अधिराज्यलाई नेपाल राज्य कायम गरी संशोधित। मूल ऐनको व्यवस्थाः “(६) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिमको सीमा एक लाख रुपैयाँ आय र दश लाख रुपैयाँ बराबरको कारोबार हुनेछ।” ↩
-
आर्थिक ऐन, २०७६ द्वारा संशोधित ।
(१) मूल ऐनको व्यवस्था: “(७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछ:-
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ,
(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार रुपैयाँ । ”(२) आर्थिक ऐन, २०६५ द्वारा संशोधित व्यवस्था: “ (७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछः-
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा पाँच हजार रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ,
(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय हजार रुपैयाँ । ↩ -
आर्थिक ऐन, २०७७ द्वारा झिकिएको । मूल ऐनको व्यवस्थाः “(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । ” ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा थप भएकोमा आर्थिक ऐन, २०७८ द्वारा थप कायम । ↩
-
आर्थिक ऐन, २०६३ द्वारा उपदफा ( ९क ) थप भएकोमा यस व्यवस्थालाई आर्थिक ऐन, २०६५ ले उपदफा (१०) मा कायम गरेको । ↩
-
आर्थिक ऐन, २०६५ द्वारा थप भई निरन्तरता । ↩
-
आर्थिक ऐन, २०६५ द्वारा संशोधन। यसमा आर्थिक अध्यादेश, २०६० (श्रावण) द्वारा थप भएको । साविकमा उपदफा (१०) मा रहेको । “(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको प्रिमियममध्ये लगानी बीमा गरेको अङ्कको सात प्रतिशतले हुने रकम वा दश हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । ” ↩
-
(१) आर्थिक ऐन, २०७५ द्वारा संशोधन । साविकमा “बीस हजार रुपैयाँ” ।
(२) आर्थिक ऐन, २०७९ द्वारा संशोधन । साविकमा “ पच्चीस हजार रूपैयाँ" । ↩ -
आर्थिक ऐन, २०७२ द्वारा संशोधन । आर्थिक ऐन, २०६५ द्वारा उपदफा (१३) मा सार्नुअघि यस उपदफाको व्यवस्था उपदफा (११) मा रहेको थियो । आर्थिक ऐन, २०७२ द्वारा संशोधन हुनुअघिको व्यवस्थाः “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ र सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ।”
सवारीको किसिम प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर (क) मिनिबस, मिनि ट्रक, ट्रक र बस रु.१,५००।- (ख) कार, जिप, भ्यान, माइक्रो बस रु.१,२००।- (ग) थ्रि हिलर, अटो रिक्सा, टेम्पो रु.८५०।- (घ) ट्रेक्टर र पावर टिलर रु.७५०।- -
आर्थिक ऐन, २०७५ द्वारा संशोधन । साविकको व्यवस्थाः “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ र सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।”
सवारीको किसिम प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर (क) मिनिबस, मिनि ट्रक, ट्रक र बस रु.३,००० ।- (ख) कार, जिप, भ्यान, माइक्रो बस रु.२,४०० ।- (ग) थ्रि हिलर, अटो रिक्सा, टेम्पो रु.१,५५०।- (घ) ट्रेक्टर र पावर टिलर रु.१,०००।- -
आर्थिक ऐन, २०७६ द्वारा झिकिएको । साविकको व्यवस्थाः “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले कुनै वर्षभरि पूर्ण रूपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा यस दफा बमोजिम करको गणना गर्दा पच्चीस प्रतिशत कर लाग्ने करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।” ↩
-
आर्थिक ऐन, २०७६ द्वारा झिकिएको । साविकको व्यवस्थाः "कुनै प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा निकासीबाट भएको करयोग्य आयमा करको गणना गर्दा पच्चीस प्रतिशत कर लाग्ने करयोग्य आयमा पन्ध्र प्रतिशतका दरले कर लाग्नेछ ।" ↩
-
आर्थिक ऐन, २०७२ द्वारा थप भई निरन्तरता कायम भएको । ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा थप भएकोमा आर्थिक ऐन, २०७८ द्वारा थप कायम । ↩
-
आर्थिक अध्यादेश, २०७८ द्वारा संशोधन भएकोमा आर्थिक ऐन, २०७८ द्वारा संशोधन कायम ।
(१) आर्थिक ऐन, २०७२ द्वारा थप भएको व्यवस्थाः
“(१७) दफा ४ को उपदफा (४) बमोजिम कारोबार रकममा निम्न बमोजिमको दरले कर लाग्नेछः-
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलव पाँच प्रतिशत,
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको एक दशमलव पाँच प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको दुई प्रतिशत ।
तर खण्ड (क), (ख) र (ग) मा उल्लेख गरिए बमोजिम कर गणना गर्दा पाँच हजार रुपैयाँभन्दा कम भएमा पाँच हजार रुपैयाँ । ”(२) आर्थिक ऐन, २०७६ द्वारा संशोधन भई कायम भएको व्यवस्था:
“(१७) ऐनको दफा ४ को उपदफा (४) बमोजिम कारोबार रकमको कर गणना गर्दा बीस लाख रुपैयाँसम्मको कारोबारमा ऐनको दफा ४ को उपदफा (४) बमोजिमको कर र सोभन्दा बढीको कारोबार रकममा देहाय बमोजिमको दरले कर लाग्नेछ:
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलव दुई पाँच प्रतिशत,
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलव सात पाँच प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत।” ↩ -
आर्थिक ऐन, २०७६ द्वारा (उपदफा (४) झिकिएको) संशोधित। ↩
-
आर्थिक ऐन, २०७५ द्वारा थप । आर्थिक ऐन, २०६३ द्वारा यस उपदफामा “चुरोट, बिडी, सिगार, खाने सुर्ती, खैनी, मदिरा, बियर” भन्ने शब्दहरु थपिएका । ↩
-
आर्थिक ऐन, २०७२ द्वारा थप । ↩
-
आर्थिक ऐन, २०७९ ले संशोधन गरेको व्यवस्थालाई नेपाल सरकारले आर्थिक ऐन, २०७९ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी मिति २०७९।०५।२३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
(१) मूल ऐनको व्यवस्थाः “(३) कुनै निकायको नेपालको स्रोतबाट देहाय बमोजिम कुनै आय वर्षमा भएको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछः-
(क) सो निकाय कुनै वर्षभरि पूर्ण रुपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा,
(ख) सो निकायले,-
(१) कुनै सडक, पुल, टनेल, रोपवे वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा, वा
(२) कुनै ट्रली बस वा ट्राम सञ्चालन गरेमा । ”(२) आर्थिक अध्यादेश, २०६० द्वारा खण्ड (ख) मा “(३) कुनै आय वर्षमा निकासीबाट आय आर्जन गरेमा । ” भन्ने व्यवस्था थप गरेकोमा आर्थिक अध्यादेश, २०६२ मा सो व्यवस्था समावेश नभएको ।
(३) आर्थिक ऐन, २०६४ द्वारा खण्ड (ख) मा “ (३) सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई कर छुट कारोबार गर्ने बाहेकको कारोबार गर्ने सहकारी संस्था।” भन्ने व्यवस्था थप ।
(४) आर्थिक ऐन, २०६७ द्वारा खण्ड (ख) को उपखण्ड (१) मा देहायको स्पष्टीकरण थपिएकोः “स्पष्टीकरणः रोप-वे भन्नाले सामान ढुवानी गर्ने प्रयोजनको लागि निर्माण गरिएको वा मानिस ओसारपसार गर्ने प्रयोजनको लागि निर्माण गरिएको केबलकार समेतलाई जनाउँछ।”
(५) आर्थिक ऐन, २०७५ द्वारा खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखी संशोधन गरेकोः
“(ख) त्यस्तो निकायले,-
(१) कुनै सडक, पुल, टनेल, रोप-वे, रेल्वे वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा, वा
“स्पष्टीकरणः रोप-वे भन्नाले सामान ढुवानी गर्ने प्रयोजनको लागि निर्माण गरिएको वा मानिस ओसारपसार गर्ने प्रयोजनको लागि निर्माण गरिएको केबलकार समेतलाई जनाउँछ । ”
(२) कुनै ट्रली बस वा ट्राम सञ्चालन गरेमा,
(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा । ”(६) आर्थिक ऐन, २०७७ द्वारा संशोधित व्यवस्थाः
(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछः-
(क) नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा पाँच प्रतिशत,
(ख) उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सात प्रतिशत,
(ग) महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा दश प्रतिशत ।(७) आर्थिक ऐन, २०७९ द्वारा संशोधित व्यवस्थाः
(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछः-
(क) नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सात दशमलव पाँच प्रतिशत,
(ख) उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा दश प्रतिशत,
(ग) महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा पन्ध्र प्रतिशत।" ↩ -
आर्थिक अध्यादेश, २०६२ द्वारा थप भई आर्थिक ऐन, २०७५ द्वारा संशोधन कायम भएकोमा आर्थिक ऐन, २०७६ द्वारा झिकिएको । थप भएको व्यवस्थाः “ (३क) कुनै निकायको नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ।” ↩
-
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा थप । ↩
-
आर्थिक ऐन, २०७६ द्वारा झिकिएको । मूल ऐनको व्यवस्थाः “ (४) कुनै आय वर्षमा कुनै सार्वजनिक निकायले सार्वजनिक पूर्वाधार निर्माण संरचनाको निर्माण तथा सञ्चालन गरी श्री ५ को सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।” ↩
-
आर्थिक अध्यादेश, २०६० द्वारा संशोधित । साविकको व्यवस्थाः “(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको द्रब्य वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा सो द्रब्य वा ट्रष्ट बासिन्दालाई प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ ।” ↩
-
आर्थिक ऐन, २०६४ द्वारा संशोधन । संशोधन हुनुअघि “दश प्रतिशत” भन्ने शब्दहरु रहेका । ↩
-
आर्थिक ऐन, २०६५ द्वारा खारेज। यसअघि आर्थिक अध्यादेश, २०६२ द्वारा थप भएको व्यवस्थाः
“(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ को उपदफा (६) र (७) मा उल्लिखित बाहेकको निकायलाई कायम हुने करयोग्य आयमा एक दशमलव पाँच प्रतिशतका दरले हुने रकम थप कर लाग्नेछ ।” ↩ -
आर्थिक ऐन, २०६५ द्वारा खारेज। यसअघि आर्थिक अध्यादेश, २०६२ द्वारा थप भएको व्यवस्थाः “(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ को उपदफा (६) र (७) मा उल्लिखित बाहेकको निकायलाई कायम हुने करयोग्य आयमा एक दशमलव पाँच प्रतिशतका दरले हुने रकम थप कर लाग्नेछ ।” ↩