Skip to content

परिच्छेद २३ करको गणना

२३.१

आयकर ऐन, २०५८ को अनुसूची १ मा नेपालमा कर तिर्नुपर्ने दर एवम् प्रक्रिया उल्लेख गरिएको छ। करको दरको सन्दर्भमा उक्त अनुसूचीमा प्राकृतिक व्यक्ति (Natural Person) तथा निकायलाई छुट्टाछुट्टै रूपमा व्यवस्था गरिएको छ । उक्त अनुसूचीको दफा १ मा प्राकृतिक व्यक्तिको लागि लाग्ने करको दरका बारेमा व्यवस्था गरिएको छ भने दफा २ मा निकायको लागि लाग्ने करको दरका बारेमा व्यवस्था गरिएको छ । प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर सम्बन्धमा व्यवस्था गर्दा सो अनुसूचीको दफा १ मा प्राकृतिक व्यक्तिको करयोग्य आय गणना गर्दा दुर्गम क्षेत्र सुविधा, नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्तामा सुविधा, निवृतभरण आयमा सुविधा, अपाङ्ग व्यक्तिलाई सुविधा, लगानी बीमा सुविधा बापत केही रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था समेत गरिएको छ । निकायको करयोग्य आयमा लाग्ने करको दर उल्लेख गर्ने सन्दर्भमा निकायको व्यवसायको प्रकृतिका आधारमा कर लाग्ने दर ऐनको अनुसूची १ को दफा २ मा उल्लेख गरिएको छ । प्राकृतिक व्यक्तिका सन्दर्भमा विशेष व्यवस्था यसै निर्देशिकाको परिच्छेदमा ११ एवम् निकायको सन्दर्भमा विशेष व्यवस्था यसै निर्देशिकाको परिच्छेद १० मा गरिएको व्याख्या समेतलाई ध्यानमा राखी करको दर समावेश गरी कर तालिकाको सन्दर्भमा ब्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेको छ ।

२३.२ करको दर

२३.२.१ करको दर सम्बन्धी व्यवस्था

ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१), (२), (३) तथा (४) मा करको दर सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ
अ.१.१(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस उपदफा (२) र (४) को अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ- (क) चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) चार लाख रुपैयाँभन्दा बढी तर पाँच लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत
(ग) पाँच लाख रुपैयाँभन्दा बढी तर सात लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख रुपैयाँसम्म चौध हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) सात लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भ खण्ड (ग) बमोजिम सात लाख रुपैयाँसम्म चौवन्न हजार रुपैयाँ र सात लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत र
(ङ) बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरण बापतको आय निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।

अ.१.१(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ:
(क) चार लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) चार लाख पचास हजार रुपैयाँभन्दा बढी तर पाँच लाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार पाँच सय रुपैयाँ र चार लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) पाँच लाख पचास हजार रुपैयाँभन्दा बढी तर सात लाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख पचास हजार रुपैयाँसम्म चौध हजार पाँच सय रुपैयाँ र पाँच लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) सात लाख पचास हजार रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम सात लाख पचास हजार रुपैयाँसम्म चौवन्न हजार पाँच सय रुपैयाँ र सात लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत र
(ङ) बीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा निवृत्तभरण बापतको आय निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।

अ.१.१(३) उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा चार लाख रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट गरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा चार लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको,
(ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदअनुरूप करयोग्य आयको गणनामा समावेश भएको ।

अ.१.१(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ:
(क) देहायका रकममध्ये जुन बढी छ सो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकममात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ
(१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा चार लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा चार लाख पचास हजार रुपैयाँ ।
(ख) सो करयोग्य आयको बाँकी रकमबाट दश प्रतिशतका दरले कर लाग्ने छ
तर,
(१) निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्षभन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(२) निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्षभन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

२३.२.२ प्राकृतिक व्यक्तिको करयोग्य आयमा घटाउन पाउने व्यवस्था

प्राकृतिक व्यक्तिले करको गणना गर्नु अगाडि ऐनको अनुसूची १ को दफा १ को उपदफा (५), (६), (९), (१०) तथा (१२) बमोजिम निम्नानुसारका रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था रहेको छ:

दुर्गम भत्ता सुबिधा

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकमका सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (५) मा निम्नानुसार व्यवस्था गरेको छ ।

अ.१.१(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिने छ ।
नियम ३८ बमोजिम ऐनको अनुसूची-१ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछः
१. “क” वर्गका क्षेत्रमा पचास हजार रुपैयाँ
२. "ख' वर्गका क्षेत्रमा चालीस हजार रुपैयाँ
३. "ग' वर्गका क्षेत्रमा तीस हजार रुपैयाँ
४. “घ” वर्गका क्षेत्रमा बीस हजार रुपैयाँ
५. “ङ” वर्गका क्षेत्रमा दश हजार रुपैयाँ

ऐनले दुर्गम क्षेत्रको आधारमा प्राकृतिक व्यक्तिलाई मात्र यो सुविधा प्रदान गरेकोले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा लगानीकर्ताले समेत यो सुविधा पाउँछन् । तर दुर्गम क्षेत्रमा स्थायी बसोबास भएको तर अन्य क्षेत्रमा कार्यरत व्यक्तिले स्थायी ठेगाना दुर्गम क्षेत्र भएको कारणले मात्र यो सुविधा पाउँदैनन् ।

वैदेशिक भत्तामा छुट सुविधा

नेपाल सरकारबाट तलब प्राप्त गर्ने गरी विदेशी आयोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउँने सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (६) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(६) नेपालका विदेश स्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिने छ ।

निवृत्तिभरण आयमा छुट सुविधा

निवृत्तभरण आय हुने व्यक्तिले करयोग्य आयबाट घटाउन पाउने सन्दर्भमा अनुसूची-१ को दफा १ को उपदफा (९क) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(९क) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतीको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिम भन्दा बढी हुने छैन ।

नियम ३९ बमोजिम यसरी घटाउन पाउने निवृत्तभरण आयको सीमा ऐनको अनुसूची-१ को दफा १ को उपदफा (९क) बमोजिम कट्टी गरिने रकम निवृत्तभरण आय भन्दा बढी हुने छैन । आर्थिक ऐन, २०७७ ले प्रस्तुत व्यवस्था हटाएको हुँदा आ.व. २०७७।७८ मा भने यो सुविधा पाउदैन ।

अपाङ्गको आयमा छुट सुविधा

आय आर्जन गर्ने बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट घटाउन पाउने सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (१०) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ि अपाङ्गता भएको रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग भए मात्र यस दफा अनुसारको छुट प्राप्त हुनेछ ।

लगानी बीमामा छुट सुविधा

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको अवस्थामा प्राप्त हुने सुविधाको सन्दर्भमा अनुसूची- १ को दफा १ को उपदफा (१२) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै बासिन्दा प्राकृति व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पच्चीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

स्वास्थ्य बीमामा छुट सुविधा

१(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

यस अनुसार करयोग्य आयमा स्वास्थ्य बीमा प्रिमियम घटाएकोमा औषधि उपचार मिलान गर्न पाउने कर रकम सात सय पचास मिलान गर्न पाइने छैन । निजी भवनको बीमामा छुट सुविधा

१(१६क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृति व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रूपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम कर योग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

२३.२.३ प्राकृतिक व्यक्तिको लागि लागू हुने कर तालिका

प्राकृतिक व्यक्तिलाई लागू हुने आ.व. २०७४।७५ देखि २०७८ । ७९ सम्म करको दरका सम्बन्धमा ऐनका व्यवस्थालाई तलको तालिकाबाट प्रष्ट पारिएको छः

आ.व. २०७४।७५ मा रहेको व्यवस्था

रोजगारीको आय मात्र हुनेले

एकल व्यक्ति दम्पती करको दर
रु.३,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.४,००,०००। सम्म करयोग्य आय हुनेले करयोग्य आयको १% का दरले
रु.३,५०,०००।- भन्दा बढी तर रु.४,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.४,००,०००।- भन्दा बढी तर रु.५,००,०००।- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.३,५००।- र रु.१,००,००० । सम्मको रकममा १५% का दरले
दम्पतीलेः रु.४,०००।- र रु.५,००,०००।- सम्मको रकममा १५% का दरले
रु.४,५०,०००।- भन्दा बढी रु.२५,००,०००।- सम्म करयोग्य आय हुनेले रु.५,००,०००।- भन्दा बढी रु.२५,००,०००।- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिले रु.१८,५००।- र रु.२०,५०,०००।- रकममा २५% का दरले
दम्पतीलेः रु.१९,०००।- र रु.२०,००,०००
रु.२५,००,०००।– भन्दा बढी करयोग्य आय हुनेले रु.२५,००,०००। भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.५,३१,०००।- र रु.२५,००,००० भन्दा बढी रकममा ३५% का दरले
दम्पतीलेः रु.५,१९,०००।- र रु.२५,००,००० भन्दा बढी रकममा ३५% का दरले
रु.२५,००,०००।– भन्दा बढी करयोग्य आय हुनेले रु.२५,००,०००। भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.५,३१,०००।- र रु.२५,००,००० भन्दा बढी रकममा ३५% का दरले
दम्पतीलेः रु.५,१९,०००।- र रु.२५,००,००० भन्दा बढी रकममा ३५% का दरले

एकलौटी फर्मको रूपमा व्यवसाय मात्र हुने

रु.३,५०,०००/- सम्म करयोग्य आय हुनेले रु.४,००,०००/- सम्म करयोग्य आय हुनेले कर नलाग्ने
रु.३,५०,००० भन्दा बढी तर रु.४,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.४,००,००० भन्दा बढी तर रु.५,००,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.१,००,०००/- सम्मको रकममा १५% का दरले
दम्पतीले: रु.५,००,०००।- सम्मको रकममा १५% का दरले
रु.४,५०,००० भन्दा बढी रु.२५,००,०००।- सम्म करयोग्य आय हुनेले रु.५,००,००० भन्दा बढी रु.२५,००,०००।- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.१५,०००/- र रु.२०,५०,०००/- रकममा २५% का दरले
दम्पतीलेः रु.१५,०००/- र रु.२०,००,०००/- रकममा २५% का दरले
रु.२५,००,००० भन्दा बढी करयोग्य आय हुनेले रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिले: रु.५,२७,५००।- र रु.२५,००,०००/- भन्दा बढी रकममा ३५% का दरले
दम्पतीले रु.५,१५,०००/- र रु.२५,००,००० भन्दा बढी रकममा ३५% का दरले

गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ मात्र आय हुनेले

रु. ३,५०,०००/- सम्म करयोग्य आय हुनेले रु.४,००,०००/- सम्म करयोग्य आय हुनेले कर नलाग्ने
रु.३,५०,००० भन्दा बढी खुद लाभ हुनेले रु.४,००,०००।- भन्दा बढी खुद लाभ हुनेले एकल व्यक्तिलेः रु.३,५०,००० भन्दा बढी रकममा १०% का दरले
दम्पतीलेः रु.४,००,००० भन्दा बढी रकममा १०% का दरले तर, निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्ष भित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमापाँच प्रतिशको दरले कर लाग्नेछ ।

आ.व. २०७५।७६ मा रहेको व्यवस्था

रोजगारीको आय मात्र हुनेले

एकल व्यक्ति दम्पती करको दर
रु.३,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.४,००,००० । सम्म करयोग्य आय हनेले करयोग्य आयको १% का दरले
३,५०,००० भन्दा बढी तर रु.४,५०,००० सम्म करयोग्य आय हुनेले रु.४,००,००० । भन्दा बढी तर रु.५,००,०००।- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.३,५००।- र थप रु.१,००,०००।- सम्मको रकममा १०% का दरले
दम्पतीलेः रु.१,००,०००।- सम्मको रु.४,०००।- र थप रकममा १०% का दरले
रु.४,५०,००० । भन्दा बढी रु.६.५०,०००/- सम्म करयोग्य आय हुनेले रु.५,००,०००। भन्दा बढी रु.७,००,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.१३,५००।- र थप रु.२,००,०००।- सम्मको रकममा २०% का दरले
दम्पतीलेः रु.१४,०००।- र थप रु.२,००,०००।- सम्मको रकममा २०% का दरले
रु.६,५०,००० । भन्दा बढी २०,००,००० सम्म करयोग्य आय हुनेले रु.७,००,००० भन्दा बढी २०,००,००० सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.५३.५००।- र रु.६.५०,००० भन्दा बढी रकममा ३०% का दरले
दम्पतीलेः रु.५४,०००।- र रु.७,००,००० भन्दा बढी रकममा ३०% का दरले
रु.२०,००,००० भन्दा बढी करयोग्य आय हुनेले रु.२०,००,००० भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.४,५८,५००।- र रु.२०,००,००० भन्दा बढी रकममा ३६% का दरले
दम्पतीलेः रु.४.४४,०००।- र रु.२०,००,००० भन्दा बढी रकममा ३०% का दरले

एकलौटी फर्मको रूपमा व्यवसाय मात्र हुने

रु.३,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.४,००,०००। सम्म करयोग्य आय हुनेले कर नलाग्ने
३,५०,००० भन्दा बढी तर रु.४,५०,००० सम्म करयोग्य आय हुनेले रु.४,००,००० । भन्दा बढी तर रु.५,००,०००। सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः थप रु.१,००,०००। सम्मको रकममा १०% का दरले
दम्पतीलेः रु.१,००,०००। सम्मको रकममा १०% का दरले
रु.४,५०,००० भन्दा बढी रु.६,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.५,००,००० । भन्दा बढी रु.७,००,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.१०,०००।- र थप रु.२,००,०००।- सम्मको रकममा २०% का दरले
दम्पतीलेः रु.१०,०००।- र थप रु.२,००,०००।- सम्मको रकममा २०% का दरले
रु.६,५०,०००।- भन्दा बढी २०,००,००० सम्म करयोग्य आय हुनेले रु.७,००,०००।- भन्दा बढी २०,००,००० सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.५०,०००।- र रु.६,५०,००० भन्दा बढी रकममा ३०% का दरले
दम्पतीले: रु.५०,०००।- र रु.७,००,००० भन्दा बढी रकममा ३०% का दरले
रु.२०,००,००० भन्दा बढी करयोग्य आय हुनेले रु.२०,००,००० भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.४,५५,५००।- र रु.२०,००,००० भन्दा बढी रकममा ३६% का दरले रु.२०,००,००० भन्दा बढी करयोग्य आय हुनेले
दम्पतीलेः रु.४,४०,०००।-र रु.२०,००,००० भन्दा बढी रकममा ३०% का दरले

गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ मात्र आय हुनेले

रु.३,५०,०००।- सम्म करयोग्य आय हुनेले रु.४,००,०००/- सम्म करयोग्य आय हुनेले कर नलाग्ने
रु.३,५०,००० भन्दा बढीखुद लाभ हुनेले रु.४,००,००० भन्दा बढीखुद लाभ हुनेले एकल व्यक्तिलेः रु.३,५०,००० भन्दा बढी रकममा १०% का दरले
दम्पतीलेः रु.४,००,००० भन्दा बढी रकममा १०% का दरले
तर, निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्ष भित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशको दरले कर लाग्नेछ ।

आ.व. २०७६/७७ देखि २०७८/७९ मा रहेको व्यवस्था

रोजगारीको आय मात्र हुनेले

रु.४,००,०००/- सम्म करयोग्य आय हुनेले रु.४,५०,०००।- सम्म करयोग्य आय हुनेले करयोग्य आयको १% का दरले
रु.४,००,०००/- भन्दा बढी तर रु.५००,०००/- सम्म करयोग्य आय हुनेले रु.४,५०,०००/- भन्दा बढी तर रु.५,५०,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिले रु.४,०००/- रु.१,००,०००/- सम्मको रकममा १०% का दरले
दम्पतीले रु.४,५००/- रु.१,००,०००/- सम्मको रकममा १०% का दरले
रु.५,००,०००/- भन्दा बढी रु.७,००,०००/- सम्म करयोग्य आय हुनेले रु.५,५०,०००/- भन्दा बढी रु.७,५०,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिले: रु.१४,०००/- रु.२,००,०००/- रकममा २०० का दरले
दम्पतीले: रु.१४,५००/- रु.२,००,०००/- रकममा २०% का दरले
रु. ७,००,००० भन्दा बढी रु.२०,००,०००/- सम्म करयोग्य आय हुनेले रु. ७,५०,०००/- भन्दा बढी रु.२०,००,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.५४,०००/- रु.१३,००,०००/- रकममा ३०% का दरले
दम्पतीलेः रु.५४,५००/- रु.१२,५०,०००/- रकममा ३०% का दरले
रु.२०,००,०००/- भन्दा बढी करयोग्य आय हुनेले रु.२०,००,०००/- भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.४,४४,०००/- र रु.२०,००,०००/- भन्दा बढी रकममा ३६% का दरले
दम्पतीले: रु. ४,२९,५००।- र रु.२०,००,०००/- भन्दा बढी रकममा ३६% का दरले

एकलौटी फर्मको रूपमा व्यवसाय मात्र हुने

रु.४,००,०००/- सम्म करयोग्य आय हुनेले रु.४,५०,०००।- सम्म करयोग्य आय हुनेले कर नलाग्ने
रु. ४,००,००० भन्दा बढी तर रु.५,००,०००/- सम्म करयोग्य आय हुनेले रु.४,५०,००० भन्दा बढी तर रु.५,५०,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिले: रु.१,००,०००।- सम्मको रकममा १०% का दरले दम्पतीलेः रु.१,००,०००।- सम्मको रकममा १०% का दरले
रु.५,००,००० भन्दा बढी रु. ७,००,०००/- सम्म करयोग्य आय हुनेले रु.५,५०,००० भन्दा बढी रु. ७,५०,०००।- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिले: रु.१०,०००/- रु.२,००,०००/- रकममा २०% का दरले
दम्पतीलेः रु.१०,०००/- र रु.२,००,०००/- रकममा २०% का दरले
रु.७,००,०००/- भन्दा बढी रु.२०,००,०००/- सम्म करयोग्य आय हुनेले रु.७,५०,०००/- भन्दा बढी रु.२०,००,०००/- सम्म करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.५०,०००/- रु.१३,००,०००/- रकममा ३०% का दरले
दम्पतीले: रु.५०,०००/- र रु.१२,५०,०००/- रकममा ३०% का दरले
रु.२०,००,०००।- भन्दा बढी करयोग्य आय हुनेले रु.२०,००,०००/- भन्दा बढी करयोग्य आय हुनेले एकल व्यक्तिलेः रु.४,४०,०००/- र रु.२०,००,०००/- भन्दा बढी रकममा ३६% का दरले
दम्पतीलेः रु.४,२५,०००/- ररु. २०,००,०००/- भन्दा बढी रकममा ३६% का दरले

गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ मात्र आय हुनेले

रु.४,००,०००।- सम्म करयोग्य आय हुनेले रु.४,५०,०००।- सम्म करयोग्य आय हुनेले कर नलाग्ने
रु.४,००,०००/- भन्दा बढी खुद लाभ हुनेले रु.४,५०,०००/- भन्दा बढी खुद लाभ हुनेले एकल व्यक्तिले: रु.४,००,०००/- भन्दा बढी रकममा १०% का दरले
दम्पतीलेः रु.४,५०,०००/- भन्दा बढी रकममा १०% का दरले
तर, निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्ष भित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमापाँच प्रतिशको दरले कर लाग्नेछ ।

नोटः
१. करयोग्य आयबाट घटाउन पाउने लगानी बीमा प्रिमियम, स्वास्थ्य बीमा प्रिमियम, निजी भवनको वीमा प्रिमियम, दुर्गम भत्ता बापतको सुविधा, वैदेशिक भत्ता, अपाङ्ग भए प्राप्त हुने थप सुविधा लगायतका छुट तथा सुविधा घटाई बाँकी करयोग्य आयबाट कर गणना गरिनु पर्छ ।
२. रोजगारी, व्यवसाय वा लगानीबाट मिश्रित आय हुने प्राकृतिक व्यक्तिका हकमा रोजगारीबाट भएको आयको सीमासम्म १ प्रतिशत कर लाग्ने र रोजगारी आय नभएको अवस्थामा उक्त १ प्रतिशत कर लाग्दैन ।
३. ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१) र (२) को अन्त्यमा रहेको स्पष्टीकरण खण्डमा एकलौटी फर्म दर्ता भएको करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष रयोगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा १ प्रतिशत कर नलाग्ने व्यवस्थाछ ।
४. ऐनको दफा ११ बमोजिम छुट हुने आयमा लाग्ने अधिकतम करको दर यसै परिच्छेदको अन्त्यमा दिइएको छ । ५. दम्पती भन्नाले एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी दम्पतीको रूपमा छनौंट गरेको प्राकृतिक व्यक्तिलाई बुझाउँछ ।

२३.२.४ कारोबारको आधारमा एकमुष्ठ कर लाग्ने व्यवस्था

ऐनको अनुसूची-१ को दफा १ उपदफा (७) मा एकमुष्ठ (Presumptive) कर लाग्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(७) ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिम हुनेछ:
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा सात हजार पाँच सयरुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा चार हजाररुपैयाँ,
(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ ।

ऐनको दफा ४ को उपदफा (४) बमोजिम कुनै आय वर्षमा करयोग्य आय भएको बासिन्दा प्राकृतिक व्यक्तिले अनुसूची - १ को दफा १ को उपदफा (७) मा उल्लिखित कर दाखिला गर्न देहायका सबै अवस्था पूरा गरेको हुनु पर्नेछ ।

(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
(क१) औषधि उपचार खर्च बापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी बापत दफा ९३ बमोजिम कर मिलान गर्न दाबी नगरेको,
(ख) व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रुपैयाँ भन्दा बढी नभएको,
(ग) ..........
(घ) ..........

ऐनले कुनै आय वर्षमा कुनै बासिन्दा प्राकृतिक व्यक्तिको कुनै व्यवसायको आयमात्र भएको रसो आय वर्षमा त्यस्तो व्यवसायको कारोबार तीस लाख रुपैयाँसम्म र करयोग्य आय तीन लाख रुपैयाँसम्म रहेको भए सो व्यक्तिले सो व्यवसायको आय बापत सो वर्षमा सो व्यक्तिले व्यवसाय गरेको ठाउँको आधारमा दुई हजार पाँच सय रुपैयाँ देखि सात हजार पाँच सयरुपैयाँसम्म कर तिरे पुग्ने व्यवस्था गरेको छ । यस्तो व्यक्तिको कारोबार स्थल महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा भएसात हजार पाँच सयरुपैयाँ, नगरपालिका क्षेत्रमा भए चार हजाररुपैयाँ र महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमादेखि बाहेक अन्य क्षेत्रमा भए दुई हजार पाँच सय रुपैयाँ वार्षिक कर तिरेमा निजको कर दायित्व पूरा हुन्छ । यस व्यवस्था अनुसार कर तिर्ने व्यक्तिलाई तोकिएको एकमुष्ठ कर तिर्ने व्यक्ति भनिन्छ । कुनै व्यक्तिका नाममा दर्ता भएको एकलौटी फर्मका हकमा समेत उपर्युक्त व्यवस्था लागू हुन सक्छ । त्यस्तै यस्तो कर तिर्ने व्यक्तिले औषधि उपचारमा गरेको खर्च बापत ऐनको दफा ५१ बमोजिम औषधोपचार कर मिलान गर्न पाउँदैन ।

ऐनको अनुसूची-१ को दफा १ उपदफा (१७) मा कारोबारको आधारमा एकमुष्ठ कर लाग्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ:
कारोबारको आधारमा एकमुष्ठ कर तिर्ने करदाताहरुको करको दरको विवरण देहाय बमोजिम उल्लेख गरिएको छ:

कारोबार रु.२० लाख र आय रु. २ लाखमात्र हुने प्राकृतिक व्यक्तिको लागि करको दर

डे०१ आय विवरण

क्षेत्र आ.व.
२०७०/७१ रकम रु. २०७१/७२ देखि २०७५/७६ रकम रु २०७६/७७ र २०७७७८ लाग्ने कर रकम रु. २०७६/७७ २०७७५७८
आर्थिक ऐन, २०७७ ले दिएको छुट ७५ प्रतिशत लाग्ने कर रु. आर्थिक ऐन २०७८ ले दिएको छुट ९० प्रतिशत लाग्ने कर रु.
महानगरपालिका/उपमहानगरपालिका ३,५०० ५,००० ७,५०० ५,६२५ १,८७५ ६,७५० ७५०
नगरपालिका २,००० २,५०० ४,००० ३,००० १,००० ३,६०० ४००
अन्य क्षेत्र १,२५० १,५०० २,५०० १,८७५ ६२५ २,२५० २५०

आ.व. २०७८।७९ देखि कायम भएको कारोबार रु ३० लाख र आय रु. ३ लाखसम्म हुने प्राकृतिक व्यक्तिको लागि करको दर (डे०१ आय विवरण)

क्षेत्र आ.व. २०७८/७९
महानगरपालिका / उपमहानगरपालिका ७,५००/-
नगरपालिका ४,०००/-
अन्य क्षेत्र २,५००/-

अ.१.१(१७) ऐनको दफा ४ को उपदफा (४) बमोजिम कारोबार रकमको कर गणना गर्दा तीस लाख रुपैयाँसम्मको कारोबारमा ऐनको दफा ४ को उपदफा (४) बमोजिमको कर र सो भन्दा बढीको कारोबार रकममानिम्न बमोजिमको दरले कर लाग्नेछ:
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव दुई पाँच प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव तीन प्रतिशत,
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव आठ प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत ।

ऐनको दफा ४ को उपदफा (४क) मा कारोबारको आधारमा दाखिला गर्नुपर्ने कर सम्बन्धमा निम्नानुसार व्यवस्था गरिएको छ ।
(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नुपर्ने कर अनुसूची -१ को दफा १ को उपदफा (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछ:
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
(ख) व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रुपैंयाँसम्म र व्यवसायको कारोबार वार्षिक तीस लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँभन्दा घटी भएको,
(ग) .........., र
(घ) चिकित्सक, इञ्जिनियर, लेखापरीक्षक, कानुन व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको ।

ऐनले कुनै आय वर्षमा कुनै बासिन्दा प्राकृतिक व्यक्तिको कुनै व्यवसायको आयमात्र भएको, सो आय वर्षमा त्यस्तो व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रुपैयाँसम्म र सो आय वर्षमा त्यस्तो व्यवसायको कारोबार तीस लाखदेखि एक करोड रुपैयाँसम्म भएको, चिकित्सक, इन्जिनियर, लेखापरीक्षक, कानुन व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा चिकित्सक, इन्जिनियर, लेखापरीक्षक, कानुन व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय नभएको अवस्था भएमा निजले ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबारमा तीस लाख रुपैयाँसम्मको कारोबार रकममा ऐनको दफा ४ को उपदफा (४) बमोजिमको कर र तीस लाख रुपैयाँदेखि माथि पचास लाखरुपैयाँ सम्मको कारोबारमा कारोबार रकमको शून्य दशमलब दुई पाँच प्रतिशत तथा पचास लाख रुपैयाँ भन्दा बढी एक करोडसम्मको कारोबारमा कारोबार रकमको शून्य दशमलब तीन प्रतिशत, उपर्युक्त कारोबार बाहेकको कारोबारमा तीस लाख रुपैयाँदेखि माथि पचास लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोडसम्म कारोबार रकमको शून्य दशमलव आठ प्रतिशत र सेवा व्यवसायमा तीस लाख रुपैयाँदेखि माथि एक करोड रुपैयाँसम्मको कारोबारमा कारोबार रकमको दुई प्रतिशतले हुने रकम तिर्नुपर्ने व्यवस्था छ । यस्तो कर तिर्ने व्यक्तिले औषधि उपचारमा गरेको खर्च बापत ऐनको दफा ५१ बमोजिम औषधोपचार कर मिलान गर्न र अग्रिम कर कट्टीबापत दफा ९३ बमोजिम कर मिलान दाबी गर्न पाउँदैन ।

यसरी कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा १क. मा रहेको छ ।

(१क) कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ:

दाखिला गर्नुपर्ने मिति दाखिला गर्नुपर्ने रकम
पुस महिनाको अन्त्यसम्म पुस २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर
आषाढ महिनाको अन्त्य सम्म असार २० गते सम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी त्यस्तो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

ऐनको दफा ४ को उपदफा (४) बमोजिम कारोबार रु.२० लाख भन्दा बढी रु ५० लाख सम्मको कारोबार हुनेको लागि करको दर (डे०२ आय विवरण)

व्यवसायको प्रकार आ.व.
२०७२/७३ २०७३/७४ देखि २०७७७७८ सम्म
ग्याँस, चुरोट लगायतका ३ प्रतिशतसम्म कमिशन वा मुल्य थप गरी वस्तुको कारोबार गर्ने व्यवसाय ०.५०% ०.२५%
ग्याँस, चुरोट बाहेक अन्य व्यवसाय १.५% ०.७५%
सेवा व्यवसाय २% २%

नोट: ऐनको दफा ४ को उपदफा (४) बमोजिम कर तिर्ने करदाताहरुलाई आर्थिक ऐन, २०७७ ले आ.ब. २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत छुट दिएको छ भने आर्थिक ऐन, २०७८ ले आ.ब. २०७७/७८ मा लाग्ने करमा ७५ प्रतिशत छुट दिएको छ ।

आ.व.२०७८ ७९ को हकमा ऐनको दफा ४ को उपदफा (४) बमोजिम कारोबार रु.३० लाख भन्दा बढी रु.१ करोड सम्मको कारोबार हुनेको लागि करको दर निम्न बमोजिम रहेको छ ।

व्यवसायको प्रकार आ.व. २०७८।७९
३० लाख देखि ५० लाख सम्म कारोबार हुनेको लागि ५० लाख देखि १ करोड सम्म कारोबार हुनेको लागि
ग्याँस, चुरोट लगायतका ३ प्रतिशतसम्म कमिशन वा मुल्य थप गरी वस्तुको कारोबार गर्ने व्यवसाय ०.२५% ०.३०%
ग्याँस, चुरोट बाहेक अन्य व्यवसाय १% ०.८%
सेवा व्यवसाय २%

२३.२.५ भाडाका सवारी साधन धनीले दाखिला गुर्नपर्ने कर

कुनै व्यक्तिका नाममा नेपालभित्रको कुनै यातायात व्यवस्था कार्यालयमा कुनै भाडाको सवारी साधन दर्ता रहेको भए त्यस्तो व्यक्तिले आफ्नो नाउँमा दर्ता भएको भाडाको सवारी साधन बापत दाखिला गर्नुपर्ने करको रकमका सम्बन्धमा ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१३) ले देहायको व्यवस्था गरेको छ:

अ.१.१(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरुबाट यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरणका बखत देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ ।

सवारीको किसिम प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर
(१) कार, जिप, भ्यान, माइक्रो बस -
(क) १३०० सी.सी. सम्म रु. ४,०००/-
(ख) १३०१ सी.सी. देखि २००० सी.सी. सम्म रु. ४,५००/-
(ग) २००१ सी.सी. देखि २९०० सी. सी. सम्म रु.५,०००/-
(घ) २९०१ सी.सी. देखि ४०००सी. सी. सम्म रु.६,०००/-
(ङ) ४००१ सी.सी. देखि माथि सबै रु.७,०००/-
(२) मिनिबस, मिनि ट्रक, पानी टेकर रु.६,०००/-
(३) मिनी ट्रिपर रु. ७,०००/-
(५) डोजर, एकजाभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण रु.१२,०००/-
(६) तेल टैंकर, ग्याँस बुलेट, टिपर रु.१२,०००/-
(७) ट्रेक्टर रु.२,०००/-
(८) पावर टिलर रु. १,५००/-
(९) अटो रिक्सा, थ्री हृवीलर, टेम्पो रु.२०००।-

उक्त व्यवस्था अनुसार सवारी साधनको स्वामित्व रहेको कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको सवारी साधन यातायात व्यवस्था कार्यालयमा भाडाको सवारी साधनको रूपमा दर्ता गराएको भए सो सवारी साधन भाडामा लगाई निजले आर्जन गरेको आय बापत बर्षेनी माथि उल्लिखित निश्चित रकम कर बापत तिर्नु पर्दछ ।

२३.२.६ गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लाग्ने कर

ऐनको अनुसूची-१ को दफा १ को उपदफा (८) मा गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लाग्ने करका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ ।

कुनै गैर बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा स्रोत रहेको आयमा नेपालमा कर दाखिला गर्दा जुनसुकै स्रोतबाट भएको करयोग्य आयमा २५ प्रतिशतका दरले कर दाखिला गर्नु पर्दछ । कुनै गैर बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा स्रोत रहेको आयमा दाखिला गर्नुपर्ने करको गणना गर्दा अनुसूची - १ ले प्राकृतिक व्यक्तिको करयोग्य आयमा घटाउन पाउने भनी तोकिएका रकम घटाउन पाउँदैन । सो व्यक्तिले औषधोपचार कर बापतको रकम तिर्नुपर्ने करमा मिलान गर्न पाउँदैन । त्यस्ता व्यक्तिको करयोग्य आय रु.२० लाख भन्दा बढी भएको अवस्थामा समेत अतिरिक्त कर लाग्दैन ।

२३.२.७ रोजगारीको आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

ऐनको अनुसूची-१ को दफा १ को उपदफा (११) मा पारिश्रमिक आय मात्र हुने महिलालाई करमा हुने छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ:

अ.१.१(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ । उक्त व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २३.२.१

मानौं, नेपाल बैंक लिमिटेड मनाङ शाखामा श्रीमती शशीकला राई भन्ने कर्मचारी कार्यरत रहेछन् । आ.व. २०७६/७७ मा निजको तलब र भत्ता गरी मासिक रु.५०,०००।-हुँदोरहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु.४०,०००/- प्राप्त गरेकी रहेछिन् । सो वर्ष निजले रु.४०,०००/- बोनस प्राप्त गरेकी रहेछिन् । बैंकले सो वर्ष निजको आयमा कूल रु.३०,०००/- थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई सञ्चय कोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । सो वर्ष निजले एउटै प्राकृतिक व्यक्ति मानिने गरी छनौट गरेको अवस्थामाकरयोग्य आय एवम् कर रकम निम्नानुसार हुन आउँछ ।

तलव भत्ता रु. ६००,०००
दशैं भत्ता रु. ४०,०००
बोनस रु. ४०,०००
सञ्चय कोषमा थप रु. ३०,०००
जम्मा निर्धारणयोग्य आय रु ७१०,०००
न्यून -
स्वीकृत अवकाश कोषमा लगानी रु ६०,०००
करयोग्य आय रु. ६५०,०००
घटाउने -
"क" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधारु ५०,०००
बाँकी करयोग्य आय रु ६००,०००
कर रकमको गणना (आय वर्ष २०७६/७७) -
पहिलो रु.४,००,०००/- १% ले ४,०००
दोश्रो रु.१,००,०००/- १०% ले १०,०००
बाँकी रु.१,००,०००।- २०% ले २०,०००
जम्मा ३४,०००
न्यून: १० प्रतिशतले छुटरु. ३,४००
जम्मा वार्षिक कर रकम रु. ३०,६००

२३.२.८ रोजगारीको आयमात्र हुने व्यक्तिले दाखिला गर्नुपर्ने कर सम्बन्धी व्यवस्था

कुनै प्राकृतिक व्यक्तिको रोजगारी आयमात्र भएमा सो व्यक्तिले दाखिला गर्नुपर्ने कर सम्बन्धमा ऐनको दफा ४ को उपदफा (३) मा देहायको व्यवस्था छ:

४(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नुपर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ:
(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा दफा १२ बमोजिम चन्दा बापत खर्च घटाउन दाबी नगरेको ।

कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्तिमध्ये कुनै व्यक्तिको कुनै आय वर्षमा रोजगारीको आयमात्र रहेको, सो वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति रहेको, एकै समयमा एक भन्दा बढी रोजगारदाता नरहेको, रोजगारदाताले भुक्तानी गरिदिएको अवकाश योगदान बाहेक अन्य अवकाश योगदान घटाउन दाबी नगरेको, रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको मिलान गर्न पाउने करबाहेक अन्य कर मिलान गर्न दाबी नगरेको तथाचन्दा खर्च घटाउन दाबी नगरेको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नुपर्ने कर सो व्यक्तिको रोजगारीको आयमा सो आय वर्षमा रोजगारदाताबाट ऐनको दफा ८७ बमोजिम कट्टी भएको कर रकम बराबर हुन्छ । आय वर्षको बीचमा रोजगारदाता परिवर्तन भएका करदाताले यस्तो सुविधा प्राप्त गर्न पहिलो रोजगारदाताबाट प्राप्त गरेको भुक्तानी, सो भुक्तानीमा कट्टी भएको करसमेत खुलेको कर कट्टीको प्रमाणपत्र दोश्रो रोजगारदातासमक्ष पेश गरेको हुनु पर्दछ । दोश्रो रोजगारदाताले पनि पहिलो रोजगारदाताले गरेको भुक्तानी र सो भुक्तानीमा गरेको कर कट्टी समायोजन गरी आफूले गरेको भुक्तानीमा कर गणना गरी दफा ८७ बमोजिम भुक्तानीमा कर कट्टी गरेको हुनु पर्दछ । यस्तो व्यक्तिको रोजगारी आयमा रोजगारदाताले कट्टी गरेको रकम बाहेक निजले अन्य कुनै रकम तिर्नु पनि पर्दैन । तर यस्तो व्यक्तिलाई गर्ने भुक्तानीमा रोजगारदाताले करकट्टी गर्दा नियमावलीको नियम ३१ बमोजिम गरेको हुनु पर्दछ र कट्टी गरेको रकम दाखिला भएको हुनु पर्दछ । यदि निजलाई भुक्तान गर्दा कर कट्टा गरी दाखिला गरेको रकम निजको कर दायित्व भन्दा बढी भएमा निजले सो कर रकम विभागसमक्ष फिर्ता दाबी गर्न सक्दछ । रोजगारी आयमा कर कट्टी एवम् भुक्तानी सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।

२३.२.९ विशेष उद्योगबाट हुने आयमा कर छुट

ऐनको दफा ११ को उपदफा (२ख) मा प्राकृतिक व्यक्ति (प्रोप्राइटरसिप फर्म समेत) ले वर्षभरि सञ्चालन गरेको विशेष उद्योगबाट भएको आयमा कर छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ:

११(२ख) कुनै आय वर्षमा वर्षभरि पूर्णरूपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एक तिहाईले,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशतले,
(ग) खण्ड (क) वा (ख) बमोजिमको सुविधा पाएका व्यक्तिले यस दफा बमोजिम अर्को कुनै कर छुट सुविधा पाउने रहेछ भने सो कर छुट सुविधा समेत पाउनेछ ।

कुनै प्राकृतिक व्यक्ति वा दम्पतीले कुनै आय वर्षमा वर्षभरि नै विशेष उद्योग सञ्चालनमा संलग्न रही आय आर्जन गरेको भए सो आयमध्ये कर गणना गर्ने प्रयोजनका लागि कायम हुन आउने सो व्यक्तिको करयोग्य आयमा अन्य आयमा लाग्ने करको दर भन्दा घटी दरले कर लाग्ने व्यवस्था ऐनले गरेको छ । जस अनुसार त्यस्तो आयमा दाखिला गर्नुपर्ने करको गणना गर्दा एकल प्राकृतिक व्यक्तिको हकमा आर्थिक वर्ष २०७६/७७ मा रु.४,००,०००/- भन्दा बढी र एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गरेको दम्पतीको हकमा रु.४,५०,०००।-भन्दा बढीको करयोग्य आयमातीस प्रतिशतको दरले कर लाग्ने भएमा एक तिहाईले छुट दिई बीस प्रतिशतका दरले कर गणना गर्नु पर्दछ । उक्त व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २३.२.२

मानौं, शशीकला राईले अछाममा फलफुल प्रसोधन उद्योग सञ्चालन गर्ने गरेकी रहिछिन् । आ.व. २०७६ । ७७ मा सो उद्योगको कारोबाररु. ५०,००,०००।- रहेछ र कट्टी दाबी योग्य रकम रु.४०,००,०००/- रहेछ । सो वर्ष निजले एउटै प्राकृतिक व्यक्ति मानिने गरी छनौट गरेको अवस्थामा करयोग्य आय एवम् कर रकम निम्नानुसार हुन आउँछ ।

कारोबार रु. ५०,००,०००/-
न्यूनः कट्टी हुने रकम रु. ४०,००,०००/-
जम्मा निर्धारणयोग्य आयरु. १०,००,०००/-
न्यूनः -
करयोग्य आय रु १०,००,०००/-
घटाउने -
"ग" वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा रु ३०,०००/-
बाँकी करयोग्य आय रु. ९,७०,०००/-
कर रकमको गणना आय वर्ष २०७६/७७
पहिलो रु. ४,००,०००/- सम्म नलाग्ने
दोश्रो रु. १,००,०००/- १०% ले १०,०००/-
तेस्रो रु २,००,०००/- २०% ले ४०,०००/-
बाँकी ३,२०,०००/- २०% ले ६४,०००/-
जम्मा लाग्ने कर रकम १,१४,०००/-

२३.२.१० निर्यातबाट हुने आयमा कर छुट

ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१५) मा प्राकृतिक व्यक्ति (प्रोप्राइटरसिप फर्म समेत) को निर्यातबाट भएको आयमा कर छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ:

ऐनको दफा ११ को उपदफा (३ङ) मा प्राकृतिक व्यक्ति (प्रोप्राइटरसिप फर्म समेत) को निर्यातबाट भएको आयमा कर छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ:

दफा ११(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,
(ग) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिम छुट पछि कायम हुने करमा थप पैतिस प्रतिशत ।

कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कुनै वस्तु वा सेवा निकासी गरी सो निकासीबाट आय आर्जन गरेको भए सो आयमध्ये कर गणना गर्ने प्रयोजनका लागि कायम हुन आउने सो व्यक्तिको करयोग्य आयमा अन्य आयमा लाग्ने करको दर भन्दा घटी दरले कर लाग्ने व्यवस्था ऐनले गरेको छ । जस अनुसार त्यस्तो आयमा दाखिला गर्नुपर्ने करको गणना गर्दा एकल प्राकृतिक व्यक्तिको हकमा २०७६/७७ मा रु.४,००,०००/- भन्दा बढी र एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गरेको दम्पतीको हकमा रु.४,५०,०००/- भन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशतको सट्टा पन्ध्र प्रतिशतका दरले कर गणना गर्नु पर्दछ । यसका अतिरिक्त दफा ११(३ङ)(ग) बमोजिम आफ्नै उत्पादनको निकासी गरेका उद्योगले सो करयोग्य आयमा लाग्ने करको दरको २५ प्रतिशतले थप छुट पाउँदछन् । उक्त व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ:

उदाहरण २३.२.३

मानौं, रोहण शर्मा विवाहित व्यक्ति रहेछन् र चिया उत्पादन गरी बिक्री गर्दा रहेछन् । उनले आ.व. २०७८ । ७९ मा रु. एक करोडको चिया निकासी गरेका रहेछन् । निजले सो आय वर्षमा सो कारोबारबाट रु.५,००,०००/- करयोग्य आय आर्जन गरेका रहेछन् । उनी स्वयं अपांग रहेछन् साथै उनी र उनकी पत्नीले एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी दम्पती हुन छनौट गरेका रहेछन् । निजको कर दायित्व निम्नानुसार हुने हुन्छ :

विवरण निकासीको कर गणना
निकासीको करयोग्य आय रु १०,००,०००/-
अपांग भएको कारणले घटाउन पाउने रकम रु. २,२५,०००/-
करको गणना प्रयोजनका लागि करयोग्य आय रु. ७,७५,०००/-
रु.४,५०,०००।- सम्म कर नलाग्ने ०/-
बाँकी रकम रु. ३,२५,०००/-
पहिलो रु.१,००,०००/- मा १० प्रतिशतले १०,०००/-
निकासीको आयमा लाग्ने कर १५ प्रतिशतमा दफा ११ ( ३ङ) (ग) मा उल्लिखित छुटका कारण बाँकी रकम रु.२,२५,०००/- मा ९.७५
प्रतिशतले हुन आउने कर रकम रु २१,९३७/५०
तिर्नु पर्ने जम्मा कर रकम रु. ३१,९३७/५०

२३.३ निकाय

ऐनको दफा २ (भ) मा निकायलाई निम्नानुसार परिभाषित गरिएको छ :- सामान्यतयाः निकाय (Entity) भन्नाले प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्ति अर्थात कृत्रिम (Artificial) वा कानूनी व्यक्ति (Legal Person) लाई बुझाउँछ । साझेदारी फर्म, दृष्ट वा कम्पनी, गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समिति, नेपाल सरकार, कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धिद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन, वा आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको संस्था वा संगठनको स्थायी संस्थापनलाई निकायको रूपमा परिभाषित गरिएको छ ।

२३.४ निकायको लागि करको दर सम्बन्धी व्यवस्था

प्राकृतिक व्यक्तिले कर गणना गर्ने प्रयोजनको लागि करयोग्य आयबाट सो व्यक्तिको अवस्था र आयको प्रकृति अनुसार अवकाश योगदान, जीवन बीमा प्रिमियम, स्वास्थ्य बीमा प्रिमियम, निजी भवनको बीमा प्रिमियम, वैदेशिक भत्ता, दुर्गम भत्ता, अपांग व्यक्तिलाई छुट सुविधा आफ्नो करयोग्य आयबाट घटाउन पाउछन् । यसको अलावा प्राकृतिक व्यक्तिले गर्ने केही व्यावसायिक आयमा तोकिएको एकमुष्ठ कर तिर्न सक्ने तथा करका विभिन्न दर लाग्ने व्यवस्था समेत रहेको छ । तर निकायको करयोग्य आय र कर गणना गर्ने प्रयोजनका लागि करयोग्य आय समान हुन्छ । अर्थात, अनुसूची - १ मा निकायको कर गणना गर्दा आफ्नो करयोग्य आयबाट कुनै प्रकारको रकम थप घटाउन पाउने व्यवस्था गरेको छैन । त्यस्तै निकायको करयोग्य आय जतिसुकै भएपनि निश्चित एकल दरमा कर तिर्नु पर्दछ । तर निकायको प्रकृति र आयको प्रकार अनुसार निकायको आयमा लाग्ने करको दर फरक फरक गरिएको छ । निकायको आयमा लाग्ने करको दरको विवरण तथा दफा ११ बमोजिम छुट हुने आयमा लाग्ने करको दर यसै परिच्छेदको अन्त्यमा दिइएको छ ।

२३.४.१ सामान्य अवस्थामा निकायलाई लाग्ने कर

सामान्य अवस्थामा कुनै निकायले दाखिला गर्नुपर्ने करको गणना गर्ने सम्बन्धमा ऐनको अनुसूची-१ को दफा २ ले देहाय बमोजिमको व्यवस्था गरेको छ:

अ.१.२.(१) यस दफाको उपदफा (२), (३), (५) र (७) को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ ।

उपर्युक्त व्यवस्था अनुसार कुनै आय वर्षमा नेपालमा स्रोत रहेको व्यवसाय वा लगानीको आय रहेको निकायलाई सामान्यतयाः सो व्यवसाय वा लगानीको करयोग्य आयको २५ प्रतिशतले हुने रकम कर लाग्दछ । सूर्तिजन्य वा मदिराजन्य उद्योग, वियर उद्योग, बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, पेट्रोलियम कार्य सञ्चालन गर्ने निकाय, सहकारी संस्था, निकासी आय रहेको निकाय, विशेष उद्योग, सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना र जलयात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा सञ्चालन गर्ने गैरबासिन्दा निकायबाहेक अन्य सबै निकायको व्यवसाय र लगानीको करयोग्य आयमा २५ प्रतिशतका दरले कर लाग्दछ । यस सम्वन्धी उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २३.४.१

मानौं, आ. व. २०७६/७७ मा तल उल्लेखित व्यक्तिको करयोग्य आयको अवस्था निम्नानुसार रहेछ:

१. एभरेष्ट सेल्स प्रा. लि. साबुनको वितरक रहेछ र सो व्यवसायबाट आ.व. २०७६ ७७ मा रु.१,५०,०००।- करयोग्य आय आर्जन गरेको रहेछ ।
२. एभरेष्ट कुरियर दुई जना साझेदार रहेको एउटा साझेदारी फर्म रहेछ । यसले आ.व. २०७६/७७ मा सो व्यवसायबाट रु.२,७०,०००/- करयोग्य आय आर्जन गरेको रहेछ । यसका साझेदार प्रत्येकले सो वर्ष रु.६०,०००/- नागरिक लगानी कोषमा अवकाश योगदान गरेका छन् । एउटा साझेदारले यस वर्ष आफ्नो जीवन बीमा प्रिमियम बापतरु. १०,०००/- तिरेका रहेछन् । दुवै साझेदार स्वयं अपांग रहेछन् ।
३. रोहिम खान एकल शेयरहोल्डर रहेको नेपाल गलैंचा प्रा.लि.ले गलैँचाको खरिद बिक्रीबाट आ.व. २०७६/७७ मा रु.५,००,०००/- करयोग्य आय आर्जन गरेको रहेछ । यस वर्ष उनले आफ्नो औषधोपचारमा रु.२०,०००/- खर्च गरेका रहेछन्

उपरोक्तानुसारका करयोग्य आय आर्जन गर्ने सबै व्यक्ति आयकर प्रयोजनका लागि निकाय हुन् । निकायले आफ्नो करयोग्य आयमा कर तिर्नु पर्दछ । कुनैपनि निकायले आफ्नो सञ्चालक वा साझेदारको अवकाश योगदान, जीवन बीमा प्रिमियम, औषधोपचार खर्च लगायतका व्यक्तिगत खर्च बापतको कुनैपनि रकम करयोग्य आयबाट घटाउन वा त्यस्तो खर्च रकम बापत कुनै रकम करमा मिलान गर्न पाउदैन । त्यस्तै कुनै निकायले आफनो सञ्चालक वा साझेदार अपांग भएको वा महिला भएको लगायतका अन्य कुनैपनि कारणले तिर्नुपर्ने करमा कुनै किसिमको सहुलियत समेत पाउदैन । यसैगरी कुनै प्राकृतिक व्यक्तिलाई जस्तो Progressive दरमा कर तिर्न पाउने सुविधा समेत निकायलाई उपलब्ध छैन । यस अवस्थामा माथि उल्लेखित निकायले तिर्नुपर्ने कर निम्न अनुसार हुन्छ:

विवरण एभरेष्ट सेल्स एभरेष्ट कुरीयर नेपाल गलैंचा
व्यवसायको करयोग्य आय रु. १५०,०००/- २७०,०००/- ५००,०००/-
घटाउन पाउने रकम - - -
करको गणना प्रयोजनका लागि करयोग्य आय रु. १५०,०००/- २७०,०००/- ५००,०००/-
करको गणना
निकायको करयोग्य आयमा २५ प्रतिशतले कर लाग्ने रु. ३७,५००/- ६७,५००/- १२५,०००/-

२३.४.२ सूर्तिजन्य र मदिराजन्य उद्योग, बैंक, वित्तीय संस्था, बीमा व्यवसाय र पेट्रोलियम कार्य गर्ने निकायलाई लाग्ने कर

सूर्तिजन्य र मदिराजन्य उद्योग सञ्चालन गर्ने निकाय, बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसायसञ्चालन गर्ने निकाय र पेट्रोलियम कार्य गर्ने निकायको कर गणना सम्बन्धमा ऐनको अनुसूची-१ को दफा २ को उपदफा (२) मा निम्न व्यवस्था छ :-

अ.१.२(२) कुनै आय वर्षमा कुनै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, कमोडिटी फ्यूचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय,चुरोट, बिँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पानमसला, मदिरा, वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ ।
स्पष्टीकरण : पेट्रोलियम कार्यको हकमा " करयोग्य आय” भन्नाले पेट्रोलियम सम्झौतामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम निर्धारण भएको करयोग्य आय सम्झनु पर्छ ।

कुनै निकायले कुनै आय वर्षमा सूर्तिजन्य पदार्थ वा वस्तु अर्थात चुरोट, सिगार, बिँडी लगायतका धुम्रपान प्रयोजनका कुनै वस्तु वा खानेसूर्ति, तयारी वा अर्ध तयारी खैनी, गुट्खा तथा पानमसला उत्पादन वा बिक्रीवितरण गर्ने, मदिरा अर्थात स्प्रिटमा आधारित वा स्प्रिटबाट बन्ने पेय पदार्थको उत्पादन वा वितरण गर्ने, बैंक, वित्तीय संस्था र सामान्य बीमा व्यवसायसञ्चालन गर्ने, दूर सञ्चार र इन्टरनेट सेवा प्रदान गर्ने, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) सम्बन्धी कार्य, पुँजी बजारको व्यवसाय गर्ने व्यक्ति, कमोडिटी फ्युचर मार्केट सञ्चालन गर्ने व्यक्ति, धितोपत्र र कमोडिटी दलाल व्यवसाय गर्ने व्यक्ति, र पेट्रोलियम कार्य अर्थात पेट्रोलियम पदार्थको बिक्री वितरण, उत्खनन् वा उत्पादन गर्ने कार्य गरी प्राप्त गरेको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्दछ ।

२३.४.३ सहकारीको आयमा लाग्ने कर

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा अनुसूची -१ को दफा २ को उपदफा (३) बमोजिम निम्नानुसार कर लाग्ने व्यवस्था गरेको छ ।

अ.१.२(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछ:
(क) नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा पाँच प्रतिशत,
(ख) उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सात प्रतिशत,
(ग) महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा दश प्रतिशत ।
अ.१.२(३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ:

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ को उपदफा (२) मा वर्गीकरण गरिएका उल्लिखित उत्पादनमूलक उद्योग लगायत अन्य बर्गका उद्योगको सूची यसै निर्देशिकाको अनुसूचीमा समावेश गएिको छ ।

२३.४.४ निकासीको आयमा लाग्ने कर

नेपालको स्रोतबाट निकासी गरी आय आर्जन गर्ने निकायको कर गणना सम्बन्धमा ऐनको दफा ११को उपदफा (३ङ) (ख) बमोजिम नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको निकायको आयमा देहाय बमोजिम कर लाग्दछ ।

दफा ११(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछ:
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,
(ग) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) बा (ख) बमोजिम छुट पछि कायम हुने करमा थप पैतिस प्रतिशत ।

२३.४.५ मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा लाग्ने कर

मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा लाग्ने कर गणनाको सम्बन्धमा ऐनको अनुसूची-१ को दफा २ को उपदफा (५) मा निम्न व्यवस्था रहेकोछ:

अ.१.२(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा सो सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा त्यस्तो ट्रष्टलाई बासिन्दा प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्ने छ ।

ट्रष्ट एक निकाय भएतापनि उपदफा (५) मा उल्लेख भएको ट्रष्टको उद्देश्य प्राकृतिक व्यक्ति (मृत वा अशक्त बासिन्दा प्राकृतिक व्यक्ति) को सम्पत्ति रेखदेख गर्ने भएकोले त्यस्तो ट्रष्टको आयमा प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर लाग्ने व्यवस्था रहेको छ । यस्तो ट्रष्टलाई एकल व्यक्ति मानी दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्दछ । आ.व.२०७६।७७ मा त्यस्तो व्यक्तिलाई निम्नानुसार कर लाग्नेछ:

व्यवसाय तथा लगानीको करयोग्य आयमा (दफा १ को उपदफा (१)

करयोग्य आय करको दर
रु.४,००,०००।-सम्म करयोग्य आय हुनेल कर नलाग्ने (प्राकृतिक व्यक्ति)
रु.४,००,०००/- भन्दा बढी तर रु.५,००,०००।- ननाघ्ने करयोग्य आय हुनेले रु.१,००,०००/- सम्मको रकममा १०% का दरले
रु.५,००,०००/- भन्दा बढी रु.७,००,०००/- ननाघ्ने करयोग्य आय हुनेले रु.२,००,०००/- सम्मको रकममा २०% का दरले
रु.७,००,०००/- भन्दा बढी रु.२०,००,०००/- ननाघ्ने करयोग्य आय हुनेले रु.१३,००,०००।- सम्मको रकममा ३०% का दरले
रु.२०,००,०००/- भन्दा बढी करयोग्य आय हुनेले रु.२०,००,००० भन्दा बढी रकममा ३६% का दरले

गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभमा दफा १ को उपदफा (४)

रु.४,००,०००।- सम्म (खुद लाभ) करयोग्य आय हुनेले कर नलाग्ने (प्राकृतिक व्यक्ति)
रु.४,००,००० भन्दा बढी (खुद लाभ) करयोग्य आय हुनेले एकल व्यक्तिले: रु.४,००,००० भन्दा बढी रकममा १०% का दरले
तर, निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्ष भित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमापाँच प्रतिशको दरले कर लाग्नेछ

२३.४.६ विदेशी स्थायी संस्थापनले बुझाउनुपर्ने करको गणना

कुनै आय वर्षमा गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनको हैसियतले कुनै आय विदेश पठाउने व्यक्ति अर्थात ऐनको दफा ३ को खण्ड (ख) बमोजिमको व्यक्तिले बुझाउनुपर्ने कर गणना विधिका सम्बन्धमा दफा ४ को उपदफा (५) र अनुसूची-१ को दफा २ को उपदफा (६) मा देहायको व्यवस्था छ:

अ.१.२(६) कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

२३.४.७ जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा लाग्ने कर

नेपालमा स्रोत भएको जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा लाग्ने करका सम्बन्धमा ऐनको अनुसूची-१ को दफा २ को उपदफा (७) मा निम्न व्यवस्था रहेकोछ :-

अ.१.२(७) कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ । तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा दुई प्रतिशतका दरले कर लाग्नेछ ।

ऐनको दफा ७० मा नेपालमा जलयात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने करका सम्बन्धमा निम्नानुसारको अवस्था उल्लेख भएकोछ:

७०(१) जल यात्रा सञ्चालन, चार्टर सेवा सञ्चालन वा हवाई यातायात सञ्चालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससिपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरुबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ:
(क) नेपालबाट प्रस्थान हुने यात्रुहरुको ओसारपसार, वा
(ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसारपसार ।
७०(२) तार, रेडियो, अप्टिकल फाइबर वा भू-उपग्रह सञ्चारको व्यवसाय सञ्चालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खवर वा सूचनाको सम्प्रेषणबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ ।
७०(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरुमा अनुसूची-१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ । तर,
(क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नुपर्ने कर गणना गर्दा ती रकमहरुलाई गणना गर्नुपर्ने छैन,
(ख) ती रकमहरुको गणनासँग सम्बन्धित खर्चहरु सो बाँकी करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र
(ग) ती रकमहरुका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नुपर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “गैर बासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरुको समूहभित्र रहेको बासिन्दा निकाय सम्झनु पर्छ ।

उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २३.४.२

मानौं, ग्लोब एयरलाइन्स डेनमार्कमा दर्ता भएको वायुसेवा सञ्चालन गर्ने कम्पनी रहेछ । उक्त कम्पनीले नेपालमा सम्पर्क कार्यालय खोली नेपालमा समेत वायुसेवा सञ्चालन गर्ने गरेको रहेछ । आ.व. २०७६/७७ सो कम्पनीले नेपालमा निम्नानुसारको टिकट बिक्री गरेको रहेछ:
(१) नेपालबाट प्रस्थान हुने यात्रुलाई बिक्री गरेको टिकट बापत रु ५० करोड ।
(२) अन्य देशबाट प्रस्थान हुने तर नेपालमा बिक्री भएको टिकट बापत रु.१० करोड ।

ऐनको दफा ७० को स्पष्टीकरणमा उल्लेख भए बमोजिम नेपालमा सम्पर्क कार्यालय भएतापनि माथि उदाहरणमा उल्लिखित आयको लागि ग्लोब एयरलाइन्सलाई गैर बासिन्दा मानिन्छ । यस अवस्थामा उक्त कम्पनीको कूल आयलाई नै करयोग्य आय मानिन्छ । यसरी नेपालबाट प्रस्थान हुने यात्रुलाई टिकट बिक्री गरी प्राप्त आय रु.५० करोड तथा अन्य देशबाट प्रस्थान हुने तर नेपालमा बिक्री भएको टिकट बापत प्राप्त आय रु.१० करोड नै सो कम्पनीको लागि यस दफाको प्रयोजनकोलागि करयोग्य आय | मानिन्छ र क्रमशः ५ प्रतिशत तथा २ प्रतिशतका दरले सो आयमा कर भुक्तान गर्नुपर्ने हुन्छ ।

यस सिलसिलामा उक्त कम्पनीको त्यस्तो आय र सोसँग सम्बन्धित खर्च आयकर प्रयोजनको निमित्त खर्च मानिदैन ।

उदाहरण २३.४.३

मानौं, ग्लोब टेलिकम्यूनिकेसन लि. सिंगापुरको बासिन्दा कम्पनी रहेछ । उक्त कम्पनीले दुर सञ्चार एवम् सूचना आदान प्रदान गर्ने र Data Store गर्ने उद्देश्यले नेपालमा Communication Hubस्थापना गरेको रहेछ तर आफ्नो कुनै कार्यालय स्थापना गरेको रहेनछ । उक्त प्रणालीमार्फत अमेरिका तथा यूरोपका कम्पनीले आफ्नो Data Store गर्ने र सूचना आदानप्रदान गर्ने कार्य गर्ने गरेका रहेछन् । सिंगापुरको उक्त कम्पनीलाई सो बापत दश लाख अमेरिकी डलर प्राप्त भएको रहेछ । ऐनको दफा ७० को उपदफा (२) बमोजिम नेपालमा स्थापित संयन्त्रबाट प्राप्त गरिएको उक्त रकमको स्रोत नेपाल भएको र उक्त आय नै करयोग्य आय मानिन्छ । सोही बमोजिम ऐनको अनुसूची-१ को दफा २ को उपदफा (७) बमोजिम ५ प्रतिशतका दरले सो आयमा कर | भुक्तान गर्नुपर्ने हुन्छ । यस सिलसिलामा उक्त कम्पनीको त्यस्तो आय र सोसँग सम्बन्धित खर्च आयकर प्रयोजनको निमित्त खर्च मानिदैन ।

२३.४.८ निकायको लागि लागू हुने कर तालिका

आयकर ऐन, २०५८ को दफा ११ बमोजिम व्यवसायको आयमा छुट (Concession) समेतका कारण आ.व. २०७७/७८ मा निकायको लागि लागू हुने करको दरका सम्बन्धमा ऐनका व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छ:

निकायको लागि लागु हुने करको दर

सि.नं. अनुसूची/दफा व्यवसाय/निकायको विवरण/आयको अवस्था करको दर
अनुसूची- १ दफा २ (१) सामान्य व्यवसाय गर्ने निकाय २५ प्रतिशत
अनुसूची-१ दफा २ (२) बैक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूरसञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण ( मनिट्रान्सफर), पुँजीबजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय
अनुसूची- १ दफा २(३) सहकारीऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेः - नगरपालिका क्षेत्र भित्र सञ्चालन भएकोमा - उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा - महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा ५ प्रतिशत ७ प्रतिशत १० प्रतिशत
अनुसूची-१ दफा २(३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत
अनुसूची- १ दफा २(६) कुनै आयवर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपाल स्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशत
अनुसूची-१ दफा २(७) कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा
तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्तिको हकमा
५ प्रतिशत
२ प्रतिशत

आयकर ऐन, २०५८ को दफा ११ बमोजिम व्यवसायको छुट तथा सुविधाहरु (Concession) सम्बन्धी व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छः

दफा व्यवसाय / निकायको विवरण / आयको अवस्था छुट तथा सुविधा
दफा ११(१) कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रूपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा कर नलाग्ने
दफा ११(१) तर कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा
दफा ११(२) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावरमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भणडारका लागि स्थापित शीत भण्डार, कृषि सम्बन्धी बीउ बिजन, पशु आहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्ने बाहेक) को कारोबार गर्ने सहकारी संस्था तथा गाउँपालिका क्षेत्रमा सञ्चालित सहकारी संस्था वा संघको आयमा तथा यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर नलाग्ने
दफा ११(२क) गाउँपालिकाको क्षेत्रमा सञ्चालित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैंड, र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयाँसम्मको ब्याज आयमा कर नलाग्ने
दफा ११ (२ख) वर्षभरि पूर्णरूपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छुट हुने -
- बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एक तिहाईले छुट
- निकायको आयमा लाग्ने करमा बीस प्रतिशतले छुट
दफा ११(३)(क) - -
- एक सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको ९० प्रतिशत
- तीन सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको ८० प्रतिशत
- पाँच सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको ७५ प्रतिशत
- एक हजार वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको ७० प्रतिशत
- तर महिला, दलित वा अपाङ्गहरुमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरीकलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने रकममा थप दश प्रतिशत छुट हुने तिर्नुपर्ने रकममा थप १० प्रतिशत छुट
दफा ११(३)(ख) क. अति अविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म आयमा लाग्ने करको १० प्रतिशत कर लाग्ने
- ख. अविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म आयमा लाग्ने करको २० प्रतिशत कर लाग्ने
- ग. कमविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म आयमा लाग्ने करको ३० प्रतिशत कर लाग्ने
- तर कर्णाली प्रदेशमा स्थापित सय भन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने बिशेष उद्योगलाई कारोबार शुरु गरेको मितिले पन्ध्र वर्षसम्म आयकर छुट हुनेछ । १५ वर्ष कर छुट हुने
दफा ११(३)(ग) एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट कर नलाग्ने
- त्यसपछिको तीन वर्षसम्म लाग्ने करको ५० प्रतिशत छुट
- तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब रुपैयाँ पुँजी पु-याई तीन सय भन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट कर नलाग्ने
- त्यसपछिको तीन वर्षसम्म लाग्ने करको ५० प्रतिशत छुट
दफा ११(३क)(क) हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लाका विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई -
- कारोबार सुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट कर नलाग्ने
- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको ५० प्रतिशत छुट
दफा ११(३क)(ख) अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई -
- कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शतप्रतिशत छुट कर नलाग्ने
- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको ५० प्रतिशत छुट
दफा ११(३क)(ग) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा -
- कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाभांश वितरणमा लाग्ने करको शतप्रतिशत छुट कर नलाग्ने
- त्यसपछिको तीन वर्षसम्म लाभांश वितरणमा लाग्ने करको ५० प्रतिशत छुट
दफा ११(३क)(घ) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको ५० प्रतिशत छुट
दफा ११(३ख) खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०८० साल चैत्र महिनासम्म व्यापारिक रूपमा कारोबार सञ्चालन गरेमा कारोबार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म कर नलाग्ने
- त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत छुट
दफा ११(३ग) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी ( जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (बायोटेक) सम्बन्धी पार्क सञ्चालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्पापिङ सम्बन्धी उद्योगको आयमा लाग्ने करको ५० प्रतिशत छुट
दफा ११(३घ) संवत् २०८२ साल चैत महिनासम्म जलविद्युत, सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्तिले व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो दश वर्षसम्म कर नलाग्ने
- त्यसपछिको पाँच वर्षसम्म ५० प्रतिशत छुट
- तर संवत् २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका दुईसय मेगावाट भन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत्त आयोजनाको हकमा पहिलो पन्ध्र वर्षसम्म कर नलाग्ने
- त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत छुट
दफा ११(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा -
- बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा २५ प्रतिशत छुट
- बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा ५० प्रतिशत छुट
- निकायको आयमा लाग्ने करमा २० प्रतिशत छुट
- प्राकृतिक व्यक्तिको उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(क) बमोजिमको छुट पछि कायम हुने करमा थप ३५ प्रतिशत छुट
दफा ११(३च)(क) कुनै निकायले ट्राम वा ट्रली बस सञ्चालन गरेमा व्यापारिक कारोबार सञ्चालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा ४० प्रतिशत छुट
दफा ११(३च)(ख) कुनै निकायले रोपवे, केवलकार, आकासे पुल निर्माण गरी सञ्चालन गरेमा व्यापारिक कारोबार सञ्चालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा ४० प्रतिशत छुट
दफा ११(३)(ग) कुनै निकायले सडक, पुल, सुरुङ्ग मार्ग, टनेल, रेल्वे, विमानस्थल निर्माण गरी सञ्चालन गरेमा व्यापारिक कारोबार सञ्चालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा ५० प्रतिशत छुट
दफा ११(३छ) धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा १५ प्रतिशत छुट
दफा ११(३ज) अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवम् वाइन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले दश वर्षसम्म ४० प्रतिशत छुट
- अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी साइडर एवम् वाइन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले दश वर्षसम्म २५ प्रतिशत छुट
दफा ११(३झ) कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात बापत प्राप्त रोयल्टी आयमा लाग्ने आयकरको दरमा २५ प्रतिशत छुट
दफा ११(३ञ) कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा ५० प्रतिशत छुट
दफा ११(३८)(क) एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई -
- कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म कर नलाग्ने
- त्यसपछिको ३ वर्षसम्म लाग्ने आयकरको दरमा ५० प्रतिशत छुट
दफा ११(३८)(ख) तीन अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई -
- कारोबार सुरु गरेको मितिले १० वर्षसम्म कर नलाग्ने
- त्यसपछिको ५ वर्षसम्म लाग्ने आयकरको दरमा ५० प्रतिशत
दफा ११(३ट)(ग) पाँच अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई -
- कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म कर नलाग्ने
दफा ११(३ठ) विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा शत प्रतिशत छुट
दफा ११(३ड) पचास करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्राइभेट कम्पनीको रूपमा सञ्चालनमा रहेको कुनै कम्पनी हुने गरी पब्लिक कम्पनीको रूपमा परिणत भई कारोबार सञ्चालन गरेमा त्यसरी पब्लिक कम्पनीको रुपमा परिणत भएको मितिदेखि तीन वर्षसम्म लाग्ने करमा तर कम्पनी ऐन २०६३ को दफा १२ बमोजिम पब्लिक कम्पनीको रुपमा संस्थापन हुनुपर्ने कम्पनीले यस उपदफा बमोजिमको सुविधा पाउने छैन । दश प्रतिशत छुट
दफा ११(३८) स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोबार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा ५० प्रतिशत छुट
दफा ११(३८) सामुदायिक संस्थाबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाको करयोग्य आयमा लाग्ने करमा २० प्रतिशत छुट
दफा ११(३) लघु उद्यमलाई व्यवसाय वा कारोबार सुरु गरेको मितिले ७ वर्षसम्म लाग्ने आयकर पूर्ण रूपमा छुट हुने आयकर नलाग्ने
- यस्तो लघु उद्यम महिला उद्यमीबाट सञ्चालन भएमा थप तीन वर्ष लाग्ने आयकर पूर्ण रूपमा छुट हुने आयकर नलाग्ने
दफा ११(३थ) कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरू र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा २० प्रतिशत छुट
दफा ११(३द) औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना वा स्थानान्तरण भई सञ्चालनमा रहेको विशेष उद्योगलाई उत्पादन शुरू भएको मितिले तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत छुट
- त्यसपछिको पाँच वर्षसम्म लाग्ने करमा २५ प्रतिशत छुट
दफा ११(३६) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बीस प्रतिशत छुट
दफा ११(३न) नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोडसम्म कारोबार गर्ने विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शत प्रतिशत छुट
दफा ११(३५) काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएमा त्यसरी स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शत प्रतिशत छुट
- त्यसपछिको दुई वर्षसम्म लाग्ने करमा पचास प्रतिशत छुट
दफा ११(३फ) वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत छुट
- त्यस पछिको दुई वर्ष लाग्ने करको २५ प्रतिशत छुट
दफा ११(३ब) स्वास्थ्य खोप अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरू भएको मितिले तीन वर्षसम्म कर नलाग्ने
- त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट
दफा ११(४) कुनै व्यक्तिले दफा ११ बमोजिम बेग्लाबेग्लै कर छुट सुविधा पाउने कारोबार गरेको रहेछ भने त्यस्तो सुविधा लिन आयको गणना गर्दा छुट्टाछुट्टै व्यक्तिले सो आय प्राप्त गरेको सरह मानी आय गणना गर्नु पर्नेछ । -
दफा ११(५) एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ । -
दफा ११क पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गर्नको लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौता भएमा त्यस्तो सम्झौता गर्दाको बखत कायम रहेको ऐनले व्यवस्था गरेको करका सुविधाहरु त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौता अवधिभर उपभोग गर्न पाउनेछ । -

** आर्थिक ऐन, २०७१ ले ऐनको दफा ८८(४) को खण्ड (च) हटाउनु अगाडि ग्रामीण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैंक र ऐनको दफा ११ को उपदफा (२) बमोजिम सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयाँसम्मको ब्याज भुक्तानीमा स्रोतमा कर कट्टी गर्नु नपरे पनि आय भने कर मुक्त नरहेको ।