Section 95Ka of ITA: all about it

Section 95Ka is yet another highly debated and discussed taxing provision in Nepal. In most cases it application is together with the application of Section 57 of the Income Tax Act, 2058 of Nepal. 
Visit my other blogs with discussions on the matter of Section 57 and Capital Gain Taxes in Nepal: 
1, Section 57: Taxing Rule or Anti-Abuse Rule?
2. Issues that arises when applying Section 57
3. What the bug is Section 57?
4. Harvesting of Tax Attributes: but mostly tax losses
5. Transfer of tax base between associates
6. Principles underpinning the Ncell Case
7. Capital Gains Tax in Nepal

Do visit my blog on Capital Gains Tax in Nepal to view the discussion on the history of capital gains taxes in Nepal. In this post, we will try to discuss the meaning and application of Section 95Ka of the Income Tax Act, 2058. 

The Bare Text from the Law

दफा ९५क(२): प्रचलित कानून बमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको कारोबार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको नि:सर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ: 
(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीनसय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीनसय पैंसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले, 
(ख) नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको पन्ध्र प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले 

Section 95Ka(2): If any person other than a resident entity doing transaction on sale and purchase of securities being registered under the prevailing law derives benefits from the disposal of interest in any resident entity, advance tax shall be collected on such benefit computed pursuant to Section 37, as follows:
(a) In the case of benefit acquired from the disposal of interest of an entity enlisted in the Securities Board of Nepal, at the rate of five percent of the profit for securities held more than 365 days and at the rate of seven point five precent of the profit for securities held less than 365 days for a resident individual, ten percent of the profit for a resident entity and twenty-five percent of the profit for others, by the entity working for securities exchange market,
(b) In the case of benefit acquired from the disposal of interest of an entity not listed in the Securities Board of Nepal, at the rate of ten percent of the profit for a resident individual, fifteen percent of the profit for a resident entity and twenty-five percent of the profit for others, by the entity whose interest has been disposed. 

Dissecting Section 95Ka

Reading the text of 95Ka(2) we can derive the followings regarding the capital gain tax under Section 95Ka(2): 
1. It applies to the person who disposes their interest in resident entity, and
2. It applies on the gains derived under Section 37, and
3. The advance tax under Section 95Ka(2) is required to be withheld by (i) the resident unlisted entity whose interest is being disposed of, or (ii) the broker facilitating the transaction in case of listed entity

Let's Prove It: Section 95Ka applies in the direct disposal of interest in resident entity, irrespective of the underlying ownership

Proof One: Section 95Ka, word by word from Income Tax Directive

“कुनै व्यक्तिलाई”-“कुनै बासिन्दा निकायमा रहेको”-“हितको नि:सर्गबाट”-“लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा”-“देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:”-“नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको”-“हितको निःसर्गबाट प्राप्त लाभको हकमा”-“जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले”-“बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशतका दरले”
The following interpretations/examples has been provided in the Income Tax Directive Directive, 2073: 

उदाहरण २४.१५.२: मानौं, अनिलसँग Nepal Stock Exchange Ltd. मा सूचीकृत Standard Chartered Bank Nepal Ltd. को रु.१००/- दर अंकित ५०० थान साधारण शेयर रहेछ । उक्त शेयर बिक्री गर्न स्टक ब्रोकर (शेयर दलाल) लाई अनुरोध गरेका रहेछन् । उक्त शेयर निज अनिलले प्रति शेयर १,०००/- मा खरिद गरेका रहेछन् । शेयर खरिद गर्दा रु.४,०००/- ब्रोकर कमिशन समेत अनिलले तिरेका रहेछन् । शेयर दलालले उक्त शेयर प्रति शेयर रु.७,०००/- मा बिक्री गरी दिएको रहेछ । शेयर बिक्री गर्दा ब्रोकरलाई कमिशन बापत रु.१७,५००/- तिरेका रहेछन् । यस अवस्थामा निजको लाभ निम्नानुसार गणना गरी अग्रिम कर असुल गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ । उक्त शेयर बिक्रीमा लाभको गणना निम्नानुसार हुनेछ :
१. बिक्री मूल्य : ५०० x रु ७,००० = रु.३५,००,०००/
२. लागत (outgoings) :
शेयर मूल्य ५०० x रु.१,००० = रु.५,००,०००/
शेयर दलाल कमिशन खरिदमा = रु.४,०००/
शेयर दलाल कमिशन बिक्रीमा = रु.१७,५००/
कुल लागत (outgoings) = रु.५,२१,५००/
शेयर बिक्री बापत लाभ (१ -२) = रु.२९,७८,५००/
शेयर बिक्री बापत Nepal Stock Exchange Ltd. ले सम्बन्धित दलाल मार्फत ५ प्रतिशतका दरले हुने रु.१,४८,९२५- अग्रिम कर असुल गरी बाँकी रकम रु.३३,३३,५७५।- निज अनिललाई निम्नानुसार भुक्तानी दिनु पर्दछ । 

उदाहरण २४.१५.३: मानौं, नेपाल बैंक लि. ले नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएकोपूर्वाञ्चल ग्रामीण विकास बैंकमा रहेको शेयर शिनास कम्पनीलाई रु.११४।- का दरले २,००,०००।- कित्ता बिक्री गरेको रहेछ । उक्त शेयरको लागत मूल्य रु.१००/- रहेछ । यस अवस्थामा नेपाल बैंक लिमिटेडबाट शेयर नामसारी गर्ने निकायले अग्रिम कर निम्नानुसार असुल गर्नु पर्दछ ।
(१) बिक्री मूल्य : ११४ x २,००,०००/- = रु.२,२८,००,०००/-
(२) लागत मूल्य १०० × २,००,७००/- = रु.२,००,००,०००/
लाभ (१-२) : रु.२८,००,०००/-
यसरी दफा ३७ अनुसार गणना गरिएको लाभ रकम रु.२८,००,०००/- मा १५ प्रतिशतका दरले अग्रिम कर असुल गरिनु पर्दछ । यसरी लाभमा कर कट्टा गर्नुपर्ने दायित्व पूर्वाञ्चल ग्रामीण विकास बैंकको हुनेछ । तर, यदि उक्त शेयर उक्त निकायको हिताधिकारी बासिन्दा प्राकृतिक व्यक्तिले बिक्री गरेको भए लाभ रकममा १० प्रतिशतका दरले र गैर बासिन्दा व्यक्तिले बिक्री गरेको भए २५ प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्दछ ।

The examples provided by the Income Tax Directive also envisions that Section 95Ka only applies in the case of direct disposal of the interest by a person in an entity resident in Nepal. 

Proof Two: Meaning of "interest in an entity"

Under Income Tax Directive, 2073
दफा २(म): “निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पुँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ । निकायमा रहेको हित (Interest on Entity) भन्नाले साझेदारी फर्मको हकमा सो फर्मको मुनाफा लगायत सो फर्मको सम्पत्तिमा साझेदारको अधिकारलाई जनाउँछ । कम्पनीका हकमा शेयरहोल्डरले उक्त कम्पनीमा गरेको लगानीको प्रतिफल लगायत उक्त कम्पनी खारेजी (Liquidation) हुँदाको अवस्थामा प्राप्त गर्ने नियमित वा थप रकम प्राप्त गर्न सक्ने सांयोगिक अधिकार (Contingent Right) लाई जनाउँछ । अवकाश कोषमा सो कोषमा लगानीकर्ता (हिताधिकारी) ले लगानी गरे बापत लगानी गरिएको रकम तथा सोको प्रतिफललाई जनाउँछ । त्यसैगरी ट्रष्टमा हिताधिकारीको हित रहन्छ भने विदेशी स्थायी संस्थापनमा सो संस्थापनको मालिकको हित रहेको हुन्छ । निकायमा रहेको हित (Interest on Entity) भन्नाले साझेदारी फर्मको हकमा सो फर्मको मुनाफा लगायत सो फर्मको सम्पत्तिमा साझेदारको अधिकारलाई जनाउँछ । सो वाक्यांशले सीमित दायित्व भएको कम्पनीमा शेयरहोल्डरले उक्त कम्पनीमा गरेको लगानीको प्रतिफल लगायत उक्त कम्पनी खारेजी (Liquidation) हुँदाको अवस्थामा हुने अधिकार (Contingent Right) लाई जनाउँछ भने अवकाश कोषमा लगानीकर्ता (हिताधिकारी) ले लगानी गरे बापत लगानी गरिएको रकम तथा सोको प्रतिफललाई समेत जनाउँछ । निकायमा रहेको हित भन्नाले विशेष गरी पुँजी र आयमा सहभागी हुने अधिकारलाई जनाउँदछ । साझेदारी फर्ममा सो फर्मका साझेदारको हित रहेको हुन्छ । एवम् प्रकारले कम्पनीमा सो कम्पनीका अंशियार (Shareholders) को हित रहेको हुन्छ भने ट्रष्टमा त्यसका हिताधिकारी (Beneficiary) को हित रहेको हुन्छ । साझेदारी फर्ममा साझेदारको हित रहेको हुन्छ भन्नाले साझेदारले उक्त साझेदारी फर्ममा आफ्नो पुँजी बापत केही रकम वा जिन्सी, पुँजीको रूपमा लगानी गरेका हुन्छन् भने साझेदारी फर्मले गर्ने आय आर्जनको भागेदार (Share) निज साझेदार नै भएको हुँदा निजको उक्त फर्ममा हित रहेको मानिन्छ । यसैगरी कम्पनीमा अंशियारले आफ्नो शेयर लगानीको रूपमा पुँजी लगानी गरेका हुन्छन् । उक्त कम्पनीले गर्ने आय आर्जन मार्फत लाभांशको रूपमा प्राप्त गर्ने अधिकार र संस्था बिघटन हुँदाका अवस्थामा गरिने वितरणमा समेत निजको अधिकार रहने हुँदा अंशियारको उक्त कम्पनीमा हित रहेको मानिन्छ । संयुक्त उद्यममा संलग्न प्रत्येक सदस्यको लगानी वा सो काम गर्नका लागि पेश गरिएको परस्परको सम्झौता अनुसारको अनुपातमा सो संयुक्त उद्यममा हित रहेको मानिन्छ । माथिका अवस्था तलको उदाहरणमा खुलाइएको छः 
उदाहरण १३.२.१ः मानौं, कस्मिक व्यापार प्रा.लि. नामको एक कम्पनीमा ६० प्रतिशत शेयर दिनेशमान भन्ने व्यक्तिको रहेछ र बाँकी ४० प्रतिशत शेयर रमेश मल्ल भन्ने व्यक्तिको रहेछ भने र सो कम्पनीमा सोही अनुपातमा दिनेशमान तथा रमेश मल्लको हित (Interest) रहेको मानिन्छ ।
उदाहरण १३.२.२ः मानौं, धोबी खोलामा बन्न लागेको पुल निर्माणको ठेक्का लिन दिवस कम्पनी लि.र दिनेस कम्पनी लि.ले ६०:४० को संयुक्त स्वामित्व रहेको संयुक्त उद्यम हुने गरी सडक विभागको बोलपत्र पेश गरेका रहेछन् । दिवस दिनेस संयुक्त उद्यममा सोही अनुपातमा ती कम्पनीको हित (Interest) रहेको मानिन्छ ।

The explanation provided for “interest in an entity” under Income Tax Directive, 2073 doesn’t specifically state that the meaning of “interest in an entity” could extend to include “indirect” interest in an entity. This view is also supported by the commentary provided in the Income Tax Act of The Commonwealth of Symmetrica which in para 191, in context of explaining the meaning of underlying ownership, states that: 
The underlying ownership of an asset owned by an entity or underlying obligation of a liability owed by an entity is determined by reference to the holding of interests in the entity. That holding is determined by looking through entities that hold interests in other entities until an individual or an entity in which no person has an interest is identified. 

So, although not very explicit, possibly, we can conclude that the meaning of “interest in an entity” just only means the direct interest in an entity but not the ultimate beneficial interest by the reason of underlying ownership. If we can conclude, we can also draw that, the meaning of “disposal of interest in an entity” just only means disposal of “direct” interest in an entity and that there is no need to test whether or not the beneficial ownership has changed or not for the application of Section 95Ka.  

Proof Three: Interpretation provided in Ncell Case

Axiata Investments (UK) Limited and Ncell Private Limited v. Federal Democratic Republic of Nepal (ICSID Case No. ARB/19/15) is still pending: Link here. Any discussion on infamous Ncell Case is not enough. The discussion on the decisions made will follow in the points below. Two decisions were made in the Ncell Tax Issue. Follow the links to Nepal Kanun Patrika: 
Decision One: Dwarikanath Dhungel v. Large Taxpayer’s Office 6-Feb-19
Decision Two: Ncell Pvt. Ltd. v. Large Taxpayer’s Office 26-Aug-19

One plain question is: If Section 95Ka intends to look into the beneficial ownership test for applying the capital gains taxes, then why wasn’t Telia Sonera (a foreign entity) taxed for the shares it disposed, why was there even a need to tax Ncell (a resident entity) under Section 57? 

यति हुँदाहुँदै पनि विभिन्न मुलुकहरूको व्यवहार हेर्दा करको विषय हालसम्म पनि राष्ट्रिय कानूनद्वारा र सन्धिद्वारा निश्चित र व्यवस्थित गरिँदै आएको छ । करको दायित्वबाट उम्कने, नाफा सार्ने प्रवृत्ति रोक्नको लागि विश्वस्तरमा हालसम्म कुनै महासन्धि भएको अवस्था छैन । तसर्थ करसम्बन्धी दायित्व निर्धारण गर्दा मूलतः राष्ट्रिय कानूनले के भन्छ र मुलुकले यस सम्बन्धमा गरेको दोहोरो करसम्बन्धी सन्धिले यसलाई नियन्त्रित र व्यवस्थित गर्छ वा गर्दैन भन्ने हेरी निर्णय निष्कर्षमा पुगिने गरिएको पाइन्छ । राष्ट्रिय कानूनकै भरमा तहगत संरचना र माध्यम वा मध्यस्थ कम्पनी खडा गरी सेयरको खरिद बिक्रीमार्फत बासिन्दा कम्पनीको निहित स्वामित्व (Underlined Ownership) परिवर्तनको विषयलाई सम्बोधन गर्न खोज्दा पृथक-पृथक निष्कर्षमा विभिन्न मुलुकका अदालतहरू पुगेका छन् । यी निर्णयहरूको आ-आफ्नै परिवेश र कानूनी आधार छन् तर जहाँसम्म कर लाग्ने वा नलाग्ने भन्ने विषय छ यसको मूल आधार राष्ट्रिय कानून नै हो । राष्ट्रिय कानूनले पुँजीगत लाभकर लाग्छ भनेमा कर लाग्ने हो र लाग्दैन भनेमा नलाग्ने हो । यसबारे द्विविधा रहनुपर्ने कुनै कारण छैन ।

निवेदक र विपक्षीहरू तर्फबाट उठाइएका यी जिकिरहरू आ-आफ्नो ठाउँमा ठीकै छन् । त्यसमा विमति राख्नुपर्ने कुनै सैद्धान्तिक आधार र कारण पनि छैन । नेपालको संविधानको धारा ११५ को उपधारा (१) मा कानूनबमोजिम बाहेक कुनै कर लगाइने र उठाइने छैन भन्ने व्यवस्था रहेको छ । यो व्यवस्था विधिको शासन र खुला अर्थतन्त्रको आधार हो । यही व्यवस्थाको अक्षरशः पालना हुँदा संविधानको धारा २५ को उपधारा (१) द्वारा प्रत्याभूत सम्पत्ति आर्जन गर्ने, भोग गर्ने बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने, सम्पत्तिको अन्य कारोबार गर्ने हकको निर्वाध उपयोग र प्रचलन हुन सक्छ । तसर्थ कानूनबमोजिम बाहेक कर लगाउन पाइने छैन भन्ने कुरामा विवाद गर्नु आवश्यक छैन । 

आयकर ऐन, २०५८ को दफा ५७ को माथि वर्णित उपदफा (१) मा “स्वामित्व परिवर्तन” भन्ने शब्द पनि प्रयोग भएको छ । ऐनमा “स्वामित्व” शब्दको परिभाषा गरिएको छैन तर स्वामित्व शब्दको सम्पत्तिसम्बन्धी कानून र विधिशास्त्रमा गरिएको परिभाषा हेर्दा यो शब्दले “कुनै व्यक्तिको कुनै वस्तुसँग रहेको सम्बन्ध” लाई जनाउँछ । यो सम्बन्ध प्रत्यक्ष वा निहित दुवै हुनसक्छ । आयकर ऐन, २०५८ को दफा २(र) मा “निहित स्वामित्व” को परिभाषा गरिएको छ । सो दफाको देहाय खण्ड (१) मा “कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा राखेको हितको आधारमा सिर्जित स्वामित्व” भनी र देहाय खण्ड (२) मा “कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरूको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व” समेतलाई निहित स्वामित्व भनी बुझ्नुपर्ने हुन्छ भनी “निहित स्वामित्व” को परिभाषा गरिएको छ । सो परिभाषाअनुसार एनसेलको सम्बन्धमा प्राकृतिक व्यक्तिको हित नरहेको निकाय अर्थात्‌ “टेलिया सोनेरा स्वीडेन” ले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा अर्थात्‌ तह तहका संरचनाको अन्तिम अर्थात्‌ पुछारको तहमा रहेको रेनोल्ड्ससमेतका “मध्यस्थ निकायहरूद्वारा राखेको हितको आधारमा सिर्जित स्वामित्व” लाई निहित स्वामित्व भन्नु पर्ने देखिन्छ । रेनोल्ड्सको एनसेलमा ८०% र सुनिभेरा क्यापिटल्सको २०% स्वामित्व रहेको हुँदा यी दुवै निकायको सेयर “स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व” लाई “निहित स्वामित्व” भनी बुझ्नु पर्ने हुन्छ । यसरी हेर्दा एनसेलमा रहेको टेलिया सोनेरा स्वीडेनको ८० प्रतिशत “निहित स्वामित्व” को निसर्ग भएको र यो निसर्गपश्चात् स्वामित्व परिवर्तनमार्फत कम्पनीको नियन्त्रणमा परिवर्तन भई टेलिया सोनेरा स्वीडेनको स्थानमा एक्जिएटा बर्हाड मलेसियाको (Dependent Directors) को रूपमा काम गर्न मनोनित प्रतिनिधि (Nominee, representative) प्रबन्ध सञ्चालकमार्फत एनसेलको सम्पत्तिमा नियन्त्रण र व्यावसायिक कारोबार सञ्चालन गरेको हुँदा दफा ५७(१) बमोजिम एनसेलले “आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्वको निसर्ग” गरेको मान्नुपर्ने हुन आयो । यसरी नेपालको बासिन्दा व्यक्ति एनसेलमा निहित सम्पत्तिको निसर्ग भएको हुँदा पुँजीगत लाभकरको प्रयोजनको लागि यस्तो कारोबारको मूल्याङ्कन हुने नै भयो । आयकर ऐन, २०५८ को दफा ३६ मा “सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त खुद लाभ” पुँजीगत लाभकरको सन्दर्भमा गणना हुने व्यवस्था रहेको छ भने दफा ३७ मा सम्पत्ति तथा दायित्वको लाभको निसर्गबाट प्राप्त हुने लाभको गणनाको आधार एवं प्रक्रिया तोकिएको छ । त्यसैगरी दफा ४० मा “सम्पत्ति वा दायित्वको निसर्ग” बारे व्यवस्था गर्दै उपदफा (३) मा सम्पत्ति वा दायित्वको निसर्ग हुने विभिन्न अवस्थाबारे उल्लेख गरिएको छ । सोही उपदफाको देहाय खण्ड (ङ) मा “कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरूमा” भन्ने शब्दावलीको प्रयोग भएबाट ऐनको दफा ५७ को उपदफा (१) को व्यवस्थाको सान्दर्भिक अर्थ गर्दा कुनै निकायको (अर्थात्‌ एनसेलको) विगत तीन वर्षअघिसम्मको तुलनामा (यहाँ २०६५ पछि सेयर संरचनामा कुनै परिवर्तन छैन) पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा (यहाँ ८० प्रतिशत स्वामित्व परिवर्तन भएको छ) सो निकायले अर्थात्‌ (एनसेलले) आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिने रहेछ भन्ने देखियो । विवादित सन्दर्भमा सेयर कारोबारमार्फत एनसेलको ८० प्रतिशत स्वामित्व परिवर्तन भई टेलिया सोनेरा स्वीडेनको स्थानमा एक्जिएटा बर्हाड मलेसियाले एनसेलको कारोबारको नियन्त्रण गरेको देखिँदा ऐनको दफा ५७ को उपदफा (१) मा उल्लिखित “कुनै निकायको” भन्नाले “एनसेलको” र “सो निकायले” भन्ने शब्दले “एनसेलले” भन्ने अर्थ गर्नुपर्ने हुन आयो । ऐनको दफा २(र) को प्रयोजनको लागि मध्यस्थ निकाय (Interposed entity) रेनोल्डस्‌मार्फत एनसेलमा रहेको निहित स्वामित्वको निसर्गबाट प्राप्त लाभको गणना दफा ३६, दफा ३७ र दफा ४०(३)(ङ) बमोजिम पुँजीगत लाभकरको लागि गर्न मिल्ने नै हुँदा कुनै व्यक्तिले दफा ४० को उपदफा ३ को (ङ) मा उल्लिखित तरिकाले अर्थात्‌ दफा ५७(१) बमोजिम नियन्त्रण परिवर्तनमार्फत सम्पत्ति वा दायित्व निसर्ग गरेमा सो व्यक्तिले सम्पत्ति वा दायित्वको निसर्ग गरेको मानिने अवस्था रहेको देखियो । 

प्रस्तुत विवादको सन्दर्भमा रेनोल्ड्सको सेयर टेलिया सोनेरा नर्वे नेपाल होल्डिङसको नाउँमा रही सो निकायले एक्जिएटा इन्भेष्टमेन्टलाई बिक्री गरेको र नेपाल र नर्वेबीचमा भएको दोहोरो करसम्बन्धी सम्झौताबमोजिम नेपालमा पुँजीगत लाभकर नलाग्ने जिकिर पनि विपक्षी एनसेल र रेनोल्ड्सको तर्फबाट लिइएको छ । प्रस्तुत विवादमा निहित स्वामित्वको निसर्ग भई ऐनको दफा ५७(१) को अवस्था विद्यमान रहेको हुँदा विपक्षीहरूको जिकिर स्वीकार गर्न सकिने अवस्था देखिँदैन । साथै टेलिया सोनेरा नर्वे नेपाल होल्डिङ्स आफैँ पनि मध्यस्थ कम्पनी भई यसको १०० प्रतिशत सेयर नेदरलेण्डमा स्थापित टेलिया सोनेरा एसिया होल्डिङ्स वि.भि. को रहेको देखिन्छ । वास्तविक कारोबार नगरी फगत सन्धिको सुविधा लिने (Treaty shopping) कार्यलाई निरूत्साहित गर्ने उद्देश्यबाट समेत आयकर ऐन, २०५८ को दफा ७३ उपदफा (५) ले कर छुट नपाउने व्यवस्था गर्दै सो उपदफाको देहाय खण्ड (ख) मा भएको व्यवस्थाअनुसार कुनै निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा अन्य कुनै निकायद्वारा ग्रहण गरिएको र त्यस्तो व्यक्ति वा निकाय सम्झौताको अर्को पक्ष वा नेपालको पनि बासिन्दा नभएको अवस्थामा अन्तर्राष्ट्रिय सम्झौताबमोजिमको सुविधा नपाइने भन्ने व्यवस्था राखिएको हुँदा र उक्त व्यवस्थाअनुसार टेलिया सोनेरा नर्वे नेपाल होल्डिङ्सको ५० प्रतिशतभन्दा बढी स्वामित्व नेदरलेण्डमा संस्थापित टेलिया सोनेरा एसिया होल्डिङ्सको रहेको र नेदरलेण्डसँग नेपालको त्यस्तो कुनै सम्झौता भए गरेको नपाइँदा टेलिया सोनेरा नर्वे नेपाल होल्डिङ्सले नर्वे र नेपालबीच भएको दोहोरो कर रोक्नेसम्बन्धी सन्धिको फाइदा पाउने अवस्था पनि देखिँदैन। 

Proof Four: ITA u/s 45 and 46 allows non recognition for internal restructuring: there's no need to drag 95Ka into this

Under Section 37 the gain/loss of a person from the disposal of an asset / liability shall be calculated as the amount of difference between the the incomings for the asset / liability and the outgoings for the asset or liability at the time of disposal. 

The main question here is: Should Section 95Ka be applied in the case of transfer of shares from one entity to other by the reason of reorganizations like internal restructuring, where there is no / substantial changes in the underlying ownerships?

Here discussion regarding the intention of the Section 95Ka is really important. Is Section 95Ka introduced with an exception to the situations of disposals where there are no changes in the underlying ownerships? This needs to be looked at with many perspective. The answer is probably no. This is because of the followings: 
1. Section 45 of the Income Tax Act in Nepal already allows (albeit in limited circumstances) where the assets can be transferred between associates as a part of the transaction without recognizing the transactions at their market values. Do visit my other blog where this issue is discussed in detail: Transfer of tax base between associates
2. Section 46 of the Income Tax Act in Nepal (read with Rule 16 of the Act) already provides IRD with the right to approve the transactions as non-recognizable at market values in situations like internal restructuring and mergers. 

The provisions under Section 45 and Section 46 for non recognition rules are at extreme polar opposites. More discussion on that topic here.