Examples from Permanent Establishment Directive 2077

Definitions

Section 2(Ka.da) of Income Tax Act, 2058 Permanent establishment means a place where a person wholly or partly carries on a business, and includes the following places:

  1. Fixed Place PE: A place where a person has, is using, or is installing substantial equipment or substantial machinery; (branch, factory, workshop, management place, mine, agro farm, horticulture farm etc.)
  2. Agency PE: A place where a person wholly or partly carries on a business through an agent, (other than a general agent of independent status) acting in the ordinary course of business as such;
  3. Service PE: One or more places within a country where a person furnishes (whether through employees or otherwise) related services (including technical, professional, or consultancy services) for a period or periods aggregating more than 90 days within any 365 days period;
  4. Construction PE: A place where a person is engaged in a construction, assembly, or installation project for 90 days or more, including a place where a person is conducting supervisory activities in relation to such a project.

Section 68: Taxation of Foreign Permanent Establishment
Section 68(1): Notwithstanding Section 3 but subject to the rest of this Act, a foreign permanent establishment of a non-resident person situated in Nepal shall be liable to tax with respect to its income.
Section 68(2): The income of a foreign permanent establishment shall be allocated to its owner in accordance with Section 69.
Section 68(3): The repatriated income of a foreign permanent establishment of a nonresident person situated in Nepal shall be taxed in the hands of the permanent establishment in accordance with Section 3(b).
Section 68(4): The repatriated income for an income-year of a foreign permanent establishment of a non-resident person situated in Nepal shall be equal to dividends distributed by the foreign permanent establishment during the year.

Meaning of Foreign Permanent Establishment
Foreign Permanent Establishment is a permanent establishment of an entity (those referred to in Section 2(Bha)) that is not situated in the country in which the entity is resident.

Fixed Place PE

उदाहरण २.२.२: American Sports Inc.

मानौं, American Sports Inc. ले आफ्नो सामान नेपालमा बिक्रि वितरण गर्ने उद्देश्यले दरबारमार्गमा शाखा कार्यालय खोलेको रहेछ । आयकर ऐन, २०५८ मा निकाय वा प्राकृतिक व्यक्तिलाई कर लाग्ने व्यवस्था गरिए तापनि गैर बासिन्दाको शाखामात्र भएपनि स्थायी संस्थापनको रूपमा कर लाग्र्दछ । स्थान प्रधान रहेको अवस्थामा सो संरचना कति दिन नेपालमा प्रभावकारी रह्यो गणना गरिरहन पर्दैन ।

उदाहरण ३.३.५: France SARL

मानौं, नेपालमा दर्ता रहेको लयेँ प्रा.लि. ले फ्रान्स कम्पनी (France SARL) बाट केही सामान आयात गर्न खरिद सम्झौता गरेको रहेछ । फ्रान्स कम्पनी (France SARL) ले आफ्नो कारखानामा उत्पादन भएको सामान नेपालमा गोदाम गरी राख्ने गरेको रहेछ । उक्त कम्पनीले लयें प्रा.लि. लाई सोही गोदामबाट नेपालमै स्टोर गरेको सामान उपलब्ध गराएछ । नेपालमा बिक्रि कार्य भएकाले सो बिक्रि फ्रान्स कम्पनी (France SARL) को नेपालमा संचालित व्यवसाय हुन्छ ।
फ्रान्स कम्पनी (France SARL) ले आफ्नो गोदामबाट नदिई नेपालमै खरिद गरेको सामान आपूर्ति गरेको भए तापनि नेपालमै बिक्रि गरिएकाले त्यो पनि नेपालमा संचालित व्यवसाय मानिन्थ्यो ।

उदाहरण ३.३.२ : USA LLC

मानौं, अमेररकि कम्पनी (USA LLC) को नेपालमा कारखाना रहेछ । उक्त कारखानाले आफूलाई चाहिने कच्चा पदार्थ र सहायक कच्चा पदार्थ नेपालमा नै खरिद गर्ने गरेको रहेछ । सो कम्पनीले उक्त कच्चा पदार्थ नेपालमा किने वा नकिने जेसुकै गरे तापनि स्थायी उत्पादनको क्रियाकलाप नेपालमा भएकाले सो नेपालमा रहेको व्यावसायिक क्रियाकलाप हुन्छ । उत्पादनको स्थान नेपाल भएकाले उत्पादित सामान नेपालमा बिक्रि हुनु वा नहुनु वा विदेशमा बिक्रि हुनु वा नहुनुले नेपालको व्यावसायिक क्रियाकलाप र स्थायी संस्थापन पहिचानमा फरक पर्दैन ।

उदाहरण ३.३.३: India Ltd.

मानौं, इंडिया लिमिटेड (India Ltd.) ले नेपालमा देहाए अनसुारका व्यवसायहरू मध्ये कुनै एक खालको व्यवसाय गर्ने इच्छा गरेको रहेछः
▪ नेपालमै खरिद गरेको सामान नेपालमा बेच्ने,
▪ नेपालमा उत्पादन गरेको सामान नेपालमा बेच्ने,
▪ विदेशमा खरिद गरेको सामान नेपालमा बेच्ने,
▪ विदेशमा रहेको कम्पनीकै कारखानामा उत्पादित सामान नेपालमा बेच्ने ।
नेपालमा सामान बिक्रि हुने हनुाले इंडिया लिमिटेड (India Ltd.) को जुनसुकै खालको व्यवसाय पनि स्थायी संस्थापन प्रयोजनका लागि व्यावसायिक कार्य हुन्छ ।

उदाहरण ४.२.१: China YG

मानौं, चीन कम्पनी (China YG) ले नेपालको सडक निर्माणको काम गर्न शाखा कार्यालय दर्ता गरेको रहेछ । कम्पनीले आफुले पाएको कार्य नेपाली कम्पनीलाई सहठेक्काको रूपमा दिने गरेको रहेछ ।
नेपालमा व्यावसायिक कार्य चीन कम्पनी (China YG) ले गरेको हो सो काम वास्तवमै उसैका स्थायी कर्मचारी आएर गरे गरेनन् भन्ने कुरा स्थायी संस्थापन प्रयोजनका लागि मतलव हुँदैन । कम्पनीले गने काम सो कम्पनीका लागि जसले गररदर्दए पनि नेपालको निर्माणको काम चीन कम्पनी (China YG) ले नै गरेको मानिन्छ । शाखा कार्यालय त सोझै स्थायी संस्थापन हुन्छ ।

उदाहरण ४.२.२: Russian OOO

मानौं, रुस कम्पनी (Russian OOO) नेपालमा व्यापार गर्दो रहेछ । उसले सो व्यापारका लागि आवश्यक पर्ने पसल कबल, गोदाम वा यस्तै संरचना भाडामा लिएको वा नलिएको वा सार्वजनिक स्थानमा बसेर व्यापार गरेको भए तापनि सो व्यापार नेपालमा भएको मानिन्छ ।

उदाहरण ४.२.३: Russian PAO

मानौं, रुस सूचीकृत कम्पनी (Russian PAO) ले आफ्ना विभिन्न मुलुकका सेवाग्राहीका लागि सफ्टवेयर विकास र मर्मत गर्दो रहेछ । विश्वोभरका ग्राहकबाट कम्पनीले पाएको काममध्ये सफ्टवेयरका केही भागको उत्पादन गर्न वा उसका ग्राहकका गनुासा अनसुार सफ्टवेयर ममतथ (Remote Repair) गर्न उसले नेपालमा एक नपेालीको सहयोगमा उत्पादन इकाई खोलेको रहेछ ।
उत्पादन वा मर्मतको काम नेपालीको सहयोगमा गरिएकाले त्यो सहयोग व्यवस्थापकीय क्रियाकलाप (Managerial Activities) मानिन्छ । सो इकाईका क्रियाकलापहरू (सफ्टवेयर उत्पादन भएमा अन्य क्रियाकलाप समेत) नेपालमा भएकाले त्यो नेपालमा रहेको उपस्थिति भएको व्यावसायिक क्रियाकलाप हुन्छ र स्थायी संस्थापन हुन्छ ।

उदाहरण ४.२.४: Japan KK

मानौं, जापान कम्पनी (Japan KK) नेपालमा ढुवानी व्यवसाय गर्दो रहेछ । कम्पनीका केही ट्रकहरू नेपाली सडकमा सामान ओसारपसारमा संलग्न रहेछन् । ती ट्रकहरू ग्राहककहाँ बाहेक अन्त कतै स्टोर गर्ने गरिएको रहेनछ ।
ट्रकबाट सामान ढुवानीको कार्य स्वयंमा चलायमान व्यवसाय हो । नेपालमा त्यो चलायमान व्यवसाय भएकाले जापान कम्पनी (Japan KK) को स्थायी व्यावसायिक स्थल नेपालमा मानिन्छ । स्थायी व्यावसायिक स्थल नेपालमा भएकाले त्यो ढुवानी व्यवसायले जापान कम्पनी (Japan KK) को स्थायी संस्थापन सिर्जना गर्दछ ।

उदाहरण ४.२.५: Switzerland AG

मानौं, स्विजरल्याण्ड कम्पनी (Switzerland AG) का केही सामान नेपालमा रहेछन् । ती सामान कम्पनीका उत्पादनको प्रदर्शनी गर्न नेपाल ल्याइएका रहेछन् । सामानको प्रदर्शनी गरिने भए तापनि स्विजरल्याण्ड कम्पनी (Switzerland AG) ले ती सामान बेच्न ल्याएको होइन रहेछ र उसले प्रदर्शनी स्थलमा कुनै बिक्रि सम्झौता गर्ने कार्यक्रम पनि रहेनछ ।
उक्त सामान नेपालमा दर्ता रहेको भोतेँ प्रा.लि. को प्रदर्शनी कक्षमा राखी प्रदर्शनी गरेको रहेछ ।
प्रदर्शनी सकिए पछि स्विजरल्याण्ड कम्पनी (Switzerland AG) ले ती सामान फिर्ता लैजान त्यस्तै प्रदर्शनीका लागि नेपाल आएको जर्मन कम्पनी (Germany GmbH) ले भाडामा लिएको गोदाममा राखेछ ।
नेपालमा सामान बिक्रि नगर्ने प्रदर्शनी मात्र गर्ने हुनाले स्विजरल्याण्ड कम्पनी (Switzerland AG) को नेपालमा व्यावसायिक उपस्थिति रहेको मानिदैन र स्थायी संस्थापन पनि हुदैन । उसले आफ्ना सामान भोतें प्रा.लि. र जर्मन कम्पनी (Germany GmbH) को गोदाम वा जो कसैको गोदाममा राखेकोले स्थायी संस्थापन सिर्जना गर्दैन ।
नेपालमा दर्ता रहेको भोतेँ प्रा.लि. को प्रदर्शनी व्यावसायिक कार्य भएको र बासिन्दा निकाय भएकाले स्थायी संस्थापनको अवधारणा यस कम्पनीमा लागू नै हुदैन ।
जर्मन कम्पनी (Germany GmbH) ले भने नेपालमा आफ्नो गोदाममा आफ्नो समानमात्र राखेको भए उसको पनि व्यावसायिक उपस्थिति मानिदैन थियो । तर स्विजरल्याण्ड कम्पनी (Switzerland AG) को सामान पनि गोदाममा राखेकाले उसको त्यो कार्य व्यावसायिक उपस्थितिमा गणना हुन्छ र स्थायी संस्थापन हुन्छ ।

उदाहरण ४.२.६: Austria OG

मानौं, आस्ट्रिया साझेदारी (Austria OG) को नेपालमा कारखाना रहेछ । आस्ट्रिया सिमित साझेदारी (Austria KG) ले आफैं कच्चा पदार्थ खरिद गरी आस्ट्रिया साझेदारी (Austria OG) को नेपालमा रहेको कारखानामा तयारी वस्तु उत्पादन गरी नेपालबाट लैजाँदो रहेछ ।
आस्ट्रिया सिमित साझेदारी (Austria KG) ले नेपालनभर वा नेपाल वाहिर जहाँसुकै सामान खरिद गरेको भए तापनि सामान खरिद गरेकै आधारमा स्थायी संस्थापन हुँदैन । त्यसैगरी आफ्नो सामान प्रोसेस गर्न अकैको कारखानामा दिएर तयारी वस्तु लैजाँदा पनि स्थायी संस्थापन सृजन हुँदैन । यसकारणले आस्ट्रिया सिमित साझेदारी (Austria KG) को नेपालमा व्यवसाय रहेको मानिदैन ।
कारखाना सञ्चालक आस्ट्रिया साझेदारी (Austria OG) को भने नेपालमा कारखाना भएको हनुाले स्थायी उपस्थिति हुन्छ र नेपालमा स्थायी संस्थापन रहेको मानिन्छ ।

उदाहरण ४.२.८: Serbia Jp.

मानौं, सर्बियाको सरकारी कम्पनी (Serbia Jp.) ले आफ्नो उत्पादनको नेपालमा व्यापार गर्न चाहेको रहेछ, तर नेपाली उपभोक्तालाई उसका उत्पादनको जानकारी नभएकाले नेपालमा निर्यात गर्न नसवकएको कुरा चाल पाएछ । कम्पनीले नेपालभर आफ्ना उत्पादनको विज्ञापन गर्न एक सम्पर्क कार्यालय खोली विज्ञापनका विभिन्न तौरतरिका अपनाएछ । सम्पर्क कार्यालयले विज्ञापन र उपभोक्ता सर्वेक्षण बाहेकका बिक्रिजन्य कुनै काम गर्दो रहेनछ ।
विज्ञापनजन्य कार्यहरुरूका कारण सो सर्बियाली कम्पनीको नेपालमा व्यावसायिक उपस्थिति मानिदैन र स्थायी संस्थापन पनि हुदैन ।
सर्बियाको सरकारी कम्पनी (Serbia Jp.) ले आफ्नो साथसाथै अन्य सर्बियाली वा अरू मलुकका कम्पनी वा आफ्नै सम्बद्ध निकायको विज्ञापन पनि गरेको भए त्यो उपस्थिति व्यावसायिक उपस्थिति मनिनथ्यो र स्थायी संस्थापन सिर्जना हुन्थ्यो ।

उदाहरण ४.२.९: Poland Sp. zoo

मानौं, पोल्यान्ड कम्पनी (Poland Sp. zoo) सफ्टवेयरमा आधारित विज्ञापन गर्दो रहेछ । कम्पनीले नपेाली कम्पनीहरूका विज्ञापन जम्मा गर्न एक नपेाली कम्पनीसँग सम्झौता गरेको रहेछ । नेपाली कम्पनी विज्ञापन जम्मा गर्दो रहेछ र ती विज्ञापन पोल्यान्ड कम्पनीमा पठाइ दिँदो रहेछ । पोल्यान्ड कम्पनीले ती विज्ञापनहरू नेपाली र विदेशी ग्राहकको प्रवृति पहिचान गरेर विकास गरेको सफ्टवेयर मार्फत सम्भाव्य ग्राहक समक्ष देखाई दिँदो रहेछ ।
पोल्यान्ड कम्पनीले आफ्ना उत्पादनको विज्ञापन नगरी अरूका विज्ञापनजन्य कार्य गरेकाले यो तयारीजन्य वा सहायक कार्य (Preparatory or Auxiliary Work) होइन, सामान्य व्यवसाय हो । यसले नेपालमा स्थायी संस्थापन सिर्जना हुन्छ ।

उदाहरण ४.२.१०: Poland s.p.k.

मानौं, पोल्यान्ड सिमित साझेदारी फर्म (Poland s.p.k.) ले आफ्ना उत्पादन दक्षिण एनसयाली मुलुकमा कत्तिको रुचाइन्छ भनी अध्ययन गर्न खोजेको रहेछ । त्यसका लागि फर्मले नेपालमा उपभोक्ता अध्ययन सम्बन्धी अनसुन्धान कार्य गरेछ ।
नेपालमा अनसुन्धान गरिए तापनि यसबाट प्राप्त सूचना सो साझेदारी फर्मले आफ्ना भावी व्यवसायमा प्रयोग गर्ने हनुाले यो नेपालमा सम्भाव्य व्यवसायको पुर्वयोजाना र तयारीजन्य कार्य (preparatory work) हो । तयारीजन्य कार्य भएकाले यस्ता अनसुन्धान तथा सूचना संग्रहले नेपालमा व्यावसायिक उपस्थिति मानीर्दैंन र स्थायी संस्थापन पनि हुदैन ।
तर, फर्मको त्यो अध्ययनको सूचना तथा उपलव्धी पोल्यान्डका अन्य व्यवसायी वा जहाँकहीका व्यवसायीका लागि पनि हुने गरी गरेको हो भने त्यस्तो उपस्थितिलाई तयारीजन्य कार्य (Preparatory Work) नभनी व्यावसायिक उपस्थिति मनिनथ्यो र स्थायी संस्थापनमा गणना गरिन्थ्यो ।

उदाहरण ४.२.११: Malaysia Bhd.

मानौं, मलेसिया कम्पनी (Malaysia Bhd.) ले चीनको तिब्बतमा कुनै काम गर्दौ रहेछ । तिब्बती उचाइका कारणले त्यहाँ काम गर्न जाने कर्मचारीहरूलाई उचाई सम्बन्धी प्रशिक्षण दिन नेपालको कुनै हिमाली जिल्ला उपयुक्त मानीएछ । तालिमको कार्य सो गैर बासिन्दा निकायको व्यावसायिक कार्य नभएको तर नेपालमा गरेको तालिमको उपयोग भने तिब्बतमा काम गर्ने कर्मचारीलाई उपयोगी हुने हनुाले यो तिब्बती कामका लागि सहायक कार्य (Preparatory Work) भएकाले सो तालिम कार्यले नेपालको स्थायी संस्थापन स्थापना गर्दैन । आवश्यकता अनसुार सो तालिमका लागि नेपालमा स्थायी रूपले तालिम केन्द्र नै भए तापनि त्यस्ता सहायक कार्यले स्थायी संस्थापन सिर्जना गर्दैन ।
तर, सो तालिम केन्द्रमा सो निकाय बाहेक अन्य निकायका व्यक्तिहरुलाई पनि तालिम दिईने अवस्थामा भने त्यो व्यावसायिक क्रियाकलाप भएकाले स्थायी संस्थापन हुन्छ ।

उदाहरण ८.१.२: Australia NL

मानौं, अस्ट्रेलिया कम्पनी (Australia NL) ले नेपालमा टेलिकम व्यवसाय गर्ने लाइसेन्स प्राप्त गरेको रहेछ । उक्त टेलिकमको व्यवसाय सो कम्पनीले आफैले गरे वा अरू मार्फत गरे तापनि नेपालमा क्रियाकलाप हुने हनुाले त्यो व्यवसायको स्थान नेपालमा मानिन्छ र स्थायी संस्थापन सिर्जना हुन्छ ।

Exceptions to Fixed Place PE

उदाहरण ३.३.१: United Kingdom CIC

मानौं, बेलायत कम्यनुनटी इन्टेरेस्ट कम्पनी (United Kingdom CIC) ले नेपालबाट कच्चा पदार्थ खरिद गरी बेलायतमा रहेको कारखानामा तयारी माल उत्पादन गर्दो रहेछ । नेपालमा खरिद गरिएका सामानमध्ये केही नेपाली उत्पादन र केही तिब्बती सामान हुने गरेका रहेछन् । नेपालमा खरिद गरेको नेपाली सामान आफ्नो मूख्य कम्पनीमा पठाइ सो मूख्य कम्पनी मार्फत बेलायती र युरोपीय बजारमा बिक्रि गर्ने गरेको पनि रहेछ ।
बेलायत कम्यनुनटी इन्टेरेस्ट कम्पनी (United Kingdom CIC) ले नेपालमा खरिद कार्य मात्र गर्ने गरेकाले त्यो खरिद क्रियाकलाप स्थायी संस्थापन प्रयोजनका लागि नेपालमा गरेको व्यवसाय मानिदैन । नेपालमा खरिद शाखा नै भए तापनि सो सामान खरिद गरेकै भरमा सो कम्पनीको स्थायी संस्थापन रहेको मानीर्दैंन ।

उदाहरण ३.३.४: Sri Lanka Ltd.

मानौं, नेपालमा दर्ता रहेको लयेँ प्रा. लि. ले श्रीलङ्का लिमिटेड (Sri Lanka Ltd.) बाट केही सामान आयात गरेको रहेछ । श्रीलङ्का लिमिटेडले आफ्नो उत्पादन निर्यात गरेको वा अन्य कसैको उत्पादनको व्यापार गरेको जे भए तापनि नेपाली आयातकर्ताले आयात गरेकै भरमा सो लिमिटेडको नेपालमा व्यवसाय सञ्चालन भएको मानिदैन ।

उदाहरण ४.२.७: Italy Spa.

मानौं, तिब्बतमा व्यापार गने इटाली कम्पनी (Italy Spa.) ले नेपाली सामानहरू खरिद गर्न काठमाण्डौमा खरिद शाखा खोल्यो । नेपालभर खरिद गरी काठमाण्डौमा एकत्र गरिएका सामान तिब्बतको आफ्नो शाखामा व्यापारका लागि पठाइन्छ । खरिदमात्र नेपालमा भएको हुनाले यो स्थायी संस्थापन होइन ।

उदाहरण ८.१.१: Philippines Co.

मानौं, फिलिपिन्स कम्पनी (Philippines Co.) ले विशेष प्रविधिबाट सामान उत्पादन गर्दो रहेछ । उसको सो प्रविधिबाट सामान उत्पादन गर्ने गरी दुई बेग्ला बेग्लै नेपाली कम्पनीसँग सम्झौता भएको रहेछ । प्रविधि हस्तान्तरणको अवधि पाँच-पाँच वर्ष हुने गरी सम्झौता भएको रहेछ ।
पहिलो कम्पनीले पाँचै वर्षको लागि लाग्ने शुल्क एकै पटक नतिरेर सो विशेष प्रविधिबाट उत्पादन सुरु गरेछ भने दोस्रो कम्पनीले आफ्नो बिक्रि रकमको २ प्रतिशत तिर्ने सहमत भएको रहेछ ।
फिलिपिन्स कम्पनी (Philippines Co.) को प्रविधि नेपालका दुई कम्पनीमा पाँच वर्षसम्म निरन्तर रहे तापनि प्रविधि हस्तान्तरण र रोयल्टीका कारण सो कम्पनीको नेपालमा व्यावसायिक उपस्थिति रहेको मानीर्दैंन र स्थायी संस्थापन सिर्जना हुँदैन ।

उदाहरण ८.५.१: Iran SSM

मानौं, इरान आम कम्पनी (Iran SSM) ले नेपालमा एक कारखाना खोलेको रहेछ । कारखाना बाहेक आफ्नै सामानको मात्र विज्ञापन गर्ने गरी सो कम्पनीको नेपालमा विज्ञापन कार्यालय र दुई वटा निर्माण ठेक्काको काम पनि पाएको रहेछ । निर्माण ठेक्कामध्ये पहिलो ठेक्काको अवधि साढे दुई महिनाको र र्दोस्रो ठेक्काको निर्माण अवधि चार महिनाको रहेछ । यसरी इरान आम कम्पनी (Iran SSM) को चार थरी व्यावसायिक उपस्थिति रहेको देखिन्छ ।
स्थायी संस्थापन प्रयोजनका लागि (निर्माण कार्य कारखानाको कामसँग सम्बन्धित भएको अवस्थामा बाहेक) इरान आम कम्पनी (Iran SSM) को अवस्था नियमानुसर हुन्छ:
▪ कारखाना स्थायी स्थलको रूपमा स्थायी संस्थापन हुन्छ ।
▪ विज्ञापन कार्यालय स्थायी संस्थापन हुदैन ।
▪ पहिलो निर्माण कार्यको अवधि नब्बेदिनभन्र्दा घटी भएकाले स्थायी संस्थापन हुदैन ।
▪ र्दोस्रो निर्माण कार्यको अवधि नब्बे दिन वा सोभन्र्दा बढी भएकाले स्थायी संस्थापन हुन्छ ।

उदाहरण ११.३.१: Canada Corp.: PE’s Liability to pay Tax

मानौं, क्यानाडा कपोरेसन (Canada Corp.) को नेपालमा निर्माण सम्बन्धी ठेक्काका कारण स्थायी संस्थापन सिर्जना भएको रहेछ । सो निर्माणका लागि सोही साइटका कारोबारहरू क्यानाडा कपोरेसन (Canada Corp.) सँग भएका कारोबार नमानीई स्थायी संस्थापनसँग भएका कारोबार मानिन्छन । सम्झौता पत्र , खरिद, बिक्रि, लिनुदिनु, ऋण, बैंक लगायतका कागजातमा क्यानाडा कपोरेसन (Canada Corp.) कै नाम भए तापनि ती कामहरू स्थायी संस्थापनका मानिन्छन ।
क्यानाडा कपोरेसन (Canada Corp.) को स्थायी संस्थापनले स्वतन्त्र निकाय सरह व्यावसायिक गतिविधिको लेखा राख्ने आय विवरण तयार गरी दाखिला गर्ने, कर दाखिला गर्ने तथा अन्य क्रियाकलाप पूरा गर्नु पर्दछ । संस्थागत कर नतिरेर बाँकी रकम मुख्य कम्पनी क्यानाडा कपोरेसन (Canada Corp.) वा अन्य सम्बद्ध व्यक्तिसमक्ष पठाउँदा ऐनको दफा ६८ बमोजिम कर तिर्ने जिम्मेवारी पनि सोही स्थायी संस्थापनको हुन्छ ।

Agency PE

उदाहरण २.१.१: American Sports Inc.

मानौं, American Sports Inc. ले आफ्नो सामान नेपालमा बिक्रि वितरण गर्ने उद्देश्यले नेपालको बासिन्दा Amco Sports Pvt. Ltd. लाई वितरक नियुक्त गरेको रहेछ र Amco Sports Pvt. Ltd. ले आफ्नो सामान सो अमेरीकी कम्पनीबाट आयात गरी आफ्नै जोखिम र दर विश्लेषणमा आफै दर निर्धारण गरी सामान बिक्रि गर्ने गरेको छ । बिक्रिका लागि नेपालमा आयात गरेको सो सामानमा अमेरीकी कम्पनीको स्वामित्व, बिक्रि मूल्य वा सम्भाव्य ग्राहकका सम्बन्धमा कुनै प्रतिबन्ध वा विशेष सहयोग हुदैन, केवल सो अमेरीकी कम्पनीले नेपालमा सामान पठाउँदा Amco Sports Pvt. Ltd. मार्फत पठाइदिन्छ । यस्तो अवस्थामा Amco Sports Pvt. Ltd. को व्यवसायमा अमेरीकी कम्पनीको सहयोग देखिए तापनि आफ्नो कारोबार सञ्चालनमा पूर्णरूपमा स्वतन्त्र भएकाले सामान्य आयातकर्ता मात्र हो। यस अवस्थामा Amco Sports Pvt. Ltd. अमेरीकी कम्पनीको नेपाली स्थायी संस्थापन होइन।
सोही उदाहरणमा Amco Sports Pvt. Ltd. ले गर्ने बिक्रिको दर अमेरीकी कम्पनीले तोक्ने र नाफा घाटा अमेरीकी कम्पनीले व्यहोर्ने गरी कारोबार गर्ने एजेन्सी Dependent Agent को रूपमा स्थायी संस्थापन मानिन्छ । Dependent Agent हुन घोषणा वा कागजातभन्दा पनि व्यवहार प्रधान हुन्छ । Dependent Agent ले आफ्नो मूल कम्पनीको स्थायी संस्थापनको कारोबार र सो कारोबारबाट आफूले पाउने कमिसन वा अन्य प्रकारको प्रतिफल सहितको आफ्नो कारोबारको बेग्ला बेग्लै आय विवरण बझुाउनु पर्दछ ।

उदाहरण ५.१.१: Myanmar Ltd.

मानौं, बर्मा कम्पनी (Myanmar Ltd.) ले म्यानमारमा उत्पादित आफ्नो सामान नेपालभरका खरिद कर्ताहरुलाई बिक्रि गर्न नेपालमा दर्ता रहेको खोप लिमिटेडलाई नियुक्त गरेको रहेछ । खोप लिमिटेडले गरेको बर्मा कम्पनीको कारोबार बर्मा कम्पनीको स्थायी संस्थापनको रूपमा गणना हुन्छ ।

उदाहरण ५.२.१: Pakistan Limited

मानौं, पाकिस्तान लिमिटेड (Pakistan Limited) ले नेपालमा आफ्नो उत्पादन बिक्रि गर्न नेपालमा दर्ता रहेको दाहाल एण्ड दाहाल फर्मलाई जिम्मा लगाएको रहेछ । दाहाल एण्ड दाहालले नेपाली खरिदकर्ताहरु खोज्ने, बिक्रि सम्झौता गर्ने र पाकिस्तान लिमिटेड (Pakistan Limited) लाई सामान आपूर्ति गर्न सिफारिस गर्ने गरेको रहेछ । दाहाल एण्ड दाहालको मुख्य व्यवसाय यही कम्पनीको नेपाल व्यापारमा सहयोग पुर्याउने गरेको रहेछ ।
पाकिस्तान लिमिटेडको नपेाल व्यापारको काम दाहाल एण्ड दाहाल फर्म मार्फत भएको र फर्मको मुख्य काममध्ये यो सहयोगात्मक कार्य नै एउटा काम भएकाले उसको कार्य आश्रित एजेन्टको कार्य हो । आश्रित एजेन्टबाट काम भएकाले दाहाल एण्ड दाहाल फर्म मार्फत भएको पाकिस्तान लिमिटेडको व्यापार नेपालमा भएको व्यावसायिक क्रियाकलाप हो र सो व्यापार पाकिस्तान लिमिटेडको स्थायी संस्थापन हुन्छ ।
पाकिस्तान लिमिटेड र दाहाल एण्ड दाहाल फर्म बीच भएको सम्झौतामा एजेन्सी वा मध्यस्थतकर्ता वा ब्रोकर वा सहयोगी वा यस्तै कुनै शब्द लेशखएको भए तापनि वा फर्मले पाउने शुल्कको नाम सेवा शुल्क, कमिसन, बोनस, पारिश्रमिक जेसुकै भनेको भए तापनि यसले स्थायी संस्थापन सिर्जना हुन्छ ।

उदाहरण ५.२.२: Laos Ltd.

मानौं, लाओ लिमिटेड (Laos Ltd.) ले नेपालबाट सामान आयात गर्न नेपाली कम्पनीलाई जिम्मेवारी दिएको रहेछ । खरिदको कार्यमा सहयोग गरेको तर नेपालमा बिक्रि वा रुपान्तरको कार्य नभएकाले लाओ लिमिटेडको स्थायी संस्थापन सिर्जना हुदैन ।

उदाहरण ५.२.३: Israel Ltd.

मानौं, इजरेल लिमिटेड (Israel Ltd.) को नेपालमा सहायक कम्पनीको रूपमा लयेँ प्रा.लि. स्थापना भएको रहेछ । लयेँ प्रा.लि. का कार्यहरु मध्ये देहाएका कामहरूको इजरेल लिमिटेडसँगको सम्बन्ध देहाए बमोजिम हुन्छ:
▪ इजरेल लिमिटेडले अन्य नेपाली फर्म कम्पनी वा व्यक्तिमार्फत सो कार्य गराएको अवस्थामा एजेन्सी स्थायी संस्थापन हुने रहेछ भने सो सहायक कम्पनीका ती कार्यहरुले इजरेल लिमिटेडको स्थायी संस्थापन सिर्जना गर्दछ ।
▪ इजरेल लिमिटेडले अन्य नेपाली फर्म कम्पनी वा व्यक्तिमार्फत सो कार्य गराएको अवस्थामा एजेन्सी स्थायी संस्थापन नहुने अवस्थामा सो सहायक कम्पनीका ती कार्यहरुले इजरेल लिमिटेडको स्थायी संस्थापन सिर्जना गर्दैन ।
▪ सहायक कम्पनी लयेँ प्रा.लि. र मुख्य कम्पनी इजरेल लिमिटेड (Israel Ltd.) बीचमा कारोबार भएकै आधारमा स्थायी संस्थापन सिर्जना हुदैन । कारोबारको परिमाणिकरण बजार मूल्य भन्दा फरक मूल्यमा कारोबार भएमा पनि स्थायी संस्थापन हुदैन बरु मूल्य हस्तान्तरण (Transfer Pricing) हुन सक्दछ ।

उदाहरण ५.३.१: Netherlands bv

मानौं, वत्स इम्पेक्स र नेदरल्यान्ड कम्पनी (Netherlands bv) बीच नेपालमा सामान बिक्रि प्रबन्धको जिम्मेवारी दिने गरी सम्झौता भएको (वा सम्झौता नभए तापनि व्यावहारिक रूपमा उक्त जिम्मेवारी दिएको अवस्था) रहेछ । सम्झौता अनसुार वत्स इम्पेक्सले बिक्रि गरेको सामानको मूल्य कम्पनीले तय गरेको मूल्य हुने र इम्पेक्सलाई बिक्रि गरेको मूल्य पनि कम्पनीले तोक्ने गरेकाले इम्पेक्सको मुनाफा अनपुात कम्पनीले तोके सरह हुँदो रहेछ ।
नेदरल्यान्ड कम्पनी (Netherlands bv) को सामान आयात गर्दा आफ्नो नाम देखाए तापनि सामान माथिको स्वामित्व वस्तगुत रूपमा कम्पनीमा नै रहेकाले वत्स इम्पेक्सको कार्य एजेन्सी स्थायी संस्थापन हुन्छ ।

Service PE

उदाहरण २.२.४: American Sports Inc.

मानौं, American Sports Inc. ले नेपालमा खेलकुदको अन्तर्राष्ट्रिय अवसर सम्बन्धी अनसुन्धानको काम पाएको रहेछ । उसलेसो काम सम्पन्न गर्न २ कर्मचारी पठाई जनवरी १ देखि ३५ दिन काम गरेछन् । बाँकी काम सम्पन्न गर्न जुलाईमा ३० दिन र डिसेम्बरमा ६० दिन २ जना कर्मचारी नेपालमा बसी काम गरेका रहेछन् । American Sport Inc. को कर्मचारीहरूले काम सम्पन्न गर्न नेपाल बसाई विगत १२ महिनाको आवधिको ९० दिन (90 days stay in moving 365 days) पुगेकोले सो American Sport Inc. स्थायी संस्थापन भएको मानिन्छ ।

उदाहरण ७.२.१: Belgium ESV

मानौं, बेल्जिएम संयुक्त उपक्रम (Belgium ESV) ले नेपालमा भाइरस अनसुन्धान सम्बन्धी काम पाएको रहेछ । उपिमका कर्मचारीहरूको नेपाल आगमन र बहिर्गमनको मिति तथा स्थायी संस्थापनका लागि उपक्रमको नेपालमा रहेको उपस्थितिको अवधि नियमानुसर गणना हुन्छ:

कर्मचारीको नाम

आएको मिति

फर्केको मिति

बसेको दिन

स्थायी सनस्थापनको आवधि

Mr. A

01-Jan

12-Jan

12

12

Mr. B

15-Jan

18-Jan

4

16

Mr. C

15-Apr

19-Jan

5

21

Mr. D

15-Aug

12-Sep

29

50

Mrs. A

01-Nov

05-Dec

35

85

Mrs. F

28-Dec

10-Jan

14

89

Mr. A

11-Jan

20-Jan

10

89

Construction PE

उदाहरण २.२.३: Singapore Construction Company

मानौं, Singapore Construction Company ले मेलम्ची आयोजनाको टनेलको लेर्दो सुकाउने कार्यका लागि १०० दिनको कार्यादेश पाएछ । उक्त कम्पनिले आफ्नो कार्य सम्पादन गर्न ५ जना कर्मचारी पठाएको रहेछ र ती कर्मचारीहरूले तोवकएको कार्य ९५ दिननभर सम्पन्न गरेका रहेछन् । यस अवस्थामा Singapore Construction Company ले नेपालमा लगातार ९० दिनभन्र्दा बढी संलग्न रही कार्य सम्पादन गरेकोले स्थायी संस्थापन मानिन्छ ।

उदाहरण ६.२.१: New Zealand Ltd

मानौं, न्युजिल्यान्ड कम्पनी (New Zealand Ltd) ले नेपालमा नियमानुसर तीन वटा निर्माणका ठेक्का लिएको रहेछः
▪ २०७६ माघ १ देखि साढे दुई महिना निर्माण अवधि भएको छाब्दी बाराही, ढोरबाराही र गुणादी बाराही जोड्ने सडक निर्माण,
▪ २०७६ फाल्गणु ३० देखि साढे दुई महिना निर्माण अवधि भएको छाङ्गा बाराही मत्स्य पोखरीमा रेलिंग जडान, र
▪ २०७७ जेठ १ देखि दुई महिना सुपरिवेक्षण अवधि भएको निर्बु बाराही अत्याधुनिक टावरको निर्माण सुपरिवेक्षण ।
न्युजिल्यान्ड कम्पनी (New Zealand Ltd) का कुनै निर्माण कार्यको अवधि नब्बे दिन ननाघेका कारण सो कम्पनीको स्थायी संस्थापन सिर्जना हुदैन ।

उदाहरण ६.३.१: Afghanistan Co. Ltd.

मानौं, अफगान कं . लि. (Afghanistan Co. Ltd.) ले नेपालका बाह्र जिल्लाका सत्ताइस स्थानमा र्दूरसञ्चार टावर जडान गर्ने ठेक्का पाएको रहेछ । सो कम्पनीले काम गर्ने जिल्लाको संख्या बाह्र र ठाउँको संख्या सत्ताइस भए तापनि यी टावर जडानका कामहरू स्वतन्त्र काम होइनन्, यो एउटै निर्माण कार्य हो ।

उदाहरण ६.३.२: Argentina S.C.P.A.

मानौं, अर्जेन्टिना साझेदारी (Argentina S.C.P.A.) टनेल निर्माणमा अनभुवी फर्म रहेछ । यसले विश्वोका विभिन्न मुलुकमा फरक फरक भौगोनलक परिवेशमा टनेल निर्माणको काम गरेको रहेछ । तर हिमालयको क्षेत्रमा उसको अनभुव रहेनछ । नेपालमा टनेल रोडको व्यावसायिक वा प्राविधिक अनभुव छैन । यातायात व्यवस्था विभागसंग भएको सम्झौता अनसुार स्वतन्त्र स्वरूपका दुई टनेल ठेक्का भए तापनि निर्माण व्यवसायीको नेपालको भौगोनलक अनभुव र सडक विभागको अनुभवहिनताका कारण जुन ठेक्कामा जुन काम पहिला गरिन्छ त्यसको ज्ञान सिप र असजिलोको अनभुवबाट दोस्रो ठेक्कामा सोही काम सुधारिएको अर्कै तरिकाबाट गरिन्छ । यस्ता अन्तरसम्बन्धित ठेक्काहरू बेग्लाबेग्लै भए तापनि र खर्चका साइट लेजर बेग्लाबेग्लै राखिए तापनि एउटै ठेक्का सरह मानी अवधि र आय गणना गर्नु पर्दछ ।

उदाहरण ६.३.३: Chile LTDA

मानौं, चिली कम्पनी (Chile LTDA) ले भवन निर्माणको स्ट्रक्चरल सुपरभिजन गर्ने एउटा करार र भवनभित्रको स्यानिटरी कार्यको सुपरभिजन गर्न अको करार गरेको रहेछ ।
सुपरभिजन कामको प्रकृति अनसुार यी कामहरू अन्तरसम्बन्धित भएकाले यी दुवै सुपरिवेक्षण सम्झौता जोडेर अवधि र आय गणना गर्नुपर्दछ ।

उदाहरण ६.३.४: Greece O.E.

मानौं, ग्रिस साझेदारी (Greece O.E.) ले प्रत्येक महिना एउटा घर हस्तान्तरण गने गरी पन्द्र वटा फेब्रीकेटेड आवास भवन बनाउने गरी सम्झौता गरेको रहेछ । सम्झौता अनसुार काम सुरु भएको प्रत्येक महिनामा एक-एक फेब्रीकेटेड घर हस्तान्तरण भएछ । निर्माण वा जडानको कार्यको आंशिक हस्तान्तरण (partial taking over provision) को कार्यले सम्झौताका पक्षहरूलाई फरक नपरे पनि यी पन्ध्र घरको निर्माण एउटै सम्झौता हुन्छ । पन्ध्र महिना नै निर्माण अवधि मानिन्छ ।

उदाहरण ६.३.५: Turkey A.O.

मानौं, सानो चक्र ठूलो चक्र स्वरूपको तीन सय आधुनिक आवासीय भवनको हाउजिंग निर्माण गर्नका लागि सिद्धि नरनसिंह जग्गा एकीकरण आयोजनाले लुभुमा जग्गा एकीकरण र बाँडफाँड गरेछ । चार सय वर्ष अघिको ढाँचा र आधुनिक सुबिधा पाइने हुनाले जग्गा एकीकरण योजनाको जग्गा सजिलै तीन सय जनालाई बिक्रि भएछ । सो जग्गामा आधुनिक एकै खालका भवन निर्माणको कार्य टर्की कम्पनी (Turkey A.O.) ले पाएछ । हरेक जग्गा धनीले टर्की कम्पनी (Turkey A.O.) सँग बेग्लाबेग्लै निर्माण ठेक्का गरेछन् ।
हाउजिंगका घरहरूका धनीहरूसँग बेग्लाबेग्लै निर्माण सम्झौता भए तापनि एउटै स्थानमा बन्ने घरहरू भएकाले सारभतू रूपमा त्यो एउटै निर्माण हो । यी सबै घरहरूको निर्माण अवधि र आय गणना हुन्छ ।

उदाहरण ६.३.६: Sweden KB

मानौं, स्विडेन साझेदारी (Sweden KB) ले नेपालको सडक निर्माणको कामको ठेक्का लिएको रहेछ । सडक निर्माण ठेक्काको अवधि दुई वर्ष रहेछ। साझेदारी फर्मले निर्माण सुरु भएको पहिलो दुई महिनामा साइट मोबिलाईजेसन लगायतका काम गरेछ । निर्माण कार्यको सुरुवात भए पछिको आठ महिनाको निर्माण कार्य थाइल्यान्ड कम्पनी (Thailand Co.) लाई उपठेक्का (Sub-contract) दिएको रहेछ । थाइल्यान्ड कम्पनी (Thailand Co.) ले उसको भागको काम गरिसकेपछि बाँकी चौध महिनाको निर्माण नेपाली निर्माण व्यवसायी भागवथ प्रा.लि. लेउपठेक्का (Sub-contract) पाएको रहेछ।
यस अवस्थामा मुख्य निर्माण व्यवसायी स्विडेन साझेदारी (Sweden KB) को नेपालमा निर्माण व्यवसायका लागि उपशस्थत भएको अवधि दुई वर्ष नै हुन्छ । यो अवधि नब्बे दिनभन्र्दा बढी भएकाले स्विडेन साझेदारी (Sweden KB) को निर्माण स्थायी संस्थापन नेपालमा सिर्जना हुन्छ ।
थाइल्यान्ड कम्पनी (Thailand Co.) ले उपठेक्का (Sub-contract) को कामका लागि नेपालमा आठ महिना निर्माण कार्य गरेको छ । सो अवधि पनि ऐनमा तोवकएको अवधि नब्बे दिन र नेपाल थाइल्यान्डको कर सन्धि अनसुार तोवकएको अवधि १८३ दिनमध्ये लामो अवधि १८३ दिनभन्र्दा बढी भएकाले थाइल्यान्ड कम्पनी (Thailand Co.) को पनि नेपालमा स्थायी संस्थापन सिर्जना हुन्छ ।

उदाहरण ६.३.७: Indonesia PT

मानौं, इन्डोनेनसया कम्पनी (Indonesia PT) ले नेपालको सडक निर्माण ठेक्काहरूको सुपरिवेक्षण गने ठेक्का पाएको रहेछ । सो कम्पनीले आफ्नो कामलाई तीन भागमा वगीकरण गरेर बेग्लाबेग्लै परामर्शदाताहरुलाई उपठेक्का दिएछ:
▪ सुरुको आठ महिनाको सुपरिवेक्षण कायलथ ाई मङ्गोनलया कम्पनी (Mongolia XK) सँगको
उपठेक्का (Sub-contract) मार्फत पूरा गरेछ ।
▪ त्यसपछिको चौध महिनाको सुपरिवेक्षण कार्यलाई नेपालमा दर्ता भएको च्यौवन प्रा.लि. सँगको उपठेक्का (Sub-contract) मार्फत पूरा गरेछ ।
▪ अन्तिमको दुई महिनाको सुपरिवेक्षण कार्य हङ्गेरी कम्पनी (Hungarykft.) सँग उपठेक्का (Sub-contract) मार्फत पूरा गरेछ । निर्माण सुपरिवेक्षणको कार्य भएकाले यो निर्माण स्थायी संस्थापन (Site PE) मा गणना हुन्छ, सेवा स्थायी संस्थापनमा होइन ।
▪ मंगोलिया कम्पनी (Mongolia XK) को सुपरिवेक्षण अवधि नब्बे दिनभन्दा बढी भएकाले यो कम्पनीको नेपालमा स्थायी संस्थापन सिर्जना हुन्छ ।
▪ नेपाली कम्पनी स्वयं नैबासिन्दा व्यशि भएकालेस्थायी संस्थापनको गणना हुदैन ।
▪ हङ्गेरी कम्पनी (Hungarykft.) को सुपरिवेक्षण अवधि नब्बे दिन ननाघेकोले सो कम्पनीको स्थायी संस्थापन सिर्जना हुदैन । मुख्य सुपरीवेक्षक इन्डोनेनसया कम्पनी (Indonesia PT) को निर्माण अवधि दुई वर्ष नै मानिने हुँदा स्थायी संस्थापन सिर्जना हुन्छ ।

उदाहरण ६.३.८: Lebanon S.A.R.L.

मानौं, सतही नदीको बहावमा आधारित जलविद्युत आयोजनाले नेपालमा पहिलो पल्ट लिफ्टिंग सहित वर्षको छ महिना पूरा क्षमता चलाउने (Q50) गरी सुखाखोला जलविद्युत आयोजनाले इलेक्ट्रिकल एकुपमेन्टको काम लेवनान कम्पनी (Lebanon S.A.R.L.) लाई ठेक्का दिएको रहेछ । कम्पनीले आयोजना स्थलको अवलोकन पश्चात डिजानको लागि काम गरी स्वीकृत भएको डिजाइन अनसुार लेवनानमा रहेको कारखानामा इलेक्ट्रिकल एकुपमेन्ट उत्पादन गरी नेपालमा ल्याएर जडान र परीक्षण गर्नुपर्ने गरी सम्झौता भएको रहेछ ।
कम्पनीले स्थलगत अवलोकन, अध्ययन र डिजाइनका लागि पच्चीस दिन, लेवनानमा उपकरण उत्पादन गर्न २७५ दिन र सो उपकरण पावरहाउसमा जडान र परीक्षण गर्न साठी दिन गरी जम्मा ३६० दिन लगाएछ । उक्त निर्माण ठेक्काको प्रयोजनका लागि लेवनान कम्पनी (Lebanon S.A.R.L.) को निर्माण अवधि ३६० दिन नै मानिन्छ ।

Other Examples

उदाहरण ११.१.१: PE with Loan from Head Office

मानौं, कुनै विदेशी कम्पनीको नेपालमा कारखाना रहेछ । मूल कम्पनीमा पुँजी दायित्वको अनपुात २:१.१ रहेछ । सो कारखानाका लागि मूल कम्पनीले गरेको लगानीको स्वरूप नियमानुसर फरक फरक हनु सक्दछ र तिनीहरुको कर व्यवहार नियमानुसर हुन्छ ।
▪ कारखाना दर्ता गर्दा पुँजी कायम गरेको पूरै रकम कुनै विशेष शर्त नराखी मूल कम्पनीले सो कारखाना पठाएको अवस्थामा पूरै रकमलाई स्थायी संस्थापनको पुँजी योगदान मानिन्छ ।
▪ कारखाना दर्ता गर्दा पुँजी कायम गरेको पुरै रकमलाई मूल कम्पनीले ऋणको रूपमा उपलब्ध गराउने शर्त राखेर मूल कम्पनीले सो कारखाना पठाएको अवस्थामा २:१.१ को अनपुातको रकमलाई स्थायी संस्थापनको पुँजी योगदान र ऋण मानिन्छ । ऋण मानीएको भागको ब्याज दर Arm’s Length अवधारणा बमोजिमको भए नभएको यकिन गरिन्छ । ब्याजको रूपमा खर्च पाउने रकमको खर्च कट्टी गर्दा भने ऐनको दफा १४ को उपदफा (२) को व्यवस्था लागू हुन्छ ।
▪ कारखानाका लागि मूल कम्पनीले बैंक वा अन्य कुनै ऋण लगानी गर्ने तेस्रो व्यक्तिसंग यही कारखानाको लागि भन्ने शर्त राखी सो ऋण मूल कम्पनीले सो कारखानामा त्यही ऋण पठाएको अवस्थामा सो ऋणको ब्याज तेस्रो पक्षका लागि मूल कम्पनीले नै पाउने भएमा पनि पुरै ऋणलाई स्थायी संस्थापनको ऋण नै मानिन्छ । तर मूल कम्पनीले ब्याज प्राप्त गर्ने कारणले ब्याजको रूपमा खर्च पाउने रकमको खर्च कट्टी गर्दा भने ऐनको दफा १४ को उपदफा (२) को व्यवस्था लागू हुन्छ ।

उदाहरण ११.२.१: Dare Devil Inc.: PE’s Liability to pay Tax

मानौं, स्पनेको Dare Devil Inc. साहसिक कार्यद्वारा मनोरञ्जन गराउने कम्पनी रहेछ । उक्त कम्पनीले नेपालमा शाखा सञ्चालन गरी नेपाली तथा नेपालमा आउने विदेशी पर्यटकलाई Sky Jump गराई मनोरञ्जन उपलब्ध गराउँर्दै आएको रहेछ । आर्थिक वर्ष २०७५ ।७६ मा Dare Devil Inc. कम्पनीको नेपालको शाखाले रु.१ करोड करयोग्य आय प्राप्त गरेको रहेछ । Dare Devil Inc. कम्पनी विदेशी निकाय भएको र त्यसले शाखाद्वारा नेपालमा कार्य सञ्चालन गरेकोले उक्त शाखा नेपालको आयकर ऐन अनसुार विदेशी स्थायी संस्थापन हुन्छ । आ.व.२०७५।७६ मा भएको करयोग्य आयमा कर नतिर्ने दायित्व स्पेनशस्थत Dare Devil Inc. को नभई नेपालमा अवस्थित शाखा अर्थात विदेशी स्थायी संस्थापनको हुन्छ । Dare Devil Inc. कम्पनीको नेपालको शाखाले उक्त आयमा स्वदेशी कम्पनी सरह कर तिर्नुपर्दछ । यसको अतिरिक्त Dare Devil Inc. ले स्पेनमा पठाएको आयमा समेत विदेश पठाएको आयमा लाग्ने कर दाखिला गने दायित्व समेत नेपाल शस्थत Dare Devil Inc. को शाखा कार्यालय अर्थात् विदेशी स्थायी संस्थापनको हुन्छ ।

उदाहरण ११.२.२: Burloski Contruction: Repatriation of PE’s Income

मानौं, ईटालीको बुर्लोसकी कन्स्ट्रक्सन कम्पनी सडक निर्माण गर्ने कम्पनी रहेछ । उक्त कम्पनीले नेपालमा सडक निर्माण गर्ने ठेक्का प्राप्त गरेको रहेछ । उक्त कम्पनीले आ.व. २०७५।७६ मा ९ महिनाको अवधिमा आफूले प्राप्त गरेको ठेक्का बापतको सडक निर्माण गने कार्य सम्पादन गरेको रहेछ । सडक निर्माण गने कार्यमा उक्त कम्पनी ९ महिना संलग्न रहेकोले नेपालको ऐन अनसुार स्थायी संस्थापन मानिन्छ । सडक निर्माण बापत उक्त कम्पनीले रु.१ करोड करयोग्य आय प्राप्त गरेको रहेछ । यस अवस्थामा उक्त कम्पनी विदेशी स्थायी संस्थापन भएकोले आर्जन गरेको रु.१ करोडमा २५ प्रतिशतले कम्पनीलाई लाग्ने करको दर अनसुार हुने रु.२५ लाख आयकर तिर्नुपर्दछ । रु.२५ लाख आयकर तिरेपछि बाँकी रहेको रकम रु.७५ लाख उक्त कम्पनीको Head Office मा पठाएको रकम विदेशी स्थायी संस्थापनले विदेशमा पठाएको आय मानिने र उक्त आयमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (६) अनसुार ५ प्रतिशतले कर भुक्तानी गर्नुपर्दछ । स्थायी संस्थापनले कर तिरेको सबै आय आफ्नो मूल कम्पनीमा पठाउँदा विदेश पठाएको आय मानिने रकममा ऐनको दफा ३(ख) को व्यक्तिको रूपमा कर लाग्दछ ।

उदाहरण ११.२.३: Cosmos Insurance: Repatriation of PE’s Income

मानौं, भारतको कसमस बीमा कम्पनीले नेपालमा शाखा कार्यालय स्थापना गरी नेपालमा सामान्य बीमा व्यवसाय गरि आएको रहेछ । नेपालमा शाखा कार्यालय खोली बीमा व्यवसाय गरेकोले उक्त शाखा कार्यालय ऐन अनसुार विदेशी स्थायी संस्थापन हुन्छ । उक्त कम्पनीले आ.व.२०७५।७६ मा नेपालमा सामान्य बीमा कारोबार गरी रु.१ करोड आय आर्जन गरेको रहेछ । उक्त शाखाले कम्पनीलाई लाग्ने आयकरको दर अनसुार उक्त आयमा रु.३० लाख कर दायित्व भुक्तान गरी बाँकी रहेको रु.७० लाख मध्ये रु.५० लाख भारत स्थित आफ्नो मुख्य कार्यालयमा पठाएको रहेछ भने त्यसरी पठाइएको आयमा (Repatriated Income) मा अनुसूची १ को दफा २ को उपदफा (६) अनसुार ५ प्रतिशतले हुने रकम रु. २ लाख ५० हजार नेपालको शाखाले कर बापत दाखिला गर्नु पर्दछ ।

उदाहरण ११.५.१: Jordan LLC: PE’s Deduction for Cost of Trading Stock

मानौं, जोर्डन कम्पनी (Jordan LLC) को नेपालमा शाखा कार्यालय रहेछ । कम्पनीको जोर्डन को पेट्रामा अवस्थित कारखानाका सामान सो शाखा कार्यालयले आयात गरी नेपालमा बिक्रि गर्दो रहेछ ।
जोर्डन कम्पनी (Jordan LLC) को शाखा कार्यालय नेपालमा रहेकाले सो शाखा कार्यालय नेपालमा रहेको स्थायी संस्थापन हुन्छ ।
जोर्डन कम्पनी (Jordan LLC) ले स्थायी संस्थापनको रूपमा रहेको नेपाल शाखामा पठाएको सामान सो शाखाले बजार मूल्यमा आयात गरी खरिद गरेको मानिन्छ । आयात बापतको रकम व्यापारिक मौज्दातको निसर्गमा लागत कट्टीको रूपमा ऐनको दफा १५ बमोजिम खर्च कट्टी पाउँर्दछ ।

उदाहरण ११.६.१: Denmark A/S: Disposal of PE

मानौं, डेनमार्क कम्पनी (Denmark A/S) ले चतरा दोलालघाट स्टिमर वे निर्माणको ठेक्का लिएको रहेछ । निर्माणको काम सुरु गरेको आठ महिनामा उसको प्रगति पाँच महिना बराबरको काम मात्र भएछ । कम्पनीले सो ठेक्का र सम्बन्धित सबै सम्पति दायित्व बल्गेरिया कम्पनी (Bulgaria AD) लाई बिक्रि गरेछ । सुरु सम्झौता अनसुार स्टिमर वे निर्माणको कार्य तीन वर्षमा पूरा गर्नु पर्ने रहेछ ।
डेनमार्क कम्पनी (Denmark A/S) को नेपालमा रहेको स्थायी संस्थापनको निसर्ग भएकाले बल्गेरिया कम्पनी (Bulgaria AD) ले तिरेको रकम सो स्थायी संस्थापनको निसर्ग बापत आयकर ऐन, २०५८ को दफा ३९ अनसुारको आम्दानी (incomings) हुन्छ भने स्थायी संस्थापनको खुद सम्पतिको कराधार ऐनको दफा ३८ अनसुारको खर्च (outgoings) हुन्छ ।
यसरी स्थायी संस्थापनको निसर्गमा भएको ऐनको दफा ३७ बमोजिमको खर्दु लाभ (gain on disposal of permanent establishment) नेपालमा स्रोत भएको लाभ मानिन्छ र ऐनको दफा ९ अनसुार कर लाग्र्दछ ।

उदाहरण ११.७.१: Romania SNC: Transfer Pricing on PE’s Income

मानौं, रोमानीया साझेदारी (Romania SNC) को नेपालमा शाखा कार्यालय रहेछ । कम्पनीको रोमानीयामा अवस्थित कारखानाका सामान सो शाखा कार्यालयले आयात गरी नेपालमा बिक्रि गर्दो रहेछ । आयातको मूल्य निर्धारण गर्दा रोमानीयाको कारखाना स्थलको बिक्रि मूल्य कायम नगरी नेपाली ग्राहकको मूल्य कायम गरिने गरेको रहेछ । नेपाली ग्राहकको मूल्यमा नै आयात भएकाले शाखा कार्यालयको कुनै आय बच्दो रहेनछ ।
रोमानीया साझेदारी (Romania SNC) को शाखा कार्यालय नेपालमा रहेकाले सो शाखा कार्यालय नेपालमा रहेको स्थायी संस्थापन हुन्छ ।
रोमानीया साझेदारी (Romania SNC) र यसको शाखा कार्यालयबीचको कारोबार स्वतन्त्र व्यक्ति सरहको नभई नेपाली ग्राहकको मूल्य रोमानीयामा रहेको कार्यालयमा नै गणना गरिएकालेयसमा मूल्य हस्तान्तरण (Transfer Pricing) व्यवस्था लागूहुन्छ । आयकर ऐन, २०५८ को दफा ५६ र दफा ३३ बमोजिम समायोजन गरेको रकम स्थायी संस्थापनको
खर्च कट्टी हुन्छ ।

उदाहरण ११.७.१: Algeria Co.: Deduction of Interest, Royalty and Management Fees

मानौं, अल्जेररया कम्पनी (Algeria Co.) को नेपालमा बिक्रि शाखा रहेछ । नेपालको शाखाको बिक्रि कम्पनीको कुल बिक्रिको २ प्रतिशत रहेछ । कम्पनीले शाखा कार्यालयमा वार्षिक ७ प्रतिशत ब्याज लाग्ने गरी रु.३ करोड ऋण दिएको रहेछ ।
उक्त ऋणको स्रोतमा रु.१ करोड अल्जेररयाको बैंकसँग ६ प्रतिशत ब्याजदरमा शाखा कार्यालयको व्यवसायका लागि भनेर लिएको, रु.१ करोड अफ्रिकन बैंकसगँ ६ प्रतिशत ब्याजदरमा कम्पनीका विभिन्न व्यवसायका लागि लिएको रु.१५ करोड मध्येको र रु.१ करोड कम्पनीको आफ्नै स्रोतको रहेछ ।
कम्पनीको आफ्नैब्रान्ड लोगो रहेछ । आफ्नो लोगो बापत शाखा कार्यालयबाट वार्षिक रु.१ करोड लिने गरेको रहेछ । यसमा उत्पादित सामान मध्ये एउटा सामानको लोगो स्पेन कम्पनी (Spain S.A.) को रहेको र उक्त कम्पनीको लोगो बापत व्यवस्थापन रु.३० लाख तिरेको रकम समावेश रहेछ ।
कम्पनीले शाखा कार्यालयबाट वार्षिक रु.२ करोड व्यवस्थापन शुल्क लिने गरको रहेछ र कम्पनीको वार्षिक व्यवस्थापन खर्च रु.५० करोड रहेछ ।
माथि उपलब्ध सूचना अनसुार देहाए अनसुार शाखा कार्यालयको खर्च कट्टी पाइन्छः
▪ अल्जेररयाको बैंकसँग लिएको ऋण रु.१ करोडको ६ प्रतिशत र अफ्रिकन बैंकसँग लिएको ऋण रु.१ करोड ६ प्रतिशत ब्याज खर्च कट्टी हुन्छ ।
▪ कम्पनीको आफ्नै ब्रान्ड लोगो बापत नेपालको शाखा कार्यालयबाट लिएको रु.१ करोड खर्च कट्टी हुदैन, तर स्पेन कम्पनी (Spain S.A.) को लोगो बापत वार्षिक रु.३० लाख खर्च कट्टी हुन्छ ।
▪ कम्पनीले नपेालको शाखा कार्यालयबाट लिएको रु.२ करोड व्यवस्थापन शुल्क खर्च कट्टी हुदैन, तर कम्पनीको वार्षिक व्यवस्थापन खर्च रु.५० करोडको २ प्रतिशतले हुने रु.१ करोड भने खर्च कट्टी हुन्छ ।

उदाहरण ११.१०.१: Iraq Co.: Business Concession and Reduction to PE

मानौं, इराक कम्पनी (Iraq Co.) ले नेपालमा घरायसी सामान उत्पादन गर्ने कारखाना २०७६ चैत्रमा खोलेको रहेछ । सो कारखाना खोल्र्दा पुँजीगत लगानी रु.२ अर्ब खर्च भएको रहेछ र ६०० नेपाली नागररकलाई रोजगारी दिएको रहेछ ।
इराक कम्पनी (Iraq Co.) को कारखाना भएकाले यो नेपालमा रहेको स्थायी संस्थापन हुन्छ । आयकर ऐन, २०५८ को दफा ११ अनसुार रु.१ अर्बभन्दा बढी लगानीको विशेष उद्योग खोलिएको अवस्थामा पहिलो पाँच वर्ष आयकर पूरै छुट हुन्छ । त्यसकारण, सो स्थायी संस्थापन कारखानाको पहिलो पाँच वर्ष कर छुट पाउने सुबिधा अन्तर्गत कर दाखिला गर्नु पर्दैन ।

उदाहरण ११.१०.२: Iraq Co.: Repatriation of PE’s Income

मानौं, इराक कम्पनीको मानथको उदाहरण ११.१०.१ मा कारखानाको व्यावसायिक आयमा आयकर ऐन, २०५८ को दफा ११ बमोजिम शत प्रतिशत नै कर सहुलियत हुने हनुाले कर लाग्र्दैन ।
तर सो आय विदेश पठाएको अवस्थामा भने सो दफाको सहुलियत नभएकाले ५ प्रतिशत कर लाग्दछ ।

उदाहरण ११.१०.३: Global Life Insurance Company: Repatriation of PE’s Income

मानौं, ग्लोबल लाईफ इन्स्योरेन्स कं . (Global Life Insurance Company) को शाखा कार्यालय नपेालको सम्बन्धित निकायबाट ईजाजत नलई नेपालमा व्यवसाय सञ्चालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन हो । उक्त निकायले नेपालमा लगानी बीमा व्यवसाय गरी आर्जन गरेको आय सो कम्पनी आफैले वितरण गर्न नमिलेको कारण त्यस्तो रकम आफ्नो Parent Company लाई पठाएको खण्डमा उक्त रकम विदेशमा पठाएको आय मानिन्छ र त्यस्तो विदेशमा पठाउने आयमा ५ प्रतिशतका दरले कर कट्टी गरी बाँकी रकम मात्रै भुक्तानी गर्नु पर्दछ ।

उदाहरण ११.१०.४: Singapore Bhd.: Computation of Repatriated Income of PE

मानौं, सिंगापुर कम्पनी (Singapore Bhd.) र सो कम्पनीका सम्बद्ध व्यक्तिको नेपालमा रहेको शाखा कार्यालयसँग भएको कारोबार नियमानुसर रहेछः

 

Singapore Bhd.

Singapore Sdn. Bhd. (100% Subsidiary)

Malaysia Branch Singapore Bhd.

Total

Opening Payables (Receivables)

3,000,000

2,000,000

(1,000,000)

4,000,000

Purchases

5,000,000

2,000,000

7,000,000

Sales

2,500,000

3,000,000

2,500,000

8,000,000

Payments (received) during the year

5,000,000

2,500,000

(2,500,000)

5,000,000

Profit after Tax

6,500,000

6,500,000

Closing Payables

7,000,000

(3,500,000)

1,000,000

4,500,000

नेपालमा रहेको शाखा कार्यालय नेपालको स्थायी संस्थापन हुने र सिंगापुर कम्पनी (Singapore Bhd.) र सो कम्पनीका सम्बद्ध व्यक्तिको वर्षको सुरुको तिर्न बाँकी रकम रु. ४० लाख रहेकोमा वर्षान्तमा सो रकम बढेर रु. ४५ लाख पुगेको रहेछ । तर स्थायी संस्थापनको आय रु. ६५ लाख भएकाले विदेश पठाएको आयमा नियमानुसर कर गणना गर्नु पर्दछ:

Opening payables

4,000,000

Closing payables

4,500,000

Increment in payables

500,000

Profits during the year

6,500,000

Repatriation of profits

6,000,000

Repatriation tax @5%

300,000

उदाहरण ११.११.१: Qatar Company: Force of Attraction Rule as per DTAA

मानौं, कतार लिमिटेड (Qatar Company) ले नेपालमा रहेको एजेन्ट मार्फत रु.७ करोडको सामान बिक्रि गरेको रहेछ । कम्पनीले नेपाल सरकारको सामान आपूर्ति गर्ने एउटा ठेक्का प्राप्त गरेछ र सो ठेक्कामा रु.४ करोड भुक्तानी पाएछ ।
नेपाल र कतार बीच भएको कर सन्धिको धारा ७ को अनुच्छेद-१ अनसुार कतारका बासिन्दाको नेपालमा स्थायी संस्थापन भएको अवस्थामा सो स्थायी संस्थापनले गरे सरहका सबै व्यावसायिक कार्यहरू (Sales in that other State of goods or merchandise of the same or similar kind as those sold through that permanent establishment) जोडी स्थायी संस्थापनलाई कर लगाइने हनुाले उक्त स्थायी संस्थापनको बिक्रि रु.११ करोड मानिन्छ ।