Skip to content

परिच्छेद ९ विविध

३७. मुद्दाको तहकिकात गर्ने अधिकृत

ऐनको परिच्छेद- २३ बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको तहकिकात विभागले खटाएको अधिकृतले गर्नेछ ।

३८. दुर्गम भत्ताको सीमा

ऐनको अनुसूची १ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछ:
[(क) “क” वर्गका क्षेत्रमा पचास हजार रुपैयाँ ।] 1
[(ख) “ख” वर्गका क्षेत्रमा चालीस हजार रुपैयाँ ।] 2
[(ग) ग वर्गका क्षेत्रमा तीस हजार रुपैयाँ ।] 3
[(घ) “घ” वर्गका क्षेत्रमा बीस हजार रुपैयाँ ।] 4
[(ङ) “ङ” वर्गका क्षेत्रमा दस हजार रुपैयाँ ।] 5

३९. निवृत्तभरण आय

ऐनको अनुसूची-१ को दफा १ को [उपदफा (९क)] 6 बमोजिम कट्टी गरिने रकम निवृत्तभरण आयभन्दा बढी हुने छैन ।

४०. खारेजी र परिणाम

(१) आयकर नियमावली, २०३९ खारेज गरिएको छ । (२) आयकर नियमावली, २०३९ बमोजिम गरिएको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।


  1. तेस्रो संशोधनद्वारा संशोधित । मूल नियमको व्यवस्था: "(क) “क” वर्गका क्षेत्रमा तीस हजार रुपैयाँ ।” 

  2. तेस्रो संशोधनद्वारा संशोधित । मूल नियमको व्यवस्थाः “(ख) “ख” वर्गका क्षेत्रमा चौबीस हजार रुपैयाँ । ” 

  3. तेस्रो संशोधनद्वारा संशोधित । मूल नियमको व्यवस्थाः (ग) “ग” वर्गका क्षेत्रमा अठार हजार रुपैयाँ । ” 

  4. तेस्रो संशोधनद्वारा संशोधित । मूल नियमको व्यवस्थाः (घ) “घ” वर्गका क्षेत्रमा बाह्र हजार रुपैयाँ ।” 

  5. तेस्रो संशोधनद्वारा संशोधित । मूल नियमको व्यवस्थाः “ (ङ) “ङ” वर्गका क्षेत्रमा छ हजार रुपैयाँ ।” 

  6. तेह्रौं संशोधनद्वारा संशोधित । मूल नियममा “उपदफा (९)” भन्ने शब्दहरु रहेका ।