अनुसूचीहरु
अनुसूची १: मिति २०७३।०४।०१ देखि कायम भएका राजस्व शीर्षकहरुः
| सि.नं | आ.व.२०७६.०४.०१ देखि कायम भएको राजस्व संकेत | राजस्व आधार शीर्षक, मूल शीर्षक, शीर्षक तथा आधार शीर्षक | आ.व. २०७५/०७६ मा कायम भएका संकेतहरु | व्याख्या |
|---|---|---|---|---|
| १ | १११११ | एकलौटी फर्म तथा व्यक्तिगत आयमा | १११११ | एकलौटी फर्म तथा व्यक्तिगत आयम लाग्ने कर यसमा पर्दछ । |
| २ | ११११२ | पारिश्रमिक कर | ११११२ | कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलब, ज्याला मजदुरी, पारिश्रमिक भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने आयमा लाग्ने कर यसमा पर्दछ । |
| ३ | ११११३ | पूँजीगत लाभ कर | ११११३ | घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पुँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने यसमा पर्दछ । |
| ४ | १११२० | निकायको आयमा लाग्ने कर | १११२० | व्यवसायिक निकाय तथा संस्थानको आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन । |
| ५ | १११२१ | निकायको मुनाफामा लाग्ने कर संस्थान सरकारी | १११२१ | सरकारको पूर्ण वा अधिकांश (५० प्रतिशत भन्दा बढी) स्वामित्व भएका सरकारी निकाय तथा त्यस्ता निकायको व्यवस्थापकीय नियन्त्रण भएको निकायको आयमा लाग्ने कर यसमा पर्दछ । |
| ६ | १११२२ | निकायको मुनाफामा लाग्ने कर पब्लिक लिमिटेड कम्पनी | १११२२ | कुनै विशेष ऐन वा कम्पनी ऐन अन्तर्गत दर्ता भएका पब्लिक लिमिटेड कम्पनी र सरकारको ५० प्रतिशत भन्दा कम स्वामित्व भएका कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ । |
| ७ | १११२३ | निकायको मुनाफामा लाग्ने कर प्राइभेट - लिमिटेड कम्पनी | १११२३ | कम्पनी ऐन अन्तर्गत दर्ता भएका प्राइभेट लिमिटेड कम्पनी तथा आयकर ऐन बमोजिम तोकिएको कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ । |
| ८ | १११२४ | निकायको मुनाफामा लाग्ने कर अन्य संस्था | १११२४ | माथि उल्लिखित उपशीर्षक १११२९ देखि १११२३ भित्र परेका बाहेक अन्य संस्थाहरु :- साझेदारी फर्म, सहकारी संस्था, ट्रष्ट, युनिट ट्रष्ट, संघ संस्था, विदेशी कम्पनी एवं अन्य निकायको आयमा लाग्ने कर यसमा पर्दछ । |
| ९ | १११२५ | पुँजीगत लाभकर- निकाय | १११२५ | घर, जग्गा, शेयर आदि सम्पत्तिको विक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पुँजीगत लाभमा निकायलाई लाग्ने कर यसमा पर्दछ । |
| १० | १११३० | लगानीको आय तथा अन्य आयमा लाग्ने कर | १११३० | माथि उल्लेखित शीर्षक १११११ देखि १११२५ भित्र परेका बाहेक अन्य आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन । |
| ११ | १११३१ | सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर | १११३१ | घर, जग्गा, सवारी साधन तथा अन्य अचल |
| १२ | १११३२ | व्याजमा लाग्ने कर | १११३२ | बैंक, वित्त कम्पनी वा अन्य निकाय वा व्यक्तिबाट भुक्तानी गरिने वा प्राप्त हुने व्याजमा लाग्ने कर यसमा पर्दछ । |
| १३ | १११३३ | लाभांशमा लाग्ने कर | १११३३ | कुनै पनि कम्पनी वा निकायमा लगानी गरे वापत प्राप्त हुने लाभांशमा लाग्ने कर यसमा पर्दछ । |
| १४ | १११३४ | लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर | १११३४ | लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर यसमा पर्दछ । |
| १५ | १११३५ | आकस्मिक लाभ कर | १११३५ | जुवा, चिठ्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभका स्रोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ । |
| १६ | १११३९ | अन्य आयमा लाग्ने कर | १११३९ | माथि उल्लिखित शीर्षक नं. हरुमा नपरेका अन्य आयमा लाग्ने कर यसमा पर्दछ । |
| १७ | ११२११ | पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर | ११२११ | कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलब, ज्याला मजदुरी, पारिश्रमिक भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने समग्र आयमा एकमुष्ट रुपमा तोकिए बमोजिम लिईने सामाजिक सुरक्षा कर यसमा पर्दछ । |
| १८ | ११४४२ | स्वास्थ्य सेवा कर | ११४४२ | सरकार तथा सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेक अन्य स्वास्थ्य संस्थाले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने कर यसमा पर्दछ । |
| १९ | ११४४३ | शिक्षा सेवा कर शैक्षिक संस्था | ११४४३ | निजी शैक्षिक संस्थाहरुले प्रदान गर्ने तोकिएका शैक्षिक सेवाहरुमा लाग्ने शिक्षा सेवाशुल्क यसमा पर्दछ । |
| २० | ११४४४ | शिक्षा सेवा कर वैदेशिक अध्ययन | ११४४४ | विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले बुझाउनु पर्ने शिक्षण शुल्कमा लाग्ने सेवा शुल्क वापतको रकम यसमा पर्दछ । |
| २१ | ११४५४ | सडक निर्माण तथा सम्भार कर | ११४५४ | सवारी साधन दर्ताका वखत यातायात व्यवस्था कार्यालयमा सवारी साधनको किसिम अनुसार संकलन गरिने कर यसमा पर्दछन् । |
| २२ | १४२१४ | दुरसंचार सेवा शुल्क | १४२१४ | दुरसंचार सेवा शुल्क वापतको रकम यसमा पर्दछ |
| २३ | १४२१५ | टेलिफोन स्वामित्वको शुल्क | १४२१५ | टेलिफोन स्वामित्व वापतको रकम यसमा पर्दछ । |
| २४ | ३३३११ | मू.अ.कर उत्पादन | ३३१११ | उत्पादनकर्ताले वस्तु उत्पादन गरी विक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । |
| २५ | ३३३१३ | मू.अ.कर- वस्तु बिक्रि र वितरण | ३३११३ | थोक तथा खुद्रा विक्रेताबाट मूल्य अभिवृद्धि कर वापत तिर्नुपर्ने रकम यसमा पर्दछ |
| २६ | ३३३१४ | मू.अ.कर परामर्श तथा ठेक्का संकलन | ३३३१४ | सवै प्रकारको ठेक्का व्यवसाय तथा परामर्श सेवामा लाग्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागु हुनु अगाडि असुल हुन बाँकी रहेका ठेक्का कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ । |
| २७ | ३३३१५ | मू.अ.कर - पर्यटन सेवा संकलन | ३३३१५ | पर्यटन व्यवसायसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, पदयात्रा ( ट्रेकिङ), जलयात्रा (ऱ्याफ्टिङ) समेतका व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागु हुनु अगाडि असुल हुन बाँकी रहेका होटल कर असुल भएमा यसैमा जम्मा गर्नुपर्दछ । |
| २८ | ३३३१६ | मू.अ.कर संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा संकलन | ३३३१६ | सवै प्रकारका सञ्चार सेवा (सरकारी हुलाक सेवा बाहेक), बीमा र तोकिएका अन्य सेवाको विक्रीमा लगाइने मूल्य अभिवृद्धि कर र हवाई उडान कर वापतको रकम यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागु हुन अगाडि असुल हुन बाँकी रहेका मनोरञ्जन कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ । |
| २९ | ३३३१७ | मू.अ.कर बेदर्तावालाबाट गर्ने संकलन | ३३३१७ | नेपाल बाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्दा उठाउनु पर्ने मूल्य अभिवृद्धि कर, काठ विक्रीमा लगाइने मूल्य अभिवृद्धि कर, स्थानीय तह वा नेपालस्थित अन्तर्राष्ट्रिय संघ, संस्था वा नियोग वा सरकार वा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको कारोवार गर्ने सार्वजनिक संस्थानले संकलन दाखिला गर्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । |
| ३० | ३३३३१ | अन्तःशुल्क सुर्तिजन्य पदार्थ | ३३१३१ | सबै प्रकारका सुर्तीजन्य पदार्थको उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ । |
| ३१ | ३३३३२ | अन्तः शुल्क मंदिरा | ३३१३२ | मदिरा (वाइन र हल्का पेय पर्दाथ समेत) मा |
| ३२ | ३३३३३ | अन्तः शुल्क - वियर | ३३१३३ | वियरको उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ । |
| ३३ | ३३३३४ | अन्तःशुल्क अन्य औद्योगिक उत्पादन | ३३१३४ | माथि उल्लिखित उपशीर्षक ३३३३१, ३३३३२ र ३३३३३ मा परेको बाहेक अन्य औद्योगिक उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ । |
अनुसूची २ दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले पेश गर्नुपर्ने
१. दीर्घकालीन करार सम्पन्न प्रतिशतको गणना फारम
| विवरण | १ करारको जम्मा रकम रु. | २ गत आ.व. सम्मको रकम रु. | ३ यस आ.व. को रकम रु. | ४ यस आ.व. सम्मको रकम रु. |
|---|---|---|---|---|
| निर्माणमा प्रयोग भएका सामग्रीको लागत | ||||
| निर्माणस्थलको सुपरीवेक्षण र श्रमिक खर्च | ||||
| करारमा प्रयोग भएका उपकरणको ह्रास खर्च | ||||
| करारमा प्रयोग भएका उपकरणको ढुवानी खर्च | ||||
| करारमा प्रयोग भएका उपकरणको भाडा खर्च | ||||
| करारसंग प्रत्यक्ष रूपमा सम्बन्धित डिजाइन र प्राविधिक खर्च | ||||
| जम्मा | ||||
| करारको सम्पन्न प्रतिशत (महल ४/१X१०० |
द्रष्टव्य: यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरणसाथ पेश गर्नु पर्नेछ ।
२. क्रमबद्ध वृद्धिको योग अनुसार आयमा समावेश हुने रकमको गणना
| सि.नं. | विवरण | रकम रु. |
|---|---|---|
| १ | करार हुंदाको अवस्थामा अनुमान गरिएको सो करारको कुल आय रु. | |
| २ | यस आ.व. सम्ममा कुल अनुमानित आयमा थप वा कमी हुन गएको रकम रु. | |
| ३ | करारको जम्मा अनुमानित आय रु. | |
| ४ | सम्पन्न प्रतिशतको गणना फारम अनुसार करारको सम्पन्न प्रतिशत | |
| ५ | क्रमबद्ध वृद्धिको योग अनुसार आयमा समावेश हुने रकम (महल३X४) रू. |
द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ ।
३. क्रमबद्ध वृद्धिको योग अनुसार कट्टी हुने रकमको विवरण
| खर्चको विवरण | गत आ.व. सम्म रु | यस आ.व. को रु. | यस आ.व. सम्मको रु. |
|---|---|---|---|
| ब्याज खर्च (दफा १४) | |||
| लागत खर्च (सम्पन्न प्रतिशत गणना फारमको महल ४ को जम्मा रकम) | |||
| मर्मत तथा सुधार खर्च (दफा १६) | |||
| प्रदूषण नियन्त्रण खर्च (दफा १७) | |||
| अनुसन्धान तथा विकास खर्च (दफा १८) | |||
| ह्रास खर्च (दफा १९) | |||
| कट्टी हुने अन्य खर्च | |||
| जम्मा |
द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ ।
४. करारको अन्त्य सम्ममा कट्टी हुने अनुमानित प्रत्यक्ष खर्च र कुल खर्चको गणना
| अनुमानित खर्चको विवरण | करार हुँदाको समयमा अनुमान गरिएको रु. | यस आ.व. सम्ममा थप वा कमी भएको +/- रू. | जम्मा रु. |
|---|---|---|---|
| निर्माणमा प्रयोग हुने सामग्रीको लागत | |||
| निर्माण स्थलको सुपरीवेक्षण र श्रमिक खर्च | |||
| करारमा प्रयोग भएका उपकरणको ह्रास खर्च | |||
| करारमा प्रयोग भएका उपकरणको ढुवानी खर्च | |||
| करारमा प्रयोग भएका उपकरणको भाडा खर्च | |||
| करारसंग प्रत्यक्ष रुपमा सम्बन्धित डिजाइन र प्राविधिक खर्च | |||
| करारको अन्त्यसम्ममा कट्टी हुने अनुमानित प्रत्यक्ष खर्च | |||
| करारको अन्त्यसम्ममा कट्टी हुने अन्य अनुमानित खर्च |
द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ । उपरोक्त अनुसार कुनै करारको अनुमानित आय गणना गर्दा साविकमा आय विवरणमा समावेश गरिसकेको भन्दा कम आय गणना हुने अवस्था रहेमा पहिले बढी देखाएको हदसम्मको आयको रकमलाई खर्चको रुपमा कट्टी गर्नुपर्दछ ।
अनुसूची ३ दुर्गम क्षेत्र सम्बन्धी व्यवस्था
दुर्गम क्षेत्रको वर्गीकरण देहाए बमोजिम रहेको छ ।
१. "क" वर्गमा रहने क्षेत्र
(१) मनाङ्ग जिल्ला (२) कालिकोट जिल्ला (३) मुगु जिल्ला (४) डोल्पा जिल्ला (५) हुम्ला जिल्ला (६) बाजुरा जिल्ला
२. “ख” वर्गमा रहने क्षेत्र
(क) ताप्लेजुङ्ग जिल्लाको धुन्सा ओलाङचुङगोला र यसमा पर्ने गा. वि. स.
(ख) संखुवासभा जिल्लाको निम्न गाउँ विकास समिति १. चेपुवा २. हेदाङ्ना ३. किमाथांका ४. स्याकसिला ५. वालुङ ६. सीमाजोर
(ग) सोलुखुम्बु जिल्लाको निम्न गाउँ विकास समिति १. खोम्जुङ २. नाम्चे ३. चौरी खर्क
(घ) दोलखा जिल्लाको गोगर गाउँ विकास समिति
(ङ) रसुवा जिल्लाको टिमुर गाउँ विकास समिति
(च) गोरखा जिल्लाको निम्न गाउँ विकास समिति १. सिर्दिवास २. प्रोक ३. लोहा ४. केरोजा ५. छेकाम्पार ६. मान्बु
(छ) बाग्लुङ्ग जिल्लाको निम्न गाउँ विकास समिति १. बोड़ा २. निसी ३. हुकाम ४. रम्मा ५. मैकोट ६. टकवाछी
(ज) मुस्ताङ्ग जिल्ला
(झ) जुम्ला जिल्ला
(ञ) बजाङ जिल्ला
(ट) डोटी जिल्लाको खप्तड जडिबुटी उद्यानको ९०० फिटभन्दा उचाईको भाग
(ठ) दार्चुला जिल्ला
३. "“ग” वर्गमा रहने क्षेत्र:
(क) रुकुम जिल्ला
(ख) जाजरकोट जिल्ला
(ग) दैलेख जिल्ला
(घ) अछाम जिल्ला
४. “घ” वर्गमा रहने क्षेत्रः
(क) ताप्लेजुङ जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(ख) भोजपुर जिल्ला
(ग) तेह्रथुम जिल्ला
(घ) संखुवा सभाको जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(ङ) खोटाङ जिल्ला
(च) ओखलढुङ्गा जिल्ला
(छ) सोलुखुम्बु जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(ज) धादिङ जिल्लाको निम्न गाउँ विकास समिति १. बुढाथुम २. लापा ३. फुलखर्क ४. रिगाउ ५. सल्यानकोट ६. सल्यानटार
(झ) सिन्धुपाल्चोक जिल्लाको निम्न गाउँ विकास समिति १. बराम्चो २. वरुवा ३. मौताडा ४. वीरता गोलदे ५. गुनसा ६. गुवा ७. किउल ८. लिस्टिकोट ९. महांकाल १०. पाग ताग ११. फुल्पीङ कटी १२. धागपालकोट १३. टिसुनठगल टिनस ध्यागल
(ञ) लमजुङ जिल्लाको निम्न गाउँ विकास समिति १. बाहुनडाँडा महेन्द्रोदय २. श्रीकाली काताधी ३. ठूलीवेसी पटाङ्गो ४. ठाकन फालिकादेवी
(ट) म्याग्दी जिल्ला
(ठ) रोल्पा जिल्ला
(ड) सल्यान जिल्ला
(ढ) प्यूठान जिल्ला
(ण) डोटी जिल्लाको “ख” वर्गमा परेका क्षेत्रदेखि बाहेक अन्य बाँकी क्षेत्र
(त) डडेलधुरा जिल्ला
(थ) बैतडी जिल्ला
५. “ङ” वर्गमा रहने क्षेत्र:
(क) पाँचथर जिल्ला
(ख) धनकुटा जिल्ला
(ग) रामेछाप जिल्ला
(घ) दोलखा जिल्ला
(ङ) रसुवा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(च) सिन्धुपाल्चोक जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउ विकास समिति
(छ) धादिङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(ज) लमजुङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(झ) गोरखा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
(ञ) गुल्मी जिल्ला
(ट) अर्घखाँची जिल्ला
(ठ) पर्वत जिल्ला
(ड) बाग्लुङ जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
अनुसूची ४(क) औद्योगिक व्यवसाय ऐन, २०४९ को अनुसूची - ३ क्षेत्रको वर्गिकरण
अति अविकसित क्षेत्र:
१. दार्चुला २. वुझाङ ३. वाजुरा ४. हुम्ला ५. जुम्ला ६. मुगु ७. कालिकोट ८. डोल्पा ९. मुस्ताङ १०. मनाङ ११. सोलुखुम्वु १२. संखुवासभा १३. खोटाङ १४. भोजपुर १५. अछाम १६. दैलेख १७. जाजरकोट १८. रुकुम १९. ओखलढुङ्गा २०. म्याग्दी २१. तेहथुम २२. रामेछाप
अविकसित क्षेत्र:
१. ताप्लेजुङ २. रोल्पा ३. वैतडी ४. रसुवा ५. गुल्मी ६. पर्वत ७. डडेलधुरा ८. प्यूठान ९. डोटी १०. सल्यान ११. पाँचथर १२. वाग्लुङ १३. सिन्धुपाल्चोक
अल्पविकसित क्षेत्र:
१. कैलाली २. सुर्खेत ३. अर्घाखाँची ४. पाल्पा ५. स्याङ्जा ६. धादिङ ७. लमजुङ ८. तनहुँ ९. गोरखा १०. सिन्धुली ११. उदयपुर १२. धनकुटा १३. ईलाम १४. कञ्चनपुर १५. बर्दिया १६. दाङ १७. नुवाकोट १८. काभ्रेपलान्चोक १९. दोलखा
अनुसूची ४(ख) औद्योगिक व्यवसाय ऐन, २०७३ को अनुसूची-१० दफा २२ को उपदफा (१) को खण्ड (ग) सँग सम्बन्धित
(क) अति अविकसित क्षेत्र:
१. बाजुरा २. जाजरकोट ३. डोल्पा ४. हुम्ला ५. जुम्ला ६. कालीकोट ७. दार्चुला ८. अछाम ९. बझाङ्ग १०. मुगु ११. रुकुम १२. दैलेख १३. तेर्हथुम १४. खोटाङ्ग १५. संखुवासभा १६. मनाङ १७. मुस्ताङ्ग १८. सोलुखुम्बु १९. ओखलढुङ्गा
(ख) अविकसित क्षेत्र:
१. बैतडी २. डडेलधुरा ३. म्याग्दी ४. भोजपुर ५. पाँचथर ६. प्यूठान ७. बाग्लुङ्ग ८. रसुवा ९. सिन्धुपाल्चोक १०. रामेछाप ११. सल्यान १२. रोल्पा १३. डोटी १४. ताप्लेजुङ्ग
(ग) कम विकसित क्षेत्रः
१. कैलाली २. बर्दिया ३. कञ्चनपुर ४. पाल्पा ५. लमजुङ्ग ६. गोरखा ७. अर्घाखाँची ८. धनकुटा ९. सुर्खेत १०. दाङ्ग ११. स्याङ्गजा १२. तनहुँ १३. उदयपुर १४. नुवाकोट १५. धादिङ्ग १६. काभ्रेपलाञ्चोक १७. कपिलवस्तु १८. सिरहा १९. रौतहट २०. सप्तरी २१. सर्लाही २२. महोत्तरी २३. इलाम २४. पर्वत २५. सिन्धुली २६. दोलखा २७. गुल्मी
अनुसूची ४(ग) औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची - १० औद्योगिक विकासको आधारमा जिल्लाहरुको वर्गीकरण दफा २४ को उपदफा (२) को खण्ड (ग) संग सम्बन्धित
(क) अति अविकसित क्षेत्र:
१. दार्चुला २. वैतडी ३. बझाङ्ग ४. बाजुरा ५. अछाम ६. डोटी ७. मुगु ८. डोल्पा ९. जुम्ला १०. हुम्ला ११. कालीकोट १२. जाजरकोट १३. रोल्पा १४. पूर्वी रुकुम १५. पश्चिम रुकुम १६. मुस्ताङ्ग १७. मनाङ्ग १८. सोलुखुम्बु १९. खोटाङ्ग २०. ओखलढुङ्गा २२. भोजपुर २१. ताप्लेजुङ्ग २३. पाँचथर
(ख) अविकसित क्षेत्रः
१. डडेलधुरा २. प्यूठान ३. दैलेख ४. म्याग्दी ५. पर्वत ६. लमजुङ्ग ७. सल्यान ८. गुल्मी ९. गोरखा १०. बाग्लुङ्ग ११. दोलखा १२. रामेछाप १३. सिन्धुली १४. सिन्धुपाल्चोक १५. रसुवा १६. धनकुटा १७. संखुवासभा १८. तेह्रथुम
(ग) कम विकसित क्षेत्रः
१. कञ्चनपुर
२. कैलाली
३. बर्दिया
४. दाङ
५. सुर्खेत
६. पाल्पा
७. अर्घाखाँची
८. स्याङ्गजा
९. कपिलवस्तु
१०. तनहुँ
११. नुवाकोट
१२. धादिङ्ग
१३. काभ्रेपलाञ्चोक
१४. रौतहट
१५. सर्लाही
१६. महोत्तरी
१७. सिरहा
१८. सप्तरी
१९. उदयपुर
२०. इलाम
अनुसूची ५(क) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ उद्योगको वर्गीकरण
उद्योगको वर्गीकरण:
यस ऐनको प्रयोजनको लागि उद्योगलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ:
(क) उत्पादनमूलक उद्योग: कोरा माल वा अर्ध प्रशोधित माल वा खेर गइरहेको मालसामानको वा अन्य मालसामान प्रयोग वा प्रशोधन गरी मालसामान उत्पादन गर्ने ।
(ख) उर्जामूलक उद्योग: जलस्रोत, वायु, शौर्यशक्ति, कोईला, प्राकृतिक तेल, ग्याँस, वायो ग्याँस तथा अन्य स्रोतबाट उर्जा पैदा गर्ने ।
(ग) कृषि तथा वनजन्य उद्योग: मूलतः कृषि वा वन पेदावारमा आधारित एकीकृत किसिमको रेशम खेती तथा रेशम उत्पादन फलफूल खेती तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरा पालन, मत्स्य पालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बीजन उत्पादन, च्याउ तरकारी खेती वा तरकारी प्रशोधन, नयाँ प्रविधिद्वारा विरुवा उत्पादन गर्ने उद्योग (टिस्यूकल्चर), ग्रिन हाउस, मौरी पालन, मह उत्पादन, रबर खेती फूल खेती तथा उत्पादन, कवुलियती वन एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसाय।
(घ) खनिज उद्योग: खनिज उत्खनन वा प्रशोधन गर्ने ।
(ङ) पर्यटन उद्योग: पर्यटन आवास, मोटेल, होटेल रेष्टुराँ, रिजर्ट, ट्राभर एजेन्सी, स्किइङ्ग, ग्लाईडिङ्ग, वाटर ऱ्याफ्टीङ्ग, केवलकार, कम्प्लेक्स, पोनी ट्रेकिङ्ग, पदयात्रा ( ट्रेकिङ्ग), हटएअर व्यालुनिङ्ग, प्यारा सेलिङ्ग, गल्फ कोर्स, पोलो, अश्वारोहण (हर्स राइडिङ्ग) आदि व्यवसाय ।
(च) सेवा उद्योग: कार्यशाला (वर्कशप), छापाखाना, परामर्श सेवा, जिनिङ्ग तथा वेलिङ्ग व्यवसाय, चलचित्र व्यवसाय, निर्माण व्यवसाय, सार्वजनिक परिवहन व्यवसाय, फोटोग्राफी, अस्पताल, नर्सिङ्ग होम, शिक्षण एवम् प्रशिक्षण संस्था, प्रयोगशाला, हवाई सेवा, शीत भण्डार आदि व्यवसाय ।
(छ) निर्माण उद्योग: सडक, पुल, रोपवे, रेल्वे, ट्रलिवस, टनेल, फ्लाईङ्ग ब्रीज तथा औद्योगिक व्यापारिक एवम् आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने ।
अनुसूची-५(ख) औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १५ उद्योगको वर्गीकरण तथा स्थिर पुँजी
उद्योगको वर्गीकरण
(१) यस ऐनको प्रयोजनको लागि उद्योगहरुलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ:
(क) लघु उद्यमः देहायको अवस्था भएको उद्योगलाई लघु उद्यम मानिनेछ:
(१) घर जग्गाबाहेक बढीमा पाँच लाख रुपैयाँसम्मको स्थिर पुँजी रहेको,
(२) उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको,
(३) उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको,
(४) वार्षिक कारोबार पचास लाख रुपैयाँ भन्दा कम रहेको, र
(५) इञ्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भएमा इञ्जिन उपकरण वा मेसिनमा खपत हुने विद्युतीय उर्जा, इन्धन वा अन्य तेल इन्जिनको क्षमता बीस किलोवाट वा सोभन्दा कम रहेको । तर उपखण्ड (१) देखि (५) सम्म जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची - १ बमोजिम स्वीकृति लिनुपर्ने उद्योगलाई लघु उद्यम मानिने छैन ।
(ख) घरेलु उद्योग: देहायको अवस्था भएको उद्योगलाई घरेलु उद्योग मानिनेछ :
(१) परम्परागत सीप र प्रविधिमा आधारित,
(२) श्रममूलक र खास सीप वा स्थानीय कच्चापदार्थ एवम् स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित,
(३) इन्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भएमा बढीमा दश किलोवाटसम्मको क्षमताको विद्युतीय उर्जा प्रयोग गरेको,
(४) अनुसूची २ मा उल्लेख भए बमोजिमका उद्योगहरु ।
(ग) साना उद्योग: लघु उद्यम र घरेलु उद्योग बाहेकको दश करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग
(घ) मझौला उद्योग: दश करोड रूपयाँभन्दा बढी पच्चीस करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग,
(ङ) ठूला उद्योग: पच्चीस करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योग ।
उपदफा (१) मा उल्लिखित उद्योगलाई त्यस्ता उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा देहाय बमोजिम वर्गीकरण गरिएको छ:
(क) उर्जामूलक उद्योग: उर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न अनुसूची ३ मा उल्लिखित उद्योगहरु,
(ख) उत्पादनमूलक उद्योग: कच्चापदार्थ, सहायक कच्चापदार्थ वा अर्ध प्रशोधित कच्चापदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरु,
(ग) कृषि तथा वन पैदावरमा आधारित उद्योग: कृषि वा वन पैदावारमा आधारित कच्चापदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वन पैदावरसँग सम्बन्धित अनुसूची- ४ मा उल्लिखित उद्योगहरु,
(घ) खनिज उद्योग: खनिज उत्खनन् वा प्रशोधन गरी कुनै धातु वा धातु बाहेकका खनिजपदार्थ उत्पादन गर्ने उद्योगहरु,
(ङ) पूर्वाधार उद्योग: भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने अनुसूची- ५ मा उल्लेख गरिएका उद्योगहरु,
(च) पर्यटन उद्योग: पर्यटन सेवासँग सम्बन्धित अनुसूची ६ मा उल्लिखित उद्योगहरु,
(छ) सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग: सूचना सङ्कलन, प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना सञ्चार वा सूचना प्रसारण प्रविधिको सेवा उपलब्ध गराउने अनुसूची - ७ मा उल्लिखित उद्योगहरु,
(ज) सेवामूलक उद्योग: सेवा उत्पादन वा प्रदान गर्ने अनुसूची ८ मा उल्लिखित उद्योगहरु ।
अनुसूची ५ (ग) औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ उद्योगको वर्गीकरण तथा स्थिर पुँजी
उद्योगको वर्गीकरण
(१) यस ऐनको प्रयोजनको लागि उद्योगहरुलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ:
(क) लघु उद्यमः दफा ८ बमोजिम अनुमति लिनुपर्ने उद्योग बाहेक देहायको अवस्था भएको उद्योगलाई लघु उद्यम मानिनेछ:
(१) घर जग्गाबाहेक बढीमा बीस लाख रुपैयाँसम्मको स्थिर पुँजी रहेको
(२) उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको
(३) उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको
(४) वार्षिक कारोबार एक करोड रुपैयाँ भन्दा कम रहेको
(५) इञ्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भएमा इञ्जिन उपकरण वा मेसिनमा खपत हुने विद्युतीय उर्जा, इन्धन वा अन्य तेल इन्जिनको क्षमता बीस किलोबाट वा सोभन्दा कम रहेको ।
(ख) घरेलु उद्योग: देहायको अवस्था भएको उद्योगलाई घरेलु उद्योग मानिनेछ:
(१) परम्परागत सीप र प्रविधिमा आधारित,
(२) श्रममूलक र खास सीप वा स्थानीय कच्चापदार्थ एवम् स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित,
(३) इन्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भएमा बढीमा पचास किलोवाटसम्मको क्षमताको विद्युतीय उर्जा प्रयोग गरेको,
(४) अनुसूची २ मा उल्लेख भए बमोजिमका उद्योगहरु ।
(ग) साना उद्योग : लघु उद्यम र घरेलु उद्योग बाहेकको पन्ध्र करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग
(घ) मझौला उद्योग : पन्ध्र करोड रुपैयाँभन्दा बढी पचास करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग,
(ङ) ठूला उद्योग : पचास करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योग ।
उपदफा (१) मा उल्लिखित उद्योगलाई त्यस्ता उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा देहाय बमोजिम वर्गीकरण गरिएको छ :
(क) उर्जामूलक उद्योग : उर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न अनुसूची ३ मा उल्लिखित उद्योगहरु,
(ख) उत्पादनमूलक उद्योग : कच्चापदार्थ, सहायक कच्चापदार्थ वा अर्ध प्रशोधित कच्चापदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरु,
(ग) कृषि तथा वन पैदावरमा आधारित उद्योग : कृषि वा वन पैदावारमा आधारित कच्चापदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वन पैदावरसँग सम्बन्धित अनुसूची ४ मा उल्लिखित उद्योगहरु,
(घ) खनिज उद्योग: खनिज उत्खनन् वा प्रशोधन गरी कुनै धातु वा धातु बाहेकका खनिजपदार्थ उत्पादन गर्ने उद्योगहरु,
(ङ) पूर्वाधार उद्योग: भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने अनुसूची ५ मा उल्लेख गरिएका उद्योगहरु,
(च) पर्यटन उद्योग : पर्यटन सेवासँग सम्बन्धित अनुसूची ६ मा उल्लिखित उद्योगहरु,
(छ) सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग: सूचना सङ्कलन, प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना सञ्चार वा सूचना प्रसारण प्रविधिको सेवा उपलब्ध गराउने अनुसूची ७ मा उल्लिखित उद्योगहरु,
(ज) सेवामूलक उद्योग सेवा उत्पादन वा प्रदान गर्ने अनुसूची ८ मा उल्लिखित उद्योगहरु ।
अनुसूची ६ द्विविधाको पूर्वादेश माग गर्ने निवेदनको ढाँचा
आ.रा.वि. फा.नं. १०
श्रीमान महानिर्देशकज्यू,
आन्तरिक राजस्व विभाग, लाजिम्पाट |
महोदय,
विषय: द्विविधाको पूर्वादेश पाउँ ।
आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ / मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा भएको निम्न व्यवस्थाको सन्दर्भमा द्विविधा परेकोले रु.१०/- को टिकट टाँसी पूर्वादिश पाउनको लागि अनुरोध छ । यो विषय नेपाल राज्यको कुनै अदालतमा विचाराधीन रहेको वा अदालतबाट निर्णय भइनसकेको व्यहोरा समेत अनुरोध छ ।
द्विविधा भएको विषयको विवरण
१. द्विविधा भएको ऐन नियमको, दफा, नियम :
२. उक्त दफा र नियममा भएको व्यवस्था :
३. उक्त व्यवस्थाको सम्बन्धमा भएको द्विविधा वा कठिनाई :
४. माग गरिएको पूर्वादेशको विवरण र सो सम्वन्धमा करदाताको जिकिर सहितको सुझाव :
५. संलग्न गरिएको कागजातको विवरण :
६. पूर्वादेश माग गरेको विषय मेरो आफ्नो कारोवारसँग सम्बन्धित छ भन्ने घोषणा गर्दछु ।
पूर्वादेश माग गर्ने निकायको विवरण
नाम :
ठेगाना :
स्थायी लेखा नम्बर :
निवेदकसँग निकायको सम्बन्ध :
पूर्वादेश माग गर्ने व्यक्तिको विवरण
निवेदकको नाम, थर :
दस्तखत :
ठेगाना :
पद :
टेलिफोन / मोबाइल नम्बर:
अनुसूची ७ कर छुट संस्थाको दर्ता प्रमाणपत्र नवीकरण गराउन दिनुपर्ने निवेदनको ढाँचा
मिति:
श्रीमान् कर अधिकृत / प्रमुख कर अधिकृत / प्रमुख कर प्रशासकज्यू
.......... कार्यालय,
..........
बिषय: आयकर छुट संस्थाको दर्ता प्रमाणपत्र नवीकरण ।
श्रीमान्,
यस संस्थाले मिति .......... मा कार्यालय, .......... बाट कर छुट संस्थाको दर्ता प्रमाणपत्र प्राप्त गरेकोमा सो प्रमाणपत्र आयकर नियमावली, २०५९ को नियम ५.क. बमोजिम नवीकरण गरी पाउन यो निवेदन पेश गरेको छु । नवीकरण प्रयोजनका लागि देहायका विवरण तथा कागजातहरू निवेदन साथ संलग्न राखेको छु ।
(क) आर्थिक वर्ष .......... को बित्तीय विवरण (ख) आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम आर्थिक वर्ष .......... को आय विवरण (ग) आर्थिक वर्ष .......... मा अग्रिम कर कट्टी गर्नुपर्ने खर्चहरूको विवरण तथा कर कट्टी गरेको रकम राजस्व दाखिला गरेको प्रमाण । (घ) प्रमाणपत्र जारी हुँदाका बखत पेश गरेको संस्थाको विधानमा उल्लेख भएको उद्देश्य परिवर्तन / संशोधन भएको भए सोको प्रतिलिपी ।
निवेदकको
दस्तखतः
नामथरः
पद वा संस्थामा रहेको हैसियतः
ठेगाना:
फोन / मोवाइल नम्बर:
ईमेल ठेगाना :
संस्थाको नाम र आयकर छुट प्रमाणपत्र नम्बरः
संस्थाको छापः
अनुसूची ८: अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
नेपाल सरकार आयकर छुट पाउने संस्था दर्ता प्रमाणपत्र
आयकर छुट प्रमाणपत्र नम्बरः
जारी मितिः
देहायमा उल्लेख भएको संस्था आयकर ऐन, २०५८ को दफा २ खण्ड (ध) को उपखण्ड (१) को (क) मा उल्लेख भए बमोजिमको नाफा नकमाउने उद्देश्यले स्थापना भएको संस्था रहेको र (ख) मा उल्लेख भए बमोजिमको सामाजिक संस्था रहेको र खेलकुद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएको अव्यवसायी खेलकुद संस्था रहेको देखिएकोले आयकर ऐन, २०५८ को दफा २ को खण्ड (ध) को उपखण्ड (१) तथा आयकर नियमावली, २०५९ को नियम ३ को उपनियम (२) बमोजिम सो संस्थालाई आयकर छुट पाउने संस्थाको रूपमा दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
१. संस्था सम्बन्धी विवरण
(क) स्थायी लेखा नम्बर :
(ख) नाम :
(ग) ठेगाना :
(घ) फोन नम्बर :
(ड) ईमेल ठेगाना / वेबसाइट:
(च) संस्थाको उद्देश्यः
(छ) भौगोलिक कार्यक्षेत्र :
२. संस्थाको प्रारम्भिक दर्ता सम्बन्धी विवरण
(क) दर्ता गर्ने निकाय:
(ख) दर्ता नम्बर:
(ग) दर्ता मितिः
३. मुख्य व्यक्तिको विवरण
(क) नाम र ठेगाना:
(ख) फोन / मोवाइल नम्बर:
(ग) ईमेल ठेगाना :
कर अधिकृत
अनुसूची ९ नवीकरण सम्बन्धी विवरण
आयकर छुट प्रमाणपत्र
संस्थाको नामः
नम्बर:
| क्र.सं. | आय वर्ष | नवीकरण भएको मिति | नवीकरण गर्ने अधिकृतको नाम, थर र दर्जा | नवीकरण गर्ने अधिकृतको दस्तखत |
|---|---|---|---|---|
द्रष्टव्य: यो प्रमाणपत्र प्राप्त गरेको संस्थाले देहाय बमोजिमका व्यवस्था पालना गर्नुपर्नेछ :
१. संस्थाको दर्ता प्रमाणपत्रमा उल्लेख भएबाहेक अन्य काम गरेमा कर छुटको सुविधा प्राप्त हुने छैन ।
२. संस्थाले प्राप्त गरेको रकम वा आयमध्ये आयकर ऐन, २०५८ को दफा १० को खण्ड (छ) मा उल्लिखित देहायको रकम बाहेक अन्य आयमा आयकर छुट हुने छैन:
(क) चन्दा उपहार, र
(ख) कुनै व्यक्तिले कुनै प्रतिफल प्राप्त नगरी वा प्रतिफलको आस नगरी संस्थाको उद्देश्यसँग प्रत्यक्ष रूपले सम्बन्धित कार्यका लागि प्रदान गरेका रकम वा योगदानहरू ।
३. संस्थाले चन्दा उपहार र कुनै व्यक्तिले कुनै प्रतिफल प्राप्त नगरी वा प्रतिफलको आस नगरी संस्थाको उद्देश्यसँग प्रत्यक्ष रूपले सम्बन्धित कार्यका लागि प्रदान गरेका रकम वा योगदानबाहेक अन्य कुनै आय आर्जन गरेमा सो रकमलाई करयोग्य आयमा समावेश गरी आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम आय विवरण पेश गरी आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण र दाखिला गर्नु पर्नेछ ।
४. आयकर ऐन, २०५८ को दफा ८७ ८८ ८८ र ८९ बमोजिम कुनै पनि व्यक्ति वा निकायलाई पारिश्रमिक, सेवा शुल्क वा लगानी प्रतिफल, आकस्मिक लाभ र ठेक्का वा करार बापतको कुनै रकम भुक्तानी गर्दा तत् तत् दफामा तोकिएको दरले हुने रकम अग्रिम कर कट्टी गरी सोको विवरण र करको रकम प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
५. हरेक आय वर्षको पौष मसान्तभित्रमा यो प्रमाणपत्र नवीकरण गराउनु पर्नेछ । प्रमाणपत्र नवीकरण गराउने प्रयोजनका लागि निवेदन दिँदा देहायका कागजात वा विवरण निवेदन साथ संलग्न हुनु पर्नेछ :
(क) आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम गत वर्षको आय विवरण
(ख) गत वर्षमा अग्रिम कर कट्टी गर्नुपर्ने खर्चको विवरण तथा कर कट्टी गरेको रकम राजस्व दाखिला गरेको प्रमाण ।
६. तोकिएको समयमा प्रमाणपत्र नवीकरण नगराएमा कर छुटको सुविधा प्राप्त हुने छैन ।
अनुसूची १० प्राकृतिक व्यक्तिको पारिश्रमिक आयमा लाग्ने करको दर
| सि.नं. | करको दर | आ.व. २०५८/५९ र २०५९/६० | आ.व. २०६०/६१ र २०६१/६२ | आ.व. २०६२/६३ र २०६३/६४ | आ.व. २०६४/६५ | आ.व. २०६५/६६ | |||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | ||
| १ | कर नलाग्ने (करयोग्य आयको सीमा) रु | ६५,०००/- सम्म | ८५,०००/- सम्म | ८०,०००/- सम्म | १,००,०००/- सम्म | १,००,०००/- सम्म | १,२५,०००/- सम्म | १,१५,०००/- सम्म | १,४०,०००/- सम्म | १,१५,०००/- सम्म | १,४०,०००/- सम्म |
| २ | १५% कर लाग्ने करयोग्य आय रु. | ६५,००१/- देखि १,४०,०००/- सम्म | ८५,००१/- देखि १,६०,०००/-सम्म | ८०,०००/- देखि १५५,०००/- सम्म | १,००,००१/- देखि १७५,०००/- सम्म | १,००,००१/- देखि १७५,०००/- सम्म | १,२५,००१/- देखि २००,०००/- सम्म | १,१५,००१/- देखि २००,०००/- सम्म | १,४०,००१/- देखि २,२५,०००/- सम्म | १,१५,००१/- देखि २,००,०००/- सम्म | १,४०,००१/- देखि २,२५,०००/- सम्म |
| ३ | २५% कर लाग्ने करयोग्य आय रु. | १,४०,००१/- भन्दा बढीमा | १,६०,००१/- भन्दा बढीमा | १,५५,००१/- भन्दा बढीमा | १,७५,००१/- भन्दा बढीमा | १,७५,००१/- भन्दा बढीमा | २,००,००१/- भन्दा बढीमा | २,००,००१/- भन्दा बढीमा | २,२५,००१/- भन्दा बढीमा | २,००,००१/- भन्दा बढीमा | २,२५,००१/- भन्दा बढीमा |
| ४ | विशेष शुल्क (२५% कर लाग्ने) | ३ प्रतिशत | ३ प्रतिशत | १.५ प्रतिशत | १.५ प्रतिशत | ० | ० | ० | ० | ० | ० |
| ५ | थप कर (२५% कर लाग्ने आयको) | ० | ० | ० | ० | १.५ प्रतिशत | १.५ प्रतिशत | १.५ प्रतिशत | १.५ प्रतिशत | ० | ० |
| सि.न. | करको दर | आ.व. २०६६/६७ | आ.व. २०६७/६८, २०६८/६९ र २०६९/७० | २०७०/७१ | २०७१।७२ र २०७२/७३ | २०७३/७४ र २०७४।७५ | |||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | ||
| १ | १% कर लाग्ने रु. | १,६०,०००/- सम्म | २,००,०००/- सम्म | १,६०,०००/- सम्म | २,००,०००/- सम्म | २,००,०००/- सम्म | २,५०,०००/- सम्म | २,५०,०००/- सम्म | ३,००,०००/- सम्म | ३,५०,०००/- सम्म | ४,००,०००/- सम्म |
| २ | १५% कर लाग्ने करयोग्य आय रु | १,६०,००१/- देखि २,६०,०००/- सम्म | २,००,००१/- देखि ३,००,०००/- सम्म | १,६०,००१/- देखि २,६०,०००/- सम्म | २,००,००१/- देखि ३,००,०००/- सम्म | २,००,००१/- देखि ३,००,०००/- सम्म | २,५०,००१/- देखि ३,५०,०००/- सम्म | २,५०,००१/- देखि ३,५०,०००/- सम्म | ३,००,००१/- देखि ४,००,०००/- सम्म | ३,५०,००१/- देखि ४,५०,०००/- सम्म | ४,००,००१/- देखि ५,००,०००/- सम्म |
| ३ | २५% कर लाग्ने करयोग्य आय रु | २,६०,००१/- भन्दा वढिमा | ३,००,००१/- भन्दा वढिमा | २,६०,००१/- देखि २५ लाख सम्म | ३,००,००१/- देखि २५ लाखसम्म | ३,००,००१/- देखि २५ लाख सम्म | ३,५०,००१/- देखि २५ लाख सम्म | ३,५०,००१/- देखि २५ लाख सम्म | ४,००,००१/- देखि २५ लाखसम्म | ४,५०,००१/- देखि २५ लाख सम्म | ५,००,००१/- देखि २५ लाखसम्म |
| ४ | ३५% कर लाग्ने करयोग्य आय रु | ० | ० | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा | २५ लाख भन्दा बढीमा |
| सि.नं. | करको दर | २०७५/७६ | २०७६/७७देखि २०७८ ७९ सम्म | ||
|---|---|---|---|---|---|
| एकल व्यक्ति | दम्पती | एकल व्यक्ति | दम्पती | ||
| १ | १% कर लाग्ने रु | ३,५०,०००/- सम्म | ४,००,०००/- सम्म | ४,००,०००/- सम्म | ४,५०,०००/- सम्म |
| २ | १०% कर लाग्ने करयोग्य आय रु | ३,५०,००१/- देखि ४,५०,०००/- सम्म | ४,००,००१/- देखि ५,००,०००/- सम्म | ४,००,००१/- देखि ५,००,०००/- सम्म | ४,५०,००१/- देखि ५,५०,०००/- सम्म |
| ३ | २०% कर लाग्ने करयोग्य आय रु. | ४,५०,००१/- देखि ६,५०,०००/- सम्म | ५,००,००१/- देखि ७,००,०००/- सम्म | ५,००,००१/- देखि ७००,०००/- सम्म | ५,५०,००१/- देखि ७,५०,०००/- सम्म |
| ४ | ३०% कर लाग्ने करयोग्य आय रु | ६,५०,००१/- देखि २०,००,०००/- सम्म | ७,००,००१/- देखि २०,००,०००/- सम्म | ७,००,००१/- देखि २०,००,०००/- सम्म | ७,५०,००१/- देखि २०,००,०००/- सम्म |
| ५ | ३६% कर लाग्ने करयोग्य आय रु | २०,००,०००/- भन्दा बढीमा | २०,००,०००/- भन्दा बढीमा | २०,००,०००/- भन्दा बढीमा | २०,००,०००/- भन्दा बढीमा |
अनुसूची ११ बासिन्दा व्यक्तिको प्रमाणपत्र
Government of Nepal
Inland Revenue Department
Ministry of Finance
........... Office ..........
Date:
Certificate of Residence
| Name of the Person (Full Name) | - |
|---|---|
| Status (State whether individual, firm, body of individuals, company etc) | - |
| Nationality (in case of individual) | - |
| Country of incorporation/registration (in case of others) | - |
| Permanent Account Number | - |
| Residential Status for the purpose of tax | - |
| Period for which the residence certificate is applicable | - |
| Address of the person during the period of Tax Residence Certifiacte | - |
Full name of Issuing Authority:
Signature: Designation:
अनुसूची १२ बढी दाखिला भएको आयकर फिर्ता माग गर्ने निवेदनको ढाँचा
श्रीमान कार्यालय प्रमुख ज्यू,
ठूला करदाता कार्यालय / मध्यमस्तरीय करदाता कार्यालय / आन्तरिक राजस्व कार्यालय
करदाता सेवा कार्यलय,
..........
विषयः बढी दाखिला भएको कर फिर्ता पाउँ ।
महोदय,
निवेदकले आ.व. २०..। .... । .... मा भएको कारोवारको आधारमा करयोग्य आय रु ... भई सो बमोजिम दाखिला गर्नुपर्ने कर रकम रु ......... हुनेमा सो भन्दा बढी रु ....... दाखिला भएकोले बुझाउनुपर्ने कर भन्दा बढी दाखिला भएकोले रु ........ (अक्षरेपी ..........) फिर्ता पाउँ भनी आयकर ऐन, २०५८ को दफा ११३ र आयकर नियमावली, २०५९ को नियम ३६ बमोजिम वढी दाखिला भएको विवरण पुष्ट्याईं गर्ने कागजात सहित यो निवेदन पेश गरेको छु ।
| दाखिला गर्नुपर्ने कर | करदाताले दाखिला गरेको कर | अग्रिम करकट्टी | ||
|---|---|---|---|---|
| मिति | रकम | मिति | रकम | |
संलग्न कागजातः
१.
२.
दाखिला गरेको कुल कर रु..
दाखिला गर्नुपर्ने कर रु..
बढी दाखिला भएको कर रु...
निवेदकको नामः
ठेगानाः
स्था. ले.नं.