What are Sample and What are Gifts?
Samples are provided by someone with a commercial incentive to do so. Businesses do provide samples to the prospective customers in a view that they will get the idea of the products and that they will be incentivized to buy additional units of the same goods.
Gifts on the other hand is provided in the nature of presents (कोशेली/सौगात) and there is no element of competition/exchange of consideration or commercial incentive. However, businesses also do name their marketing activities as gifts to promote their products, so this may not exactly have the sane pristine meaning of the “gift” where there is no element of competition/exchange of consideration or commercial incentive. We will discuss about these in detail below.
So, what are the differences between the two?
Samples |
Gifts |
Samples are provided to prospective customers. |
Gifts are provided to the customer who have actually purchased the goods. |
Sample unit and the actual product are same. |
Gift unit and actual product need not be same. |
There is always a commercial incentive to provide sample, so sample distribution is always a marketing tool. |
There may not always be a commercial incentive to provide gift, so gift distribution may not always be a marketing tool. |
|
|
सर्ट पसलेले एउटा सर्ट नमुना बाँडेछ । त्यो सर्ट मन परेर ग्राहकले दुइटा अर्को सर्ट किनेछ । |
एउटा ग्राहक दुइटा सर्ट किन्न आएछ । सर्ट पसलेले अर्को एउटा सर्ट उपहार दिएछ । |
Indirect Taxes on Samples
Verbatim text from para 5.7 of VAT Directive 2069
व्यवसायिक प्रतिष्ठानहरुले नमूनालाई व्यवसाय प्रवर्द्धनको माध्यम मान्दछन् । नयाँ वस्तुको उत्पादन गर्दा होस् वा पुरानै वस्तुमा समसामयिक रुपान्तरण वा गुणस्तरमा सुधार गरी बिक्री प्रबर्द्धन गर्न विभिन्न बिक्रेताहरुलाई ती वस्तुको नमूनाहरु निःशुल्क रुपमा वितरण गर्ने गर्दछन् । नमूनाको रुपमा वितरण गरिने यस्ता वस्तुको बाहिरी भागमा स्पष्ट रुपले देखिने गरी नमूना भनी उल्लेख गरिएको हुनुपर्दछ । नमूनाको रुपमा वितरण गरिने वस्तुमा करदाताले कुनै किसिमको प्रतिफल लिई बिक्री, बिनिमय, हस्तान्तरण गरेको हुनु हुँदैन । नमूनाको रुपमा यसरी बितरण गरिने वस्तुमा मूल्य अभिवृद्धि कर आकर्षित हुँदैन । यसरी नमूनाको रुपमा वितरण गरिएका वस्तुको सम्बन्धमा कर बीजक जारी गरी सो कर बीजकमा नमूनाको रुपमा वितरण गरिएको भन्ने उल्लेख गरी यस्ता वस्तुको उत्पादन तथा वितरणको अभिलेख अद्यावधिक राख्नुपर्दछ । बिक्री प्रवर्द्धनको लागि बितरण गर्ने करदाता र नमूनाको रुपमा प्राप्त गर्ने करदाता दुबै पक्षले नमूनाको रुपमा प्रयोग भएका वस्तुको अभिलेख अद्यावधिक राख्नुपर्दछ । नमूनाको रुपमा प्राप्त गर्ने व्यक्तिले उक्त वस्तु अन्य कुनै व्यक्तिबाट प्रतिफल लिई बिक्री, विनिमय वा हस्तान्तरण गर्नुहुँदैन । प्रतिफल लिई बिक्री गरेमा मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ। मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २४ मा देहाय बमोजिमको व्यवस्था गरिएको छः
नियम २४. नमूनाको लागि वितरण गरिएको वा विना मूल्यमा प्राप्त वस्तुको विवरण: नियम २३ मा उल्लिखित अभिलेखहरुका अतिरिक्त दर्ता भएको व्यक्तिले कारोवारसँग सम्बन्धित देहायका विवरणहरु समेत राख्नु पर्नेछ: (क) व्यवसाय प्रवर्द्धनको लागि नमूनाको रुपमा प्राप्त भएका तथा वितरण गरिएको वस्तुको विवरण । (ख) बिना मूल्य प्राप्त भएका तथा वितरण गरिएका वस्तुको विवरण ।
Comments
As per para 5.7 of the VAT Directive 2069: नमूनाको रुपमा बितरण गरिने वस्तुमा नमूना प्राप्त गर्ने व्यक्तिबाट मूल्य अभिबृद्धि कर असुल गर्न पर्दैन । नमूनाको रुपमा प्राप्त गर्ने व्यक्तिले उक्त वस्तु अन्य कुनै व्यक्तिबाट प्रतिफल लिई बिक्री, विनिमय वा हस्तान्तरण गर्नुहुंदैन । So, in this sense, no output tax is required to be collected and input tax can be claimed.
Conditions to be fulfilled for Sample Distribution:
- Tax invoice has to be raised disclosing the term “sample”
- The goods/service should disclose the term “sample”
- No any form of consideration should be received in return
- Sample distribution should be for promotion of business
- Rule 24(Ka) of VAT Rules 2053: Details and particulars of the goods/services distributed/received as should be maintained by registered person
- Tax has to be collected on sales if the taxable goods/service received as sample is sold by the registered receiver
Indirect Taxes on Gifts
Verbatim text from para 5.8 of the VAT Directive 2069
व्यवसायिक प्रतिष्ठानहरुले व्यवसाय प्रवर्द्धन गर्ने सिलसिलामा आफ्ना उत्पादन तथा बिक्री वितरण गर्ने वस्तुहरु उपहारको रुपमा वितरण गर्ने गर्दछन् । व्यवसायिक प्रवर्द्धनको लागि देहाय बमोजिम उपहार वितरण गरेको पाइन्छ:
(क) जुन वस्तु बिक्री गरेको हो सोही वस्तुको केहि थप संख्या दिने,
(ख) एउटा वस्तुको कारोवार गर्ने व्यक्तिले अन्य प्रकृतिका वस्तु उपहारको रुपमा बितरण गर्ने,
(ग) वस्तु बिक्री गर्दा कुपन समेत वितरण गर्ने र सो कुपनमा परेको उपहार (वस्तु वा नगद) क्रेतालाई तत्काल उपलब्ध गराउने,
(घ) वस्तु बिक्री गर्दा कुपन समेत दिई सो कुपनलाई चिठ्ठाको रुपमा व्यवहार गरी सो बमोजिमको वस्तु कुनै निश्चित समय पछि हस्तान्तरण गर्ने,
(ङ) वस्तु बिक्री गर्दा सो वस्तुभित्रै नगद वा नगद सरहको वस्तु वा सोको कुपन राखी बिक्री गर्ने र उपभोक्ताले सो कुपन फिर्ता गरेपछि सो बराबरको वस्तु वा नगद प्राप्त गर्ने अवस्था,
(च) निश्चित समयभित्र कुनै निश्चित परिमाण बिक्री गरेमा उत्पादक वा बितरकले आफ्नो डिलर एजेण्ट वा खुद्रा बिक्रेतालाई कुनै निश्चित वस्तु वा रकम उपहारको रुपमा उपलब्ध गराउने, वा
(छ) कुनै उत्पादक वा सेवा प्रदायकले आफ्नो व्यवसाय प्रबर्द्धनमा विभिन्न सुविधा तेस्रो पक्ष मार्फत उपलब्ध गराउने अवस्थामा ।
माथि खण्ड (क) मा उल्लेख भएको अवस्थामा जुन वस्तु बिक्री गरेको हो सोही वस्तुको केहि थप संख्या दिईएको हुन्छ । यस्तो अवस्थामा उक्त वस्तु दर्ता नभएका व्यक्ति वा अन्तिम उपभोक्ताले प्राप्त गरेको भएमा त्यस्ता उपभोक्ताबाट कर असुल गर्न नपर्ने, तर यस्तो उपहार दर्तावाला व्यक्तिले प्राप्त गरेको भएमा दर्तावाला व्यक्तिबीच भएको यस्तो कारोवारमा मूल्य अभिवृद्धि कर असुल नगरी उपहार स्वरुप दिइएको वस्तुको अभिलेख दुबै पक्षले राख्नु पर्दछ । उपहार पाउने दर्तावाला व्यक्तिले उपहारस्वरुप प्राप्त भएका वस्तु बिक्री गरेको छ भने त्यस अवस्थामा कर असुल गर्नुपर्दछ ।
माथि खण्ड (ख) मा उल्लेख भए जस्तै एउटा वस्तुको कारोवार गर्ने व्यक्तिले अन्य प्रकृतिका वस्तु उपहारको रुपमा बितरण गरेको अवस्थामा बिक्री भएको वस्तु र उपहारको रुपमा दिइने वस्तु पनि साथ साथै हस्तान्तरण भएको भए दर्ता नभएको व्यक्ति वा अन्तिम उपभोक्तालाई उपहारको रुपमा दिइएको त्यस्तो वस्तुमा कर असुल गर्नु पर्दैन । तर यस्तो उपहार दर्तावाला व्यक्तिले प्राप्त गरेको भएमा दर्तावाला व्यक्तिबीच भएको यस्तो कारोवारमा मूल्य अभिवृद्धि कर असुल नगरी उपहारस्वरुप दिइएको वस्तुको अभिलेख दुबै पक्षले राख्नुपर्दछ । उपहार पाउने दर्तावाला व्यक्तिले उपहार स्वरुप प्राप्त भएको वस्तुहरु कर लाग्ने वस्तु भए सो बिक्री गर्दा कर असुल गर्नुपर्दछ।
माथि खण्ड (ग) मा उल्लेख भए जस्तै वस्तु बिक्री गर्दा कुपन समेत वितरण गर्ने र सो कुपनमा उपहार स्वरुप वस्तु रहेको खण्डमा उपर्युक्त खण्ड (क) बमोजिम मूल्य अभिवृद्धि कर आकर्षित हुन्छ । तर कुपनमा नगद उपहार प्राप्त भएमा, कुपन प्राप्त गरेको वस्तु हस्तान्तरण गर्नु अगाडि नै कुपनमा कति रकम उल्लेख भएको छ सो जानकारी हुन्छ भने सो नगद रकम कर लाग्ने मूल्यबाट घटाई डिष्काउण्टको रुपमा कर बीजकमा उल्लेख गर्नुपर्दछ ।
माथि खण्ड (घ) मा उल्लेख भए जस्तै वस्तु बिक्री गर्दा कुपन समेत दिई सो कुपनलाई चिठ्ठाको रुपमा व्यवहार गरी सी बमोजिमको वस्तु कुनै निश्चित समयपछि हस्तान्तरण गरिएको अवस्थामा त्यस्तो वस्तु प्राप्त गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर तिर्नु पर्दैन ।
माथि खण्ड (ङ) मा उल्लेख भए जस्तै वस्तु बिक्री गर्दा सो वस्तुभित्रै नगद वा नगद सरहको वस्तु वा सोको कुपन राखी बिक्री गर्ने र उपभोक्ताले सो कुपन फिर्ता गरेपछि सो बराबरको वस्तु वा नगद प्राप्त गर्ने अवस्था भएमा साबिकको कर बीजकमा छुटको रुपमा व्यवहार गरी मूल्य समायोजन गर्न पाइँदैन ।
माथि खण्ड (च) मा उल्लेख भए जस्तै निश्चित समयभित्र कुनै निश्चित परिमाण बिक्री गरेमा उत्पादक वा बितरकले आफ्नो डिलर एजेण्ट वा खुद्रा बिक्रेतालाई कुनै निश्चित वस्तु वा सेवा उपहारको रुपमा उपलब्ध गराएको अवस्थामा त्यस्तो कर लाग्ने वस्तु वा सेवा हस्तान्तरण हुँदा वस्तुको बजार मूल्यमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ ।
माथि खण्ड (छ) मा उल्लेख भए जस्तै कुनै उत्पादक वा सेवा प्रदायकले आफ्नो व्यवसाय प्रबर्द्धनमा विभिन्न सुविधाहरु तेस्रो पक्षमार्फत उपलब्ध गराएमा तेस्रो पक्षले उपलब्ध गराएको सुविधा वापतको रकममा उत्पादक वा सेवा प्रदायकबाट मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । जस्तैः कुनै एयरलायन्सले आफ्नो सेवा उपभोग गर्ने दुई जना ग्राहकलाई ठमेलको कुनै दर्तावाला रेष्टुरेण्टमा एक साँझ डिनरको व्यवस्था गरको छ भने उक्त रेष्टुरेण्टले ती ग्राहकलाई उपलब्ध गराएको डिनर वापतको बीजक सो एयरलायन्सको नाममा जारी गरी कर असुल गर्नुपर्दछ । यदि सो एयरलायन्सले दुई जनालाई निजहरुले उपभोग गरेको खाना तथा पेय पदार्थमा ४० प्रतिशतले छुट दिएको अवस्थामा उक्त ४० प्रतिशत वापतको रकमको बीजक एयरलायन्सको नाममा जारी गर्नुपर्नेछ । बाँकी ६० प्रतिशत बराबरको रकमको बीजक सम्बन्धित उपभोक्ता वा सेवाग्राहीको नाममा जारी गर्नु पर्नेछ । यसैगरी उक्त एयरलायन्सले जारी गरेको सुविधा कार्ड बाट नयाँसडकस्थित रेडिमेड सेन्टरबाट खरिद गरेको करयोग्य सामानमा २० प्रतिशत छुट प्राप्त गरेको रहेछ भने सो रेडिमेडले कार्ड धारकलाई उपलब्ध गराएको उक्त छुट रकम वापत एयरलाइन्सबाट कुनै रकम प्राप्त गरेको वा कुनै खर्च शोधभर्ना प्राप्त गरेको भएमा सो रकममा मूल्य अभिवृद्धि कर एयरलायन्सबाट असुल गर्नु पर्नेछ। उपहारको रुपमा वितरण गरिने वस्तु वा नगदको दर्तावाला बिक्रेता तथा खरिदकर्ता दुबैले उपहार दिए लिएको विवरणको अभिलेख अद्यावधिक राख्नुपर्दछ साथै सो उपहारसम्बन्धी जानकारी सबैले प्राप्त गर्ने गरी सूचना जारी गरेको हुनुपर्दछ । यस्ता उपहार योजनाको जानकारी कारोवार हुनु पूर्व भएको हुनुपर्दछ ।
Comments
As per para 5.8 of the VAT Directive 2069:
- उपहारको रुपमा बितरण गरिने वस्तुमा उपहार प्राप्त गर्ने व्यक्तिबाट मूल्य अभिबृद्धि कर असुल गर्न पर्दैन । Except for: When trading goods/services is gifted to the distributor/dealer/retail agents, where VAT has to be collected on the market value of the gifted goods/services.
- उपहारको रुपमा प्राप्त गर्ने दर्तावाल व्यक्तिले उक्त वस्तु अन्य कुनै व्यक्तिबाट प्रतिफल लिई बिक्री, विनिमय वा हस्तान्तरण गरेमा कर असुल गर्नुपर्दछ ।
- उपहार Immediate नगद कुपनको रुपमा प्राप्त भएमा, कुपन प्राप्त गरेको वस्तु हस्तान्तरण गर्नु अगाडि नै कुपनमा कति रकम उल्लेख भएको छ सो जानकारी हुन्छ भने सो नगद रकम कर लाग्ने मूल्यबाट घटाई Trade डिष्काउण्टको रुपमा कर बीजकमा उल्लेख गर्नुपर्दछ ।
- उपहार Non-Immediate नगद कुपनको रुपमा प्राप्त भएमा Cash डिष्काउण्टको रुपमा लेखामा उल्लेख गर्नुपर्दछ ।
So, in this sense, the no output tax is applicable and input tax can be claimed as well.
Conditions to be fulfilled for gift distribution:
- No any form of consideration should be received in return
- Open notice of policies of gifting goods/service for business purpose should be made
- Rule 24(Kha) of the VAT Rules 2053: Details and particulars of the goods/services distributed/received as gifts should be maintained by registered person
- Tax has to be collected if the taxable goods/service received as gifts is sold by the registered receiver
Gifts distribution may be trading/non-trading goods/services & cash that may be immediate or belated through open business policy, gift/coupon/lottery cards, privilege cards, and membership cards that may be distributed by the supplier or person nominated by him. Value of gifts included in the trading goods/services cannot be adjusted in the invoice except for immediate cash gift which is treated as trade discount.
Expense deduction of Samples and Gifts
A concept of commercial expediency is often cited in discussing the tax deductibility of the sample and gifts by a business. The expression “commercial expediency” refers to those transactions/expenditures which are not required to be incurred under any provisions of the law. But it refers to such expenditure, a prudent businessman incurs for the purpose of business. Such expenditures might not have been incurred under any legal obligation, but the same are allowable as a business expenditure if it was incurred on grounds of commercial expediency. The “commercial expediency” depends upon the wisdom of the businessman.
Industrial Enterprise Act of Nepal 2076, under Section 24(2)(dha) has also ensured the tax deduction of the expenses for business-related market promotion, survey and advertising upto a prescribed limit. These expenses could generally not qualify the commercial expediency test due to the differing opinions, but Industrial Enterprise Act, 2076 have ensured that even such expenses will be allowed for tax deduction for upto a certain limit despite the fact that such prescribed percentage haven’t yet been specified.
A decision from the Revenue Tribunal in the case of Sumi Distillery v/s Large Taxpayer Office has also cemented the concept that the sample and gifts (although gifts not in all cases) do fulfill the commercial expediency test and that they should be allowed for the deduction for tax purposes.
Leave a Reply